Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा भुटानी समुदायलाई नजिक ल्याउँदै खेलकुद

Female members of the Bhutanese community in Australia during a sports meet in Sydney

Female members of the Sydney's Bhutanese community in Australia during a sports event Source: SBS Nepali

पश्चिम सिड्नीको ब्लाकटाउनको छेउमा पर्ने म्यारेयोंग नामक सबर्बको एउटा पार्कमा अस्ट्रेलियाली भुटानी सङ्घको सिड्नी शाखाद्वारा आयोजना गरिएको भुटानी समुदायको वार्षिक खेलकुद दिवसमा भलिबल र फुटबल देखि खोपी, भाले फाइट, बाल बालिका र वृद्धहरूको रेस, तर्बुजाको तौल अनुमान गर्ने र चकलेट रेससम्म पनि भएका थिए। आयोजकहरूका अनुसार पुरा दिन जसो नै चलेको उक्त प्रतियोगितामा छत्तिस विभिन्न खेलहरू अन्तर्गत थुप्रै प्रतिस्पर्धाहरू भएका थिए। वृद्धहरूको लागि पनि करिब पचास मिटरको हिँडाई प्रतियोगिता भएको थियो - जसमा पहिलो स्थान हात पारेकी थिइन ७९ वर्षीया देवीका काफ्लेले र दोस्रो स्थानमा रहेका थिए ९० वर्षीय दुर्गाप्रसाद। हामीले वहाँहरू दुई जना तथा खेल आयोजना गर्ने अस्ट्रेलियाली भुटानी सङ्घका पदाधिकारीहरूसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

पश्चिम सिड्नीको ब्लाकटाउनको छेउमा पर्ने म्यारेयोंग नामक सबर्बको एउटा पार्कमा अस्ट्रेलियाली भुटानी सङ्घको सिड्नी शाखाद्वारा आयोजना गरिएको भुटानी समुदायको वार्षिक खेलकुद दिवसमा भलिबल र फुटबल देखि खोपी, भाले फाइट, बाल बालिका र वृद्धहरूको रेस, तर्बुजाको तौल अनुमान गर्ने र चकलेट रेससम्म पनि भएका थिए। आयोजकहरूका अनुसार पुरा दिन जसो नै चलेको उक्त प्रतियोगितामा छत्तिस विभिन्न खेलहरू अन्तर्गत थुप्रै प्रतिस्पर्धाहरू भएका थिए। वृद्धहरूको लागि पनि करिब पचास मिटरको हिँडाई प्रतियोगिता भएको थियो - जसमा पहिलो स्थान हात पारेकी थिइन ७९ वर्षीया देवीका काफ्लेले र दोस्रो स्थानमा रहेका थिए ९० वर्षीय दुर्गाप्रसाद। हामीले वहाँहरू दुई जना तथा खेल आयोजना गर्ने अस्ट्रेलियाली भुटानी सङ्घका पदाधिकारीहरूसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now