Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

विदेशमा रहेका नेपालीको मतदाता नामावली सङ्कलनको पहल सुरु र भारतसँग भूमि साटफेरबारे प्रधानमन्त्रीको भनाइको आलोचना: गत सात दिन नेपालमा

Building of Election Commission of Nepal.jpg

निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली सङ्कलनका लागि पहल थालेको छ। नामावली सङ्कलनका लागि सरकारले सैद्धान्तिक सहमति र कूटनीतिक पहल गरेर आवश्यक श्रोत साधन उपलब्ध गराए नामावली सङ्कलन थाल्ने प्रस्ताव अगाडी सारेको छ। त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल-भारत सीमा विवाद सुल्झाउन भूमि साटफेर गर्न सक्ने अभिव्यक्ति दिए पछि विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यसको आलोचना गरेका छन्। यी लगायत पछिल्ला सात दिनका प्रमुख समाचार सुन्नुहोस्।


Published

Updated

By Pratichya Dulal

Source: SBS



Share this with family and friends


निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली सङ्कलनका लागि पहल थालेको छ। नामावली सङ्कलनका लागि सरकारले सैद्धान्तिक सहमति र कूटनीतिक पहल गरेर आवश्यक श्रोत साधन उपलब्ध गराए नामावली सङ्कलन थाल्ने प्रस्ताव अगाडी सारेको छ। त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल-भारत सीमा विवाद सुल्झाउन भूमि साटफेर गर्न सक्ने अभिव्यक्ति दिए पछि विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यसको आलोचना गरेका छन्। यी लगायत पछिल्ला सात दिनका प्रमुख समाचार सुन्नुहोस्।


भारत भ्रमणमा प्रोटोकल नमिलेको दाबी

यस साता सङ्घीय संसद निकै व्यस्त रहेको छ। सदनमा प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड'को भारत भ्रमण, नागरिकता विधेयक र सरकारले सदनमा पेस गरेको आगामी आर्थिक बजेटबारे छलफल भएको छ।

यस्तै छलफलमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा 'प्रोटोकल' नमिलेको विषय पनि उठेको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा नेपालले 'प्रोटोकल'को पालना नगरेको टिप्पणी गरे।

"प्रधानमन्त्रीज्यू अत्यन्त फितलो रूपमा प्रस्तुत हुनु भयो। वास्तवमा भन्ने हो भने, हाम्रो प्रोटोकल नै भएन," ओलीले भने।

"परराष्ट्रमन्त्री कहाँ छन् थाहा छैन, अर्थमन्त्री कता हुन्, छोरीसँगै राख्नु भएको छ। पीए राख्नुभएको छ, मन्त्री सचिव छैनन्।"

बङ्गलादेश जाने बाटोसँग सीमा विवादका जमिन साट्न नसक्ने

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देश बिचको सीमा विवादबारे भारतले पहिलो पटक बोलेको छ।

सीमा विवाद छ र यसलाई सुल्झाउनु पर्छ भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बोल्नु नै एक प्रकारको सफलता भएको प्रधानमन्त्री प्रचण्डले बताउँदै आएका छन्।

यस्तै, नेपालको भूभाग लिम्पियाधुरा, लिपूलेकलाई बङ्गलादेश जाने बाटोसँग साट्न सकिने तर्क प्रधानमन्त्रीले अघि सारेका छन् र उनका यस्ता अभिव्यक्तिहरू संचार माध्यमा सार्वजनिक समेत भएका छन्।

तर प्रतिपक्षी दलले चाहिँ यसरी सीमा विवाद हल गर्न नसकिने बताएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले भने, "बङ्गलादेश जाने बाटो वा पारबहानको सुविधा सट्टापट्टाको विषय होइन। बङ्गलादेश जान जमिन दिनै पर्दैन त्यो नेपालले पाइसकेको छ।"

नागरिकता विधेयक प्रमाणीकरण भएकोमा आपत्ति

प्रतिपक्षी दलहरू नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अघिल्लो सदनले पारित गरेको नागरिकता विधेयकलाई सरकारले मन्त्री परिषद् मार्फत राष्ट्रपतिकोमा प्रमाणीकरण गराएकोमा आपत्ति जनाएका छन्।

यस विषयमा सदनमा सांसदहरूले प्रश्न उठाउँदा प्रधानमन्त्रीले जवाफ दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले अघिल्लो सदनले पारित गरी दुई पटकसम्म राष्ट्रपतिको कार्यालय पठाएको विधेयकलाई फेरि सदनमा ल्याउनु भनेको अघिल्लो सदनको अपमान हुनु रहेको बताए।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक उक्त विधेयक सदनमा फिर्ता पठाएकी थिइन् भने दोस्रो पटक उनको कार्यालय पुगेको विधेयक चाहिँ होल्ड गरेर राखेकी थिइन्।

यही कदमलाई इङ्गित गर्दै प्रधानमन्त्रीले सदनमा उत्तर दिने क्रममा भने, "एउटा राष्ट्रपतिले संविधानको संरक्षक र पालकको हकमा आफ्नो दायित्व पूरा नगरेर विधेयकलाई होल्डमा राखेको स्थिति थियो। खारेज गर्ने स्थिति पनि थिएन। फेरि पठाउने स्थिति पनि थिएन।"

चौधरीलाई आममाफी दिएकोमा कारण देखाउन आदेश

सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको विषयमा कारण देखाउन आदेश जारी गरेको छ।

जिल्ला, उच्च र सर्वोच्च अदालतले टीकापुर घटनामा चौधरीलाई दोषी ठहर गरी उनलाई जन्म कैदको फैसला सुनाएको थियो। उनै चौधरीलाई सरकारी सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका थिए।

टीकापुर घटनाका पीडित शारदा कडायत बोहराले दायर गरेको रिटमाथि मंगलवार पहिलो सुनुवाइ गरिएको हो। जसमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो र उक्त मुद्दामा अग्राधिकार दिने आदेश समेत जारी गरेको छ।

पौडीमा राष्ट्रिय कीर्तिमान

पौडीमा यस साता दुई राष्ट्रिय कीर्तिमान बनेका छन्। ११ ‍औँ एनएसए कप प्रतियोगितामा सोमवार एलेक्ज्यान्डर शाहले ५० मिटर र १०० मिटर फ्रिस्टाइलमा दुई कीर्तिमान कायम गरे।

सातदोबाटोस्थित अन्तराष्ट्रिय पौडी पोखरीमा शाहले ५० मिटर फ्रिस्टाइलको स्पर्धा २३.९७ सेकेन्डमा पुरा गर्दै आफ्नै कीर्तिमान तोडेका हुन्।

सय मिटर फ्रिस्टाइलको स्पर्धामा उनले आफ्नै नाममा रहेको स्पर्धालाई सुधार्दै ५२.९६ सेकेन्डमा पुरा गरे। नेपाल पौडी सङ्घले एसियाली खेलकुद र विश्व पौडी च्याम्पियनसिपलाई मध्यनजर गर्दै खेलाडी छनोटका लागि एनएसए कप आयोजना गरेको हो।

क्रिकेटमा नेपाल विजयी

मलेसियामा भएको नेपाल र मलेसिया बिचको महिला क्रिकेट टोलीको शृङ्खला नेपालले जितेको छ। पाँच खेलको शृङ्खला नेपालले ३-२ले जितेको हो। पहिलो र चौथौँ खेलमा पराजित भएको नेपालले बाँकी खेल जितेको थियो।

प्रतियोगिता सकेर नेपाल फर्केपछि राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले प्रतियोगितामा नेपालले केही राम्रो उपलब्धि गरेको बताइन्।

"सुरुवाती ब्याटरले रन बनाउन नसक्दा अन्य क्रमकाले खेललाई लयमा लगे भने हामीले केही खेलमा ११० योगफलको हाराहारीमा रन बनायौँ," उनले भनिन्। तर समग्रमा निकै सुधारको आवश्यकता रहेको पनि उनले बताएकी छिन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now