Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ भने प्रदेश नम्बर ५ को राजधानी दाङको देउखुरी राखिने भएको छ : गत सात दिन नेपालमा

Province No. 5 proposed name: Lumbini has been approved bu government official.

Province No. 5 proposed name: Lumbini has been approved bu government official. Source: RSS

नेपालमा कोरोना सङ्क्रमितको मानिसको सङ्ख्या एक लाख नाघेको छ प्रदेश नम्बर ५ को नाम लुम्बिनी प्रदेश र राजधानी दाङको देउखुरी राखिने लगायत गत ७ दिनका नेपालका मुख्य समाचार


Published

Updated

By Sewa Bhattarai

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


नेपालमा कोरोना सङ्क्रमितको मानिसको सङ्ख्या एक लाख नाघेको छ प्रदेश नम्बर ५ को नाम लुम्बिनी प्रदेश र राजधानी दाङको देउखुरी राखिने लगायत गत ७ दिनका नेपालका मुख्य समाचार


 

कोरोना

यस हप्ता प्रधानमन्त्रीका निकट सल्लाहकारहरु सहित बालसवाटार स्थित प्रधानमन्त्री कार्यालयमा ७६ जनामा कोरोनाको संक्रमण देखिएको छ।

 

यति हुँदाहुँदै पनि सरकारले बढ्दो महामारीको बेवास्ता गरेको आरोप लागेको छ भने प्रवक्ता गौतमको भनाइको व्यापक आलोचना भएको छ।

"बिरामीलाई पायक पर्ने ठाउँमा बेड उपलब्ध हुन सकेको छैन। बिरामीलाई  सास फेर्न गाह्रो भएमा, बेहोश भएमा वा होला जस्तो भएमा, पिसाब नभएमा वा कम भएमा, यस्तो अवस्थामा मात्र अस्पताल जान मी यहाँहरुलाई अनुरोध गर्दछौं।"

यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या १ लाख भन्दा बढी पुगेको छ, जुन चीनमा आजसम्म देखिएको कूल संक्रमित संख्या भन्दा बढी हो। नेपालमा मृतकको संख्या ६०० भन्दा बढी छ भने सकृय संक्रमितको संख्या ३० हजार पुगेको छ। शनिबार पिसिआर परीक्षणमा देखिएका संक्रमितको संख्या ५००८ रहेको छ, जुन हालसम्मकै उच्च दैनिक संक्रमितको संख्या हो।

 

दैनिक परीक्षणको नतीजा आउने संक्रमित मध्ये आधा भन्दा बढी काठमाण्डुमा देखिने गरेका छन्, र काठमाण्डुमा कोरोना संक्रमणको स्थिति भयावह बन्दै गएको आँकलन गरिँदै छ अस्पतालहरुमा ठाउँ नपुग हुँदै गएपछि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले यस्तो सल्लाह दिएका छन्। 

 

 

लुम्बिनी प्रदेश नामाकरण

प्रदेश ५ को नाम लुम्बिनी राखिएको छ  र राजधानी देउखुरी हुने भएको छ। प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरले संसदमा भएको मतदानको नतीजा मंगलबार सुनाएका थिए।

"हुन्छ भन्ने पक्षमा जम्मा ७९ मत परेकोले प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुइ तिहाइ भएको हुँदा शान्तीका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको महत्वलाई हृदयंगम गर्दै साझा चिनारीको रुपमा प्रदेशको नाम लुम्बिनी प्रदेश नामाकरण गरियोस् भन्ने प्रस्ताव प्रदेश सभाको दुइ तिहाइ बहुमतले पारित भएको घोषणा गर्दछु।"

Province No. 5 proposed name: Lumbini has been approved.
Province No. 5 proposed name: Lumbini has been approved. Source: RSS

अघिल्लो दिन प्रदेश सभामा यो प्रस्ताव निकै विवादित भएतापनि अन्तिममा दुइ तिहाइ बहुमतले पारित भएको छ। प्रदेश सभाको नाम लुम्बिनी राख्ने प्रस्तावमा केहीले विरोध गरेका छन् भने प्रदेशको राजधानी देउखुरी राख्ने प्रस्तावको विरोध गर्दै सोमबार केही सांसदले संसदको फर्निचर तोडफोड समेत गरेका थिए। थुप्रैले हालको अस्थायी राजधानी बुटवललाई नै राजधानी बनाउने माग गर्दा केही झडप समेत भएका छन्।

 

दाङको देउखुरीमा हाल राजधानीका लागि भौतिक संरचना छैनन्, र अब एक वर्षमा संरचना बनाएर मात्रै प्रशासनिक कार्यालयहरु सार्ने मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन्।

म्याद नाघेको खानेकुरा

प्रहरीले यस हप्ता अयान डिस्ट्रिब्युटर्सको गोदाममा छापा मारेर म्याद नाघेका थुप्रै खानेकुरा बरामद गरेपछि नेपालमा म्याद नाघेका खानेकुरा बेच्ने प्रवृत्ती उजागर भएको छ प्रहरीले गोदाममा स्निकर्स, ट्याङ, ओरियो, जस्ता खानेकुरा धेरै परिमाणमा पाएको थियो।

 

ती खानेकुरामा नयाँ म्याद टाँसेर बेच्ने योजना रहेको प्रमाणसहित प्रहरीले आठ जनालाई गिफ्तार गरेको छ। त्यसरी खानेकुराहरुमा म्याद थपेर बेच्ने चलन नेपालमा व्याप्त रहेको र त्यसले गर्दा ग्राहकको स्वास्थ्यमा नकारात्मक असर परिरहेको अभियानकर्ताहरु बताउँछन्।

 

खासगरी काठमाण्डु बाहिरमा दुर्गम क्षेत्रमा त्यस्ता खानेकुरा पठाइने बताइन्छ। त्यति मात्र नभएर साबुन, श्याम्पु आदि सामानमा पनि त्यसरी म्याद थपेर बेचिने र म्याद थपेपछि सेलमा राख्ने प्रचलन रहेको बताइन्छ।

 

आप्रवासी कामदार

वैदेशिक रोजगारीको सिलसिलामा भारतमा पुगेका श्रमिकलाई पनि तेस्रो मुलुकका श्रमिकसरह सेवासुविधामा समेट्नु पर्ने विज्ञले माग गरेका छन्। नेपालका ५० लाख भन्दा बढी मानिस तेस्रो मुलुकहरुमा रोजगारीका लागि गएका छन् र ती मध्ये धेरैको अभिलेखीकरण हुने गर्दछ तर भारतमा काम गर्न गएका मानिसको यकीन तथ्यांक समेत छैन।

 

भारतमा १५ लाख भन्दा बढी नेपाली रहेको अनुमान गरिएको छ, र उनीह्रुका हकमा काम गर्ने संघ सँस्था पनि नेपालमा छैनन्। कोरोनाका कारणले शुरु भएको आर्थिक मन्दीका क्रममा लाखौं नेपाली फर्केर आएका थिए र ती मध्ये कतिपय नेपालमा रोजगारीको अवसर नभेटेपछि फेरी फर्केर गएका छन्। तर भारतमै रहेका नेपालीको अवस्था के छ र ती मध्ये कतिलाई कोरोनाको संक्रमण भएको छ भन्ने तथ्यांक समेत नेपाल सरकारसँग छैन।

 

गैंडा मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको मृत्युदर बढेपछि यसको कारण खोज्न निकुञ्जले अध्ययन थालेको छ। यस आर्थिक वर्षको शुरुवातदेखि अर्थात साउनदेखि चितवनमा ८ वटा गैंडाको मृत्यु भइसकेको छ।

 

विश्वमै दुर्लभ मानिने एकसिंगे गैंडा अब जंगली अवस्थामा  नेपालमा र भारतको आसाम राज्यमा मात्रै पाइन्छन्। निकै वर्षदेखि वर्षेनी गैंडाको मृत्यु हुने दर बढिरहेकाले चितवन राष्ट्रिय निकुञ्जले करोडौं खर्च गरेर गैंडाको वासस्थानमा सुधार गरेको थियो।

 

त्यति हुँदाहुँदै पनि गत वर्ष २६ वटा र त्यो भन्दा अघि ४३ वटा गैंडाको मृत्यु भएको थियो। विगत ६ वर्ष देखि नेपालमा गैंडाको चोरी शिकारी शून्य भएतापनि यस वर्ष तस्करका कारणले एउटा र प्राकृतिक कारणले थुप्रै गैंडाको संख्या घट्दै गएपछि वन्यजन्तु विज्ञहरु चिन्तित भएका छन्। 

 

सेवा भट्टराई, काठमाण्डु।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now