Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

विश्वकप २०२२: अप्रत्याशित नतिजाले भरिएको चौथो दिन

Germany v Japan: Group E - FIFA World Cup Qatar 2022

Japan's Shuichi Gonda saves another shot at goal from Germany Credit: Brad Smith/ISI Photos/Getty Images

विश्वकपको चौथो दिनमा खेलका दौरान दर्शकहरूले अप्रत्याशित नतिजाहरू देख्न पुगे।


Published

By Sunil Awasthi

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


विश्वकपको चौथो दिनमा खेलका दौरान दर्शकहरूले अप्रत्याशित नतिजाहरू देख्न पुगे।


जर्मनी र जापानबिचको खेल लगत्तै अप्रत्याशित नतिजाले विश्वका अधिकांस समाचार संस्थाहरूमा हेडलाइन बनाउन पुग्यो।

खेलको सुरुवातमा मानवअधिकारको विषयलाई नजरअन्दाज गरेको भन्दै प्रतिकारात्मक रूपमा आफ्नो मुख छोपेका जर्मनीका खेलाडीहरूले, खेल पछि भने नतिजाले निराश बने।

खेलको ३३ औ मिनेटसम्म अग्रता लिएको भए पनि समूह-इ अन्तर्गतको खेलमा जापानले एकका विरुद्ध दुई गोल फर्काउँदा जर्मनी हार बेर्होन बाध्य भएको छ।

जापानी गोलकिपर सुएची गोन्डाले लगातार चार बल गोलपोष्ट बाट रोक्न सफल भएका थिए।

खेलको ७५ औ मिनेटमा अर्का जापानी खेलाडी रिट्सु डोअनले गोल गर्दै जर्मनीको बराबरीमा पुगे।

त्यसको आठ मिनेटमा जर्मनीमा क्लब फुटबल खेलेका टकुमा असानोले अर्को गोल गर्न सफल भए।

जापानसँगको हार बेहोरेको जर्मन टोलीका प्रशिक्षक हान्सी फिल्कले खेलको नतिजामा चित्त दुखाई भएता पनि स्पेनसँगको अर्को खेलका लागि आफ्नो ध्यान केन्द्रित गर्ने प्रतिक्रिया दिएका छन्।

जापान फुटबलमा त्यति कमजोर नमानिएता पनि जर्मनीसँगको जितलाई भने निकै चासोका साथ हेरिएको छ।

जापानका लागि यो ठुलै उपलब्धि रहेको मानिन्छ।

Football match Brazil vs Australia
Credit: Pixlr Image/ CC BY-SA 2.0

गोल किपर गोन्डा जित सुखद रहेको भए पनि कोस्टारिकासँगको आगामी खेलका लागि तैयारी गर्नु निकै जरुरी रहेको बताउँछन्।

यता समूह-इ अन्तर्गतकै स्पेन र कोस्टारीकाबीचको खेल भने एक तर्फी देखिन्थ्यो।

खेलको हाफटाईमसम्म तीनका विरुद्ध शून्यको अवस्थालाई स्पेनले बढाउँदै लगेर सात–शून्यको अवस्थामा पुर्‍यायो।

यता सन् १९८६ पछिको विश्वकपमा नाम नसुनिएको क्यानडाको पहिलो खेल पनि निराशाजनक बन्यो।

सुरुमा पेनाल्टीको अवसर पाएको भए पनि बेल्जियमका टिबो कार्टवाले यसलाई सहजै रोके।

तर हाफ टाइम अघि बेल्जियमले एक गोल गर्दा क्यानडाले भने खेल अवधिभर यसलाई टक्कर दिन सकेन।

क्यानेडेली प्रशिक्षक जोन हेर्डम्यानले खेलमा हार बेहोरेकोमा केही दुखी भएता पनि समग्रमा आफ्ना खेलाडीको काम प्रति भने आफूले गर्व गरेको बताए।

यता ग्रुप एफ अन्तर्गतको खेलमा भने क्रोएसियाले आफ्ना प्रशंसकलाई केही निराश बनायो।

मोरोक्कोसँगको खेलमा शून्य गोलको बराबरीमा दुवै टोली रोकिन पुगे।

यता अस्ट्रेलियाली टोली सकरूज भने शनिवार ट्युनिसियासंगको खेलका लागि तैयारीमा जुटेको छ।

सकरूजका मिडफिल्डर ज्याक्सन आइरभिनले शनिवारको खेलमा जित निकाल्नका लागि गत जुन महिनामा युएई र पेरुलाई हराउँदा अपनाएको रणनीति अपनाउनु पर्ने बताए।

खेलको पाँचौ दिनमा आइपुग्दा आठ वटा टोलीले अझै पनि खेल देखाउन बाँकि नै रहेको छ।

समूह-जी र एचको खेलका दौरान पाँच पटकको विश्वकप विजेता ब्राजिल र सर्बियाबीचको खेललाई निकै चासोका साथ हेरिएको छ।

तर सर्बियाली प्रशिक्षक ड्रागन जोकोभिक आफ्नो टोली कसैसँग पनि नडराउने प्रतिक्रिया दिन्छन्।

मिनी म्याच, रिप्ले र हाईलाइट्स हेर्नका लागि एसबीएसको अनडिमान्डमा जानुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now