Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'विदेशमा रहेका गायकले म्युजिक भिडियोमा टन्न पैसा खर्च गर्न सक्छन् भन्ने सोच गलत हो'

Singer Dr Ram Krishna Niroula

सिड्नी निवासी गायक डा रामकृष्ण निरौलाले विदेशमा रहेर गीत सङ्गीतका लागि समय निकाली रहेका गायकहरूबाट म्युजिक भिडियो निर्माणमा धेरै खर्च गर्न सक्छन् भनेर सोच्नु गलत भएको बताएका छन्।


Published

Updated

By SBS Nepali

Source: SBS


Share this with family and friends


सिड्नी निवासी गायक डा रामकृष्ण निरौलाले विदेशमा रहेर गीत सङ्गीतका लागि समय निकाली रहेका गायकहरूबाट म्युजिक भिडियो निर्माणमा धेरै खर्च गर्न सक्छन् भनेर सोच्नु गलत भएको बताएका छन्।


पछिल्लो समयमा विक्रम केसीको शब्द र सुनिल रोक्काको सङ्गीत रहेको ओइ कमला बोलको गीत गाएका डा रामकृष्ण निरौलालाई स्वरमा काब्या आचार्यले साथ दिएकी छिन्। 

 

उनै गायक निरौलाले आफू पहिलो पटक अस्ट्रेलिया आउँदा मादल ल्याउनाले विमानस्थलमा खेप्नु परेको सास्तीका साथै चिरपरिचित अनुहारलाई गीतका भिडियोहरूमा राख्ने चलन बढेकोबारे एसबीएस नेपालीसँग कुरा गरेका छन्। 

 

उनले विदेशमा रहेर सङ्गीत क्षेत्रमा सक्रियता बनाइराख्न सजिलो नभएको भन्दै त्यस्ता सङ्गीतकर्मीहरूले जति पनि खर्च गर्न सक्छन् भनेर सोच्नु गलत भएको बताए।

गायक निरौलासँग गरिएको पुरा कुराकानी सुन्नुहोस्:'विदेशमा रहेका गायकले म्युजिक भिडियोमा टन्न पैसा खर्च गर्न सक्छन् भन्ने सोच गलत हो' हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now