Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

लुकिमिया विरुद्ध आफ्नो लडाइ पछि अहिले अरू क्यान्सर पीडितलाई मद्दत गर्दै ब्रिसबेनका उज्ज्वल पौडेल

Ujwal Poudel (left) and Prerna Pahwa (middle) work towards raising awareness about cancer.

Ujwal Poudel (left) and Prerna Pahwa (middle) work towards raising awareness about cancer. Credit: (Left) Facebook/Simply Human - Superheroes without Capes, (Right) Supplied by Ujwal Poudel

सन् २०१४ मा अस्ट्रेलियामा पढ्न आएका उज्ज्वल पौडेललाई २० वर्षको उमेरमा रगतको क्यान्सर भएको थाहा भए पछि उनको जिन्दगीले नसोचेको मोड लिन पुगेको थियो। त्यस बेला डाक्टरले 'लुकिमिया' भएको खबर दिँदा, आफूलाई त्यसको अर्थ समेत राम्ररी थाहा नभएको बताउने पौडेल अहिले ब्लड क्यान्सरको बारेमा जनचेतना फैलाउने काममा लागिपरेका छन्। विभिन्न व्यक्ति तथा सङ्घ संस्थाको सहयोगमा करिब चार वर्ष लामो उपचार पछि अहिले क्यान्सर रहित रहेका उनले, सिम्प्ली ह्युमन - सुपरहिरोज विदआउट केप्स नामक गैर-नाफामूलक संस्थाबाट क्यान्सर भएका मानिसहरूलाई सहयोग प्रदान गर्दै आएका छन्। भारतमा उपचारदेखि अस्ट्रेलियामा नयाँ जीवन पाएकोसम्मको उनको यात्रा तथा नेपाली समुदायमा ब्लड क्यान्सरको चेतनाको आवश्यकता बारे पौडेल र सिम्प्ली ह्युमनकी संस्थापक प्रेरणा पाह्वाले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्। यो पोडकास्ट पहिलो पटक ३ अगस्ट, २०२३ मा प्रकाशित भएको थियो।

Published

Presented by Dinita Rishal

Source: SBS

Share this with family and friends

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now