तलब वृद्धि को माग गर्दै सडकमा ओर्लिए बालस्याहार कर्मी

Childcare workers protesting in Melbourne.

Childcare workers protesting in Melbourne. Source: SBS

अस्ट्रेलिया भरका हजारौँ बाल स्याहार केन्द्रका कामदारहरुले समान तलब हुनुपर्ने माग गर्दै काम छोडेर सडकमा उत्रिएका छन्। आफ्नो कामको पहिचान गर्न माग गर्दै हरेक दिन लाखौँ बालबालिकाको स्याहार सुसार गर्ने कामदारहरुले बुधबार देशका प्रमुख शहरहरुमा प्रदर्शन गरेका हुन्।


आफुहरु खालि बालबालिकाको हेरचाहको लागि मात्र नभई उनीहरुलाई शिक्षा प्रदान गर्न पनि संलग्न रहेकोले आफुहरुले पनि आम शिक्षकहरु सरह तलब पाउनु पर्ने प्रदर्शनकारीहरुको माग थियो।

उनीहरुले प्रतिघण्टा २२ डलरमात्र पाउने गरेकोमा शिक्षा प्रणालीमा आफूसंगै काम गर्ने शिक्षकहरुको भन्दा निकै कम पारिश्रमिक पाउदै आएका छन्। 

बुधबार अत्यन्त कम पारिश्रमिक पाउने उनीहरु काम छोडेर बिरोधमा उत्रिरहदा देशभरका बाल स्याहार केन्द्रहरुले दिनको सुरुवातमा बालबालिकाहरुलाई घरबाट केन्द्रसम्म ल्याउन जानु पर्ने समय भएको थियो। 

एक अभिभावक सिङ्गहाउ यु उक्त हड्तालाको समर्थन गर्दै धेरै असुविधाका वावजुद पनि यो बिरोधलाई समर्थन गर्न अत्यन्त जरुरि रहेको बताउँछन्। 

अर्की अभिवावक क्यारन ब्राउन पनि सहमति जनाउँछिन। र भन्छिन “समाज परिवर्तन भएको छ र आफ्ना बालबालिकाको पहिलो शिक्षकलाई अहिले दिइएको भन्दा अझ बढी सम्मान दिनु पर्छ भन्ने बुझछन जस्तो मलाई लाग्छ। "

कामदारहरु पारिश्रमिक र अन्य विभिन्न कारणहरुले १८ महिनामा चौथो पटक सडकमा उत्रिए पछि बुधबार दिवा बाल स्याहार केन्द्रहरु दिउँसो खाना खाने समय पश्चात बन्द भए।

"यदि प्रधानमन्त्री स्कट मोरिशनले संख्या गन्ने हो भने एक लाख प्रारम्भिक शिक्षकहरु र १० लाख दिवा स्याहारको सुविधा लिने अभिभावकहरु छन्, यो संख्या मत परिणाम नै पल्टाउने मतदाताहरुको हो।"

केरी डेभिर बाल स्याहार केन्द्रमा ३० बर्षदेखि कार्यरत छिन। उनि भन्छिन "हामीले दैनिक गर्ने कार्य बालबालिका र परिवारहरुकालागि धेरै महत्वपूर्ण छ।  हामि व्यावसायिक सेवा दिन्छौं त्यसैले त्यहि अनुरुपको पारिश्रमिकलाई लियर सम्बोधन हुनु जरुरि छ। "

उनीहरु २२ डलर प्रति घण्टाको दरमा काम गर्छन जुन राष्ट्रिय औसत पारिश्रमिकको आधा हो। र ३० प्रतिशत ले वृद्धि गर्दै शिक्षण पेशामा रहेका अरुको जतिनै पारिश्रमिक निर्धारण गर्नु पर्ने उनीहरुको माग रहेको छ।

Kids playing at a Child Care Centre
Kids playing at a Child Care Centre Source: AAP

बाल स्याहार केन्द्रहरुको प्रतिनिधित्व गर्ने युनियन, युनाइटेड भोइस, ले आगामी संघिय निर्वाचनमा यो मुद्दालाई राजनीतिक जोडतोडका साथ उठाउने तयारि गरिरहेको भनि चेतावनी दिएको छ।

युनियनकि हेलेन गिब्बोन्स भन्छिन यसले महत्वपुर्ण सिमान्तकृत सिटहरुलाई निशानामा पारिने छ "यदि प्रधानमन्त्री स्कट मोरिशनले संख्या गन्ने हो भने एक लाख प्रारम्भिक शिक्षकहरु र १० लाख दिवा स्याहारको सुविधा लिने अभिभावकहरु छन्, यो संख्या मत परिणाम नै पल्टाउने मतदाताहरुको हो।"

ट्रेजरर जोश फ्राइडेन्बर्गले बाल स्याहारको क्षेत्रमा पहिले भन्दा धेरै लगानी गरेको भन्दै गठबन्धनको योजनाको बचाउ गरेका छन्।

तर हेलेन गिब्बोन्स र उनको युनियन व्याबहारमै यो लागु हुनु पर्नेमा जोड दिन्छन।

 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now