चीनका राष्ट्रपति नेपाल भ्रमणमा
दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका चीनका राष्ट्रपति सी जिन्पिङले नेपाल-चीन हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन्।
उनी शनिवार अपरान्ह आफ्नो विशेष विमानबाट भारतको चेन्नाई शहरबाट काठमाण्डू आएका हुन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्।
"हामीले चीन-नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौं"
उनको स्वागतमा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट व्यक्तिहरू विमानस्थल पुगेका थिए।

विमानस्थलबाट सोझै राजधानीको एक पाँच तारे होटल सोल्टी पुगेका राष्ट्रपति सीका अधिकाशं भेटघाट र बैठक त्यहीँ राखिएका छन्। शनिवार राष्ट्रपति भण्डारीले आफ्नो समकक्षी सीको स्वागतमा रात्री भोजको आयोजना गरेकी थिइन्।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने बताएका हुन्। "हामीले चीन-नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौं," उनले भने।
यसका साथै अरनिको राजमार्गको स्तरोन्नति र केरुङ्देखि काठमाण्डूसम्मको सुरुङ मार्गको काम अघी बढाइने पनि उनले बताए।
यस बाहेक सडक अन्य केहि सञ्जालहरू विस्तार गरि चीनसंगको यातायात विस्तार पनि नेपाल सरकराको प्राथमिकतामा रहेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार राजन भट्टराईले बताए, ''राष्ट्रपति सीको भ्रमणका क्रममा केहि महत्वपूर्ण आयोजनाहरूमा सहमति हुने छ।''

यसअघि राष्ट्रपति भण्डारीले केरूङ्गदेखि काठमाण्डू हुँदै लुम्बिनीसम्म रेलमार्ग जोडिएको नेपली जनताले हेर्न चाहेको बताएकी थिइन्।
यसका साथै राष्ट्रपति सीले राजनीतिक दलका उच्च नेतृत्वसंग भेटघाट गरेका छन्। २३ वर्षपछि भएको चीनिया राष्ट्रपतिको भ्रमणका क्रममा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। उनी आउने र जाने समयमा नेपाली आकाश खाली गरिएको छ भने सडकमा पनि सवारी साधनको आगमन रोकिएको थिए।
'फ्रि तिब्बत' समर्थक समातिए
यसै क्रममा राजधानीका विभिन्न स्थानबाट फ्रि तिब्बत लेखिएका झोला बोकेका र टि-सर्ट लगाएका करिब २२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता होविन्द्र बोगटीका अनुसार उनीहरूलाई बौद्ध, स्वायम्भू, फर्पिङ आदी स्थानबाट शुक्रवार र शनिवार पक्राउ गरिएको ह।
यसरी पक्राउ परेकाहरूले कुनै विरोध कार्यकम्रम भने नगरेको प्रहरीले स्पष्ट पारेको छ।
बस दुर्घटनामा ११को मृत्यु
क्षमताभन्दा बढी यात्रु बोकेको एक बस सिन्धुपालचोकको इन्द्रावती गाउँपालिका -१० भोटसीपामा शुक्रवार दुर्घटना हँदा ११ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परि करिब एक सय जना घाइते भएको प्रहरीले जनाएको छ।
दशैं मनाएर फर्किरहेका यात्रु बोकेको बस मोडबाट पल्टेर कच्ची सडकभन्दा डेढ सय मिटर तल खसेको थियो।
उक्त बसको यात्रु बोक्ने क्षमता ३४ सिट मात्र रहेको थियो। ''३४ जना यात्रु क्षमता रहेको बसले क्षमताभन्दा बढी यात्रु बोकेको र त्यही कारण पाटपुर्जाले काम नगरेको देखिएको छ,'' सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले बताए।
महराको बयान लिइँदै
ससंद सचिवालयकी एकजना कर्मचारीमाथी यौन दुर्व्यवहार गरेको आरोप लागेका तत्कालिन सभामुख कृष्णबहादुर महारसंग सरकारी वकिलहरूले बयान लिइरहेका छन्।
उनलाई गत आइतवार प्रहरीले सभामुखको निवासबाट पक्राउ गरेको थियो। पीडित भनिएकी उक्त महिलाले गत शनिवार महरलाले उनलाई बलात्कार गर्ने प्रायस गरेको भन्दै प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।
त्यस लगत्तै प्रहरीले अनुसन्धानका लागि महरालाई पक्राउ गर्न काठमाण्डू जिल्ला अदालतसंग अनुमति मागेको थियो।
न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले प्रहरीलाई अनुसन्धानका लागि महरालाई पक्राउ गर्न अनुमति दिएको थियो। दुर्व्यवहारको घटजा सार्वजनिक भएपछि महराले सभामुखको पदबाट राजीनामा दिएका थिए।
केहि दिन अघि संघीय संसद सचिवालयले फौजदारी अभियोग लागेका महराको संसदको पद निलम्बनमा परेको जनाएको थियो। सचिवालयले उक्त सूचना बिहिवार जारी गरेको थियो।

एडीबीबो प्राथमिकता सडक र उर्जा
एसियाली विकास ब्याङ्क (एडीबी)ले शुक्रवार नेपालसंगको पाँच वर्षको साझेदारी रणनीति जारी गरेको छ।
सन् २०२०- २०२४सम्मका लागि जारी गरिएको रणनीतिमा सडक र उर्जाका आयोजनाले प्राथमिकता परेका छन्।
रणनीतिले नीजि क्षेत्रको नेतृत्वमा पूर्वाधार विकास, आधुनिक सेवामा पहुँच, दिगोपनामा केन्द्रित रणनीति ल्याइएको एडीबीले जनाएको छ। उसले नेपालमा दीगो र सन्तुलित विकासका लागि आफ्नो सहयोग जारी राख्ने पनि जनाएको छ।
सकियो दशैं
आज दशैंको अन्तिम दिन। कोजाग्रत पूर्णिमाका दिन टिका र जमरा बिसर्जन गरि दशैंलाई विदा गर्ने चालन रहेको छ।
विगतका वर्षमा झैं यस वर्षमा प्रधानमन्त्री, राष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरूले दशैंको शुभकामना दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले चाडर्वले आफ्नो सन्देशमा चाडपर्वलाई भड्किलो नबनाउन आग्रह गरेका छन्।
यस्तै राष्ट्रपतिले सर्वसाधरणलाई टीका लगाइ दिइन्। पूर्व राजा ज्ञानेन्द्र शाहाले पनि उनको निवासमा पुगेका सर्वसाधरणलाई टीका लगाइ दिएका थिए।





