Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

धरहरा पुर्ननिर्माण चाँडै, प्रतिमालाई टाइगर उड्सको प्रशिक्षण- गत ७ दिन नेपालमा

Nepal Weekly News

धरहरा पुर्ननिर्माण चाँडो सुरु हुने आश्वाशन दिए प्रधानमन्त्री केपी शर्मा ओलीले, देशको एक मात्र अन्तराष्ट्रिय बिमानस्थल, त्रिभुवन विमानस्थल अब दैनिक २१ घन्टा चालू रहने र नेपालकी महिला गल्फ खेलाडी प्रतिमा शेर्पाले टाइगर उड्ससँगै प्रशिक्षण लिएकी छिन्-यी हुन् गत ७ दिनका केहि प्रमुख नेपाली समाचार।


Published

Updated

By Smriti Dhungana

Source: SBS



Share this with family and friends


धरहरा पुर्ननिर्माण चाँडो सुरु हुने आश्वाशन दिए प्रधानमन्त्री केपी शर्मा ओलीले, देशको एक मात्र अन्तराष्ट्रिय बिमानस्थल, त्रिभुवन विमानस्थल अब दैनिक २१ घन्टा चालू रहने र नेपालकी महिला गल्फ खेलाडी प्रतिमा शेर्पाले टाइगर उड्ससँगै प्रशिक्षण लिएकी छिन्-यी हुन् गत ७ दिनका केहि प्रमुख नेपाली समाचार।


धरहरा पुर्ननिर्माण चाँडो शुरु हुने: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट ध्वस्त धरहराको पुनःनिर्माण कार्य चाँडो शुरु हुन लागेको जानकारी दिएका छन्. विसं २०७२ को वैशाख १२ मा गएको भूकम्पबाट ज्यान गुमाएकाहरुको सम्झना गर्दै बुधबार सन्धारास्थित भत्किएको धरहराको प्रांगणमा आयोजित ‘मै बनाउँछ मेरो धरहरा’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देश समृद्धि र विकासको बाटोमा अगाडि बढेको हुदा धरहरा पुनःनिर्माणमा सहयोग गर्न अपिल समेत गरेका थिए . 

गत वैशाख १२ मा गएको विनाशकारी भूकम्पका कारण ३१ जिल्लामध्ये १४ जिल्ला अतिप्रभावित बनेका थिए . त्यस्तै वैशाख भूकम्प र त्यसपछि गएका पराकम्पका कारण आठ हजार ९७९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए . 

..

त्रिभुवन विमानस्थल दैनिक २१ घन्टा चल्ने

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल पहिलो पटक दैनिक २१ घन्टा सञ्चालनमा आउने भएको छ । विमानस्थल व्यवस्थापनले आगामी जेठ ७ देखि विमानस्थल दैनिक २१ घन्टा सञ्चालन गर्ने निर्णय गरेको जानकारी गराएको छ १ दैनिक साढे १८ घन्टा सञ्चालन हुने गरेको विमानस्थल बिहान ११ देखि साँझ ५ र राति ८ देखि ११ सम्म सबैभन्दा बढी व्यस्त हुने गरेको छ .

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार हाल त्रिभुवन विमानस्थलमा १४ देशबाट २८ वटा अन्र्तराष्ट्रिय जहाज दैनिक उडान र अवतरण हुने गरेका छन्. हाल विमानस्थल बिहान ६ देखि राति साढे १२ बजे सम्म सञ्चालन भइरहेको छ . 

 ..

पिपल्स च्वाइसमा पाँच खेलाडी

स्पोर्ट्स अवार्ड २०७४ को पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलक’द पत्रकार मञ्चले बुधबार पिपल्स च्वाइस विधामा ५ खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो .

राष्ट्रिय खेल भलिबलका मानबहादुर श्रेष्ठ, फुटबलका किरण चेम्जोङ, क्रिकेटका सन्दीप लामिछाने, टेबलटेनिसका स्यान्त श्रेष्ठ र गल्फकी प्रतिमा शेर्पा पिपल्स च्वाइस विधाको मनोनयनमा परेका छन् .

विभिन्न आठ विधामा ह’ने स्पोर्ट्स अवार्ड आगामी मे !७ मा आर्मी अफिसर्स क्लबको हलमा हुनेछ . एसएमएस भोटिङ र फेसबुक लाइकको मतभार ५० प्रतिशत तथा प्रशिक्षक र मञ्चका सदस्यको मतभार २५–२५ प्रतिशत गरी ५० प्रतिशतको रहनेछ .

...

नविनाले विहे खर्च कटाएर मृगौला पीडितलाई सहयोग

अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नविना लामाले आफ्नो विवाह खर्च कटाएर मृगौला पीडितलाई सहयोग गरेकी छिन् . बिहीबार अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी लामाले मृगौला फेल भएका प्रेम बगालेलाई १ लाख ५१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेकी थिइन् .

दुवै मृगौला फेल भएका २५ वर्षीय बगाले हाल वीर अस्पतालमा उपचार गराइरहेका छन् . प्रेमी प्रवीण श्रेष्ठसँग विहे गरेकी लामाले वैवाहिक समारोहमा चेक हस्तान्तरण गरेकी थिइन्. 

..

प्रमुख निर्वाचन आयुक्तको घरमा विष्फोट

ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको घरमा आइतबार शंकास्पद वस्तु विस्फोटन भएको छ. अज्ञात समुहले गराएको विष्फोटनबाट निर्वाचन आयुक्त यादवको घरमा क्षति पुगेको नेपाल प्रहरीले जनाएको थियो. 

विष्फोटबाट पर्खाल भत्किनका साथै झ्यालका सिसा फुटेका छन्. घटनास्थलमा भेटिएका दुई शंकास्पद वस्तुलाई भने नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको ललितपुर महानगरीय प्रहरी कार्यालयले जनाएको थियो . 

..

पार्टी एकता सप्र्राइज हुनेछ :पुष्पकमल दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता सप्र्राइज हुने बताएका छन्. आइतबार ६९ औं नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले समानजनक रुपमा पार्टी एकता हुने प्रतिक्रिया दिएका थिए . 

त्यस्तै कार्यक्रममा ब्यानरलाई लिएर माओवादी केन्द्रका कार्यकर्ताहरुले राष्ट्रियसभा गृहको हलमा नाराबाजी गरेका थिए. 

..

टाइगर उड्सले दिए प्रतिमालाई प्रशिक्षणक 

नेपालकी महिला गल्फ खेलाडी प्रतिमा शेर्पाले टाइगर उड्ससँगै प्रशिक्षणको मौका पाएकी छिन् . उनलाई मेडलिस्ट गल्फ क्लबमा उड्सले करिब आधा घण्टा प्रशिक्षण दिएका थिए . उड्स फाउन्डेसनले प्रतिमालाई सहयोग गरिरहेको छ . 

उड्सले प्रतिमाको प्रशंसा गर्दै ट्वीट समेत गरेका थिए . त्यस्तै प्रतिमाले उड्सलाई भेटेको दिन आफ्नो जीवनकै उत्कृष्ट दिन भएको प्रतिक्रिया दिएकी थिइन्.


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now