Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

न्यु साउथ वेल्स संसद्मा 'विषाक्त संस्कृति' रहेको स्वतन्त्र समीक्षाको ठम्याई

NSW PARLIAMENT STOCK

General view of the New South Wales Parliament House in Sydney, Friday, August 12, 2022. (AAP Image/Bianca De Marchi) NO ARCHIVING Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE

न्यु साउथ वेल्सको संसद्मा धम्कीपूर्ण व्यवहार र यौन दुर्व्यवहारको संस्कृति रहेको खुलासा गरिएको छ।


Published

Updated

By Tanya Dendrinos, Tina Qiunn

Presented by Sunita Pokharel

Source: SBS




Share this with family and friends


न्यु साउथ वेल्सको संसद्मा धम्कीपूर्ण व्यवहार र यौन दुर्व्यवहारको संस्कृति रहेको खुलासा गरिएको छ।


न्यु साउथ वेल्सको संसद् भित्रको कार्यस्थलमाा यौन आक्रमण भएको वा प्रयास गरिएका भन्दै पुरुष र महिलाहरूले रिपोर्ट गरेको एक स्वतन्त्र छानबिनमा पाइएको छ।

देशको संसद् भनेको मूल्य, मान्यता र नेतृत्वको आधारशिला हुनु पर्दछ।

तर राज्यका प्रिमियर डोमिनिक पेरोटेले पनि स्वीकारेका छन् कि न्यु साउथ वेल्स संसद्को बन्द कोठा भित्र 'विषाक्त संस्कृति' रहेको छ।

"हाम्रो राज्य भर रहेका हरेक कार्यक्षेत्रहरू सुरक्षित, उत्पीडन मुक्त हुनु पर्छ यौनिक उत्पीडन र यौन आक्रमणबाट मुक्त र त्यो न्यु साउथ वेल्सको संसद्मा नरहेको स्पष्ट भएको छ।"

पूर्व राष्ट्रिय लैङ्गिक विभेद आयुक्त एलिजाबेथ ब्रोडरिकद्वारा राज्यको संसद्माथि गरिएको समीक्षा स्पष्ट र 'प्रणालीगत धम्कीपूर्ण व्यवहार' र 'यौन दुर्व्यवहार र लिङ्गवाद' को खुलासा गर्ने किसिमको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

राज्यका प्रिमियर पेरोटे भन्छन्, "संसद् सदस्यहरू हाम्रो समाजका नेतृत्वकर्ता र प्रेरणाको स्रोत हुन्। तर यो त स्पष्ट भएको छ कि न्यु साउथ वेल्स संसद् समय बितेसँगै विषाक्त भएको धेरै उदाहरणहरू छन् र यो गलत हो। "

४ सय ४७ संसदका कर्मचारीहरूलाई लिएर गरिएको सर्वेक्षण ब्रोडरिकको समीक्षाको एक भाग थियो, जसले यौन उत्पीडन र लिङ्गवाद रहेको पाएको थियो।

रिपोर्टमा त्यस्ता गतिविधि 'अस्वीकार्य' दरमा रहेको र विशेषगरि महिला र लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीक्यु प्लस)हरूप्रति बढी लक्षित भएको देखिएको छ।

कर्मचारीहरू माथि शोषण भएका धेरै गुनासोहरू आए पछि गत वर्ष स्वतन्त्र समीक्षाको थालनी गरिएको थियो।

सर्वेक्षणमा सहभागी मध्ये पाँच जनाले आफूमाथि न्यु साउथ वेल्स राज्य संसद्को कार्यस्थलमा यौन आक्रमण भएको वा प्रयास गरिएको बताएका छन्, जसमा केही कार्यालयहरूलाई 'राम्रोसँग थाहा भएको हटस्पट'का रूपमा व्याख्या गरिएको छ।

राज्यका प्रिमियरले आफ्नो कार्यकालमा यस्तो किसिमको व्यवहार नदेखेको र नसुनेको भए पनि समीक्षाले यो अवस्था रहेको स्पष्ट पारिसकेको बताएका छन्।

पछिल्लो रिपोर्ट आउनु भन्दा मात्र नौ महिना पहिले कमनवेल्थ संसद्को कार्यस्थलमा गरिएको समीक्षामा यस्तै किसिमको अवस्था पाइएको थियो।

राज्यकी महिलासम्बन्धी मन्त्री ब्रोनी टेलरले पछिल्लो रिपोर्टले पीडकहरूका लागि सन्देश छोडेको र त्यसलाई व्याख्या गरिरहनु पर्ने आवश्यकता कम छोडेको बताएकी छिन्।

"तपाइलाई थाहा छ तपाईँ को हो भनेर र मेरो कडा सुझाव भनेको न्यु साउथ वेल्समा तपाइको लागि कुनै स्थान छैन। म भन्छु कि तपाई समय लगाएर र गहिरिएर यसको बारेमा सोच्नुहोस्, र म आग्रह गर्छु यदि यसमा उल्लेखित तपाईँ हो भने आफूलाई चाहिएको सहयोग लिनुहोस् र कृपया न्यु साउथ वेल्स संसद् छोड्नुहोस्।"

विषाक्त कार्यक्षेत्रका कारण मानवीय क्षति उच्च रहने भए पनि यसका बारेमा गुनासो राख्ने दर भने न्यून रहेको रिपोर्टले देखाएको छ।

फुल स्टप अस्ट्रेलिया यस्तो संस्था हो जसले यौन शोषण र हिंसाबाट पीडित भएकाहरूलाई सहयोग गर्छ चाहे त्यो घरमा होस् वा कार्यक्षेत्रमा।

यसका प्रमुख कार्यकारी अधिकृत हेली फोस्टर भन्छिन् कम मात्र गुनासा आउनु भन्नुको अर्थ यस्ता घटनाबारे जानकारी दिने व्यवस्थाप्रति विश्वास नहुनु हो।

विपक्षी नेता क्रिस मिन्सले यस्ता समस्या भनेको पार्टीको अवधारणा भन्दा माथि रहेको बताएका छन्।

"हामी सबैले अझ राम्रो गर्नु पर्छ। (पार्टी भन्दा) अगाडी बढेर न्यु साउथ वेल्स संसद्लाई सुरक्षित कार्यक्षेत्र बनाउन हामीले सक्ने प्रयास गरेको सुनिश्चित गरौँ।"

रिपोर्टले प्रमुख छ बुँदा अन्तर्गत धेरै सुझावहरू प्रस्तुत गरेको छ, जसमध्ये यसको रोकथाम र समयमै यसलाई सम्बोधन गर्ने प्राथमिकतामा राख्ने, यस्ता समस्याबारे जानकारी दिने सुरक्षित वातावरण बनाउने र पारदर्शी निगरानी गर्ने रहेका छन्।

हेली फोस्टर भन्छिन् यस्ता समस्याबारे जानकारी दिने सुरक्षित वातावरण बनाउने र पारदर्शी निगरानी राख्ने कुराले प्रभावकारी परिवर्तन ल्याउँछ।

यस्ता हानिकारक व्यवहारको प्रभाव एबोरजिनल र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरू र विविध सांस्कृतिक र भाषिक पृष्ठभूमिका मानिसहरूमा बढी देखिएको छ।

Woman bullied at work
Source: Pixabay

सांस्कृतिक कारकहरूलाई लिएर रिपोर्टमा पाँच सुझावहरू प्रस्तुत गरिएको छ।

- विविधता र समावेशितामा काम गर्ने

- शक्ति असन्तुलनलाई सम्बोधन गर्ने

- काम गर्ने समयलाई सुधार गर्ने

- मादक पदार्थ खाएर हुने हानिहरूलाई कम गर्ने

- एलजीबीटीक्यु प्लस मानिसहरू माथि रहेका जोखिम न्यूनीकरणका लागि कार्यदल स्थापना गर्ने

प्रिमियर पेरोटेले उक्त रिपोर्टले संस्कृति सुधारको सुरुवात गराउने बताएका छन्।

साथै उनले रिपोर्टले दिएका सुझावहरूलाई कार्यान्वयन गर्ने बाचा समेत गरे।

"यो रिपोर्ट अन्त्य होइन यो रिपोर्ट सुरुवात हुनेछ। सुरुवात - राम्रोका लागि कार्यक्षेत्रको संस्कृतिमा परिवर्तन गर्ने।"

यदि तपाईँ वा तपाईंले चिनेको कोही यौन हिंसा बाट प्रभावित रहनुभएको छ भने, तपाईंले 1800RESPECT लाई १८०० ७३७ ७३२ मा फोन गर्न सक्नुहुन्छ अथवा 1800RESPECT.org.au मा हेर्नुहोस्। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now