अस्ट्रेलियाको कमनवेल्थका संसदीय कार्यस्थलहरू माथि गरिएको स्वतन्त्र समीक्षाको प्रतिवेदन संसदमा पेस गरिएको छ।
लिबरल पार्टीकी पूर्व कर्मचारी ब्रिट्नी हिगिन्सले लगाएका बलात्कारका आरोप पछि देश भरका संसदीय कार्यस्थलहरूमा यौन दुर्व्यवहार, धम्की र उत्पीडनको चलन माथि अनुसन्धान गरेर उक्त रिपोर्ट तयार पारिएको हो।
लिबरल दलकी पूर्व कर्मचारी ब्रिटनी हिगिन्सले संसद भवन महिला हरूको लागि असुरक्षित कार्यस्थल रहेको भनी कुरा उठाए पछि सुरु गरिएको यो समीक्षालाई यौन भेदभाव सम्बन्धी कमिस्नर केट जेन्किंसले पेस गरेकी हुन्।

सन् २०१९ मा एक सहकर्मीले मन्त्रीको कार्यालयमा आफूलाई बलात्कार गरेको घटनालाई हिगिन्सले सार्वजनिक रूपमा भनेकी थिइन्।
जेन्किंसको रिपोर्टमा उल्लेख गरिएको छ कि, क्यानबेरामा संसदीय र चुनावी कार्यालयहरूमा काम गर्न एक तिहाइ कर्मचारीहरूले काममा यौन दुर्व्यवहार भोगेका छन्।
रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
"त्यो भनेको करिब आधा - ५१% कमनवेल्थका कर्मचारीहरूले कमसेकम एक पटक धम्की, यौन दुर्व्यवहार या जानाजानी गरिएको यौन दुर्व्यवहारको सिकार बन्न पुगेका छन्," उनले भनिन्।
महिला र पुरुषको तुलना गर्दा ४०% महिलाहरू यसको सिकार बनेका छन् भने पुरुषहरूमा २६% रहेका छन्।
४५६ पृष्ठको उक्त रिपोर्टमा २८ वटा सिफारिसहरू छन्, जस मध्य, कर्यस्थलीय प्रवृत्तिलाई परिवर्तन गर्नका लागी सबै दलहरूले लैङ्गिक समानता लागि जोड दिनु पर्ने बताइएको छ।
त्यस्तै, एक स्वतन्त्र संसदीय मानक आयोगले सबै सांसद र कर्मचारीका लागि एक नयाँ आचारसंहिता लागु गर्नु पर्ने पनि उल्लेख गरिएको छ।
हिगिन्सले आफ्नो कथित घटनाको बारेमा सार्वजनिक रूपमा भने पछि प्रधान मन्त्री स्कट मोरिसनले जेन्किंसलाई कार्यस्थलहरूको अनुसन्धान गर्न बताएका थिए।
रिपोर्टमा उल्लेख गरिएका सिफारिसहरू माथि तुरुन्तै काम गर्न सुरु गर्ने मोरिसनले बताएका छन्।
प्रतिवेदनमा नाम नखुलाइएका कर्मचारीहरूको यौन दुर्व्यवहारका अनुभवहरूलाई समावेश गरिएको छ।
ती मध्य एक जनाले, कम उमेर भएका नयाँ महिला कर्मचारीहरूको बारेमा पुरुष कर्मचारीहरूले अशिष्ट तरिकामा कुरा गर्ने भनी खुलासा गरेका छन्।
अर्की एक कर्मचारीले, एक पुरुष सांसदले आफूलाई केही भन्न निहुरेको बहाना गरी, उनको जिउमा समातेर आफ्नो जिब्रोलाई उनको घाँटीमा पुराएको घटनाको बारेमा बयान गरेकी छिन्।

डाक्टर सोनिया पाल्मिरी, लिङ्ग र निती सम्बन्धी विशेषज्ञ हुन्। उक्त समीक्षा दिएकी उनले, एसबीएस सँगको कुराकानीमा भनिन् कि, संसदमा यस किसिमका प्रणालीगत घटनाहरूको व्यापकता देखेर, उनी छक्क परेकी छिन्।
उक्त समीक्षामा योगदान दिएकी उनले, एसबीएस न्युजसँगको कुराकानीमा भनिन् कि, संसदमा यस किसिमका प्रणालीगत घटनाहरूको व्यापकता देखेर, उनी छक्क परेकी छिन्।
"संसदले, विशेष गरी अस्ट्रेलियाली संसदले कार्यस्थलको लैङ्गिक असमान छ भनी स्विकार्न अनिच्छुक देखिएको छ," उनले भनिन्।
यदि उनीहरूले लैङ्गिक असमानता प्रति पहिले नै ध्यान दिएको भए, यस्ता आरोपहरू लाग्नु भन्दा अगाडी नै नियमहरू लागु हुने थिए।
समीक्षामा १,७२३ जना वर्तमान र पूर्व राजनीतिज्ञ र कर्मचारीहरूको योगदान छ - ती मध्य धेरै जस्तो महिलाहरू छन्।
करिब ५०० वटा अन्तर्वार्ताहरू र ९३५ वटा सर्वेक्षणका प्रतिक्रियाहरू समावेश गरिएका छन्।
धेरै जसो कम उमेरका महिला र समलिङ्गी लगायतका समुदायका मानिसहरू यौन दुर्व्यवहारको सिकार बन्न पुगेको रिपोर्टले फेला पारेको छ।
यस किसिमको प्रवृत्ति बदलिनका लागि लिङ्ग र सांस्कृतिक विविधता सम्म लक्षहरूलाई सबै कार्य स्तरमा तत्कालै पूरा गरिनु पर्ने, डाक्टर पाल्मिरीले बताइन्।

उक्त रिपोर्ट सार्वजनिक गरिएको केही समयमा नै, संसदमा ज्याकी ल्याम्बीले एक प्रश्न सोध्ने क्रममा मन्त्री परिषद्का एक सिनेटरले कथित रूपमा कुकुर भुकेको जस्ता आवाजहरू निकालेको भन्दै, ग्रीन्सकी सिनेटर ह्यान्सेन यंगले आरोप लगाएकी थिइन्।
तर आवाज कसले निकालेको भनी कुनै सिनेटरले पनि जिम्मेवारी लिएनन्।
प्रतिवेदनले यौनवादी भाषा र व्यवहारलाई हटाउन र प्रतिनिधि सभा र सिनेट दुवैमा सुरक्षा र सम्मान सुधार गर्न संसदले सञ्चालन गर्ने तरिकाको समीक्षा गर्न पनि सिफारिस गरेको छ।
यदि तपाईँ वा तपाईंले चिनेको कोही यौन हिंसा बाट प्रभावित रहनुभएको छ भने, तपाईंले 1800RESPECT लाई १८०० ७३७ ७३२ मा फोन गर्न सक्नुहुन्छ अथवा 1800RESPECT.org.au मा हेर्नुहोस्।
सम्बन्धित सामाग्री:

प्रधानमन्त्री स्कट मोरिसनले ब्रिट्नी हिगिन्ससँग मागे माफी








