स्किल्ड भिसामा पीआर लिन चाहिने प्वाइन्टमा टर्नबुल सरकार द्वारा वृद्धि

Source: Supplied
आगामी जुलाई १, २०१८ देखि अस्ट्रेलियाको साधारण स्किल्ड भिसा अन्तर्गतको स्थाई आवास वा पीआरको लागि आवेदन हाल्न थप प्वाइन्ट चाहिने भएको छ | टर्नबुल सरकार द्वारा देशको आप्रवास सम्बन्धि कानूनमा गरिएको उक्त बदलावका साथ् स्वतन्त्र र मनोनीत स्किल्ड स्थाई भिसा र क्षेत्रिय प्रायोजित वा रिजनल स्पन्सर्ड भिसाका लागि आवेदकहरुले ६५ प्वाइन्टको न्युनतम "पूल वा पास मार्क" प्राप्त गर्नु पर्ने छ | अस्ट्रेलियामा रहेको शैक्षिक् परामर्शदाताहरुको संजाल (एका) का अध्यक्ष निरज श्रेष्ठ र डार्विन बाट अध्यागमन एजेन्ट शम्भु कडेलले उक्त पछिल्लो बदलावबारे एसबीएस नेपालीसँग गरेको कुराकानी|
Share



