यसपालिको मल्टिकल्चरल सकर टुर्नामेन्टमा १२ टोली सहभागी, कसले मार्ला बाजी?

Winners of the 1st NAV Multicultural Soccer tournament. Source: Community Soccer Hub/Facebook
नेपाल एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले आगामी नोभेम्बर १३ र १४ तारिखमा बहुसांस्कृतिक सकर टुर्नामेन्टको आयोजना गर्ने भएको छ। विभिन्न देशका सामुदायिक संस्थाका १२ वटा टोली सहभागी रहने सो फुटबल प्रतियोगिता यस पटक भिक्टोरियामा हाल लागू कोभिड-१९ सम्बन्धी नियमहरू भित्र रहेर सञ्चालन गरिने न्याभका उपाध्यक्ष प्रेमराज उप्रेतीको भनाई छ।
Share