आयशा शाक्य यसअघि पनि सागमा स्वर्ण पदक हात पारिसकेकी खेलाडी हुन्। तर पछिल्लो समय उनको खेल स्तर पहिलेको जस्तो हुन नसकेको टिका टिप्पणी पनि भएका थिए।
यस्तो समयमा दुई छोराकी आमा शाक्यले जितेको स्वर्ण पदकबारे निकै चर्चा भएको छ।
हामीले शाक्यसंग दुई स्वर्ण पदक जित्नका लागि उनले गरेको मिहिनेत र उनका भावी योजनाबारे कुराकानी गरेका छौं।