सन् २०१३ मा, संयुक्त राष्ट्र सङ्घको महासभामा सदस्य राष्ट्रहरूले एक प्रस्ताव पारित गरेर जुलाई ३० लाई मानव बेचबिखन विरुद्धको विश्व दिवसको रूपमा परिभाषित गरेका थिए। मानव बेचबिखनका पीडितहरूको अवस्थाको बारेमा चेतना जगाउन र उनीहरूको अधिकारको संरक्षण एवं प्रवर्द्धनका लागि भन्दै उक्त घोषणा गरिएको थियो। यो वर्ष, मानव तस्करीका सबै पीडितहरूसम्म पुगौँ, कसैलाई पनि नछुटाऔँ भन्ने नारा दिएर गत आइतवार विश्वभर मानव बेचबिखन विरुद्धको दिवस मनाइएको थियो। चार्ल्स डार्विन युनिभर्सिटीमा पूर्ण छात्रवृत्ति पाएर उच्च अध्ययनका लागि अस्ट्रेलिया आएका माइती नेपालका मधु रेग्मी र युवराज पोख्रेलले नेपालमा मानव तस्करीको अवस्था र त्यस विरुद्ध विभिन्न सरोकारवाला संस्थाहरूको भूमिका बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





