Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

फ्लुको जोखिमबाट बच्ने प्रमुख उपाय: बालबालिकालाई खोप

Australians encouraged to get flu vaccination

Australians encouraged to get flu vaccination Source: AAP

यो वर्ष मात्र पनि फ्लु हुनेहरूको दर उच्च भए पनि अधिकांश अस्ट्रेलियालीहरूमा फ्लु विरुद्धको खोप लगाउने सोच नरहेको देखिएको छ। साथै १० प्रतिशतले मात्र बच्चाहरूले यो खोप लिनै पर्ने सोच राख्छन्।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


यो वर्ष मात्र पनि फ्लु हुनेहरूको दर उच्च भए पनि अधिकांश अस्ट्रेलियालीहरूमा फ्लु विरुद्धको खोप लगाउने सोच नरहेको देखिएको छ। साथै १० प्रतिशतले मात्र बच्चाहरूले यो खोप लिनै पर्ने सोच राख्छन्।


सरोकारवालाहरू फ्लुको परिणामलाई हेर्दा यसको विशेष जोखिममा रहेका बालबालिका र वृद्धहरूको सङ्ख्या चिन्ता जनक रहेको बताउँछन् ।

जाडो याम सुरु हुनै लाग्दा यो समयमा बाल बालिका र वृद्धहरू फ्लुको उच्च जोखिममा रहने गर्दछन्। यो समयमा यसबाट उच्च जोखिममा रहेकाहरूलाई फ्लु विरुद्धको खोप लगाउन प्रोत्साहित गर्ने गरिएको छ।

तर अझै पनि केही अस्ट्रेलियालीहरूले मात्र यो खोपको अनिवार्यता बुझेको पाइएको छ।

मेलबर्नमा बसोबास गर्ने जेन्नी मंगन दुई बच्चाकी आमा हुन् र उनलाई भने फ्लु भ्याक्सिन माथि धेरै विश्वास रहेको छ।

उनको ३ वर्षीय छोरा जूलले यो वर्षको फ्लु विरुद्धको खोप लिइसकेका छन्।

तर एक अनुसन्धानले जेन्नी मंगनको परिवारले सामान्य तया देखिने प्रवृत्तिको विपरीत रहेको देखिएको छ।

फ्लु विरुद्धको खोपको वकालत गर्ने समूह इम्युनाइजेशन कोअलिशनको एक राष्ट्रिय सर्वेक्षणले १० प्रतिशत अस्ट्रेलियालीहरूले मात्र बालबालिकाहरू यो खोप लिनै पर्ने समूहमा पर्ने सोच्दछन्।

'बालबालिका नै यो रोग फैलाउने प्रमुख माध्यम हुन्, त्यसैले उनीहरूलाई फ्लु बाट जोगाउनु भनेको पुरै परिवारलाई जोगाउनु हो।'

जिपीहरूको रोयल अस्ट्रेलियन कलेजका अध्यक्ष डा.ह्यारी नेस्पोलन भन्छन् उक्त तथ्याङ्क चिन्ताजनक हो।

उनी भन्छन्, "फ्लु लाग्नु चैँ रोग प्रतिरोधात्मक खोप लगाउनु भन्दा बढी खतरनाक हुन्छ- खोप लगाउँदा पाखुरा दुख्नु यसको एक मात्र नराम्रो असर हो जुन फ्लु लागेर बच्चाहरूलाई अस्पतालमा राख्नु भन्दा धेरै नै सानो कुरा हो।"

उक्त सर्वेक्षणले देखाए अनुसार ३९ प्रतिशत वयस्कहरूले फ्लु भ्याक्सिन लगाउने बारे सोचेका छन्।

इम्युनाइजेशन कोअलिशनमा आबद्ध सिड्नी विश्वविद्यालयका प्रोफेसर रोबर्ट बूए भन्छन् बालबालिका नै यो रोग फैलाउने प्रमुख माध्यम हुन्, त्यसैले उनीहरूलाई फ्लु बाट जोगाउनु भनेको पुरै परिवारलाई जोगाउनु हो।

निश्चित समयावधि भित्र फ्लु भएका बिरामीहरूको सङ्ख्यामा प्रत्येक बर्ष वृद्धि भइरहेको छ। यो बर्षको जनवरी देखि अप्रिल महिना भित्र फ्लु प्रभावित हुनेहरूको संख्या अघिल्लो बर्ष भन्दा दोब्बर र २०१७ को सो समयावधिको भन्दा लगभग तिन गुणा बढी हो।

प्रोफेसर बूएले यो वर्षको फ्लु सिजन मध्यम देखि गम्भीर प्रकृतिसम्मको हुनसक्ने अनुमान गरेका छन्।

यो वर्ष फ्लु लागेको निश्चित भएका केसहरू लगभग ३० हजार रहेको छ। जस अन्तर्गत जनवरी देखि अप्रिल १५ सम्ममा २८ हजार ९ सय ८७ जनामा फ्लु भएको देखिएको छ।

र उक्त सङ्ख्या गत वर्ष अप्रिल महिनाको अन्त्यसम्ममा देखिएको सङ्ख्या भन्दा दोब्बर बढी रहेको छ। २०१८ मा सो अवधिमा १२ हजार ३ सय ७३ रहेको थियो।

र २०१७ मा १० हजार २ सय ७० फ्लु प्रभावित देखिदा यो वर्ष भने लगभग तिन गुणा ले वृद्धि भएको पाइएको छ।

What goes up must come down, and that includes the protection the flu vaccine offers against influenza.
What goes up must come down, and that includes the protection the flu vaccine offers against influenza. Source: Irina Bg/Shutterstock

चिकित्सकहरूका अनुसार अर्को डरलाग्दो फ्लु सिजन हुन बाट रोक्ने भनेको फ्लु विरुद्धको खोप नै हो।

आधिकारिक तथ्याङ्कले २०१७ मा १ हजार २ सय जनाको ज्यान लिएको देखाएको छ।

प्रोफेसर रोबर्ट बूए खोप नलिनका लागी कुनै पनि कारण नदेखेको बताउँछन्।

विज्ञहरूले बालबालिका लाई खोप दिएर यो फ्लु सिजनमा यसलाई फैलनबाट जोगाउन सकिने बताई रहँदा चिकित्सकहरू भने सबैले खोप लिनु पर्नेमा जोड दिन्छन्।

मेलबर्नका जिपी डा एलेना राडोसाभ्लेभिक् भन्छिन् फ्लु को जोखिममा रहेकाहरूका लागी निःशुल्क खोपको व्यवस्था भएकोले यो खर्चालु काम पनि होइन।

६ महिना देखि ५ वर्ष सम्मका बालबालिका, गर्भवती महिला र दिर्घ रोगीहरू (मधुमेह, दम, मुटुको रोग लागेका) जो ६५ वर्ष माथिका छन् उनीहरूको लागी फ्लु विरुद्धको खोप नि:शुल्क उपलब्ध रहेको छ।

 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now