Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

खोप लगाउन हिचकिचाउने मानिसहरुका कारण युरोपेली देशहरूमा कोरोना प्रतिबन्ध फेरी लागू हुने डर

A demonstrator in front of the Austrian embassy in Paris

A demonstrator in front of the Austrian embassy in Paris Source: Getty Images

अहिले फेरी एक पटक युरोप कोभिड-१९ महामारीको केन्द्रमा छ र यसले गर्दा क्रिसमस नजिकिँदै गरेको समयमा केही राष्ट्रहरूलाई पुनः प्रतिबन्धहरू लगाउनु पर्ने बनाएको छ।


Published

Updated

By Essam Al-Ghalib

Source: SBS




Share this with family and friends


अहिले फेरी एक पटक युरोप कोभिड-१९ महामारीको केन्द्रमा छ र यसले गर्दा क्रिसमस नजिकिँदै गरेको समयमा केही राष्ट्रहरूलाई पुनः प्रतिबन्धहरू लगाउनु पर्ने बनाएको छ।


विश्वका केही देशहरूमा दैनिक सङ्क्रमण सङ्ख्या र मृत्यु हुनेहरूको सङ्ख्याले रेकर्ड बनाइरहेको छ।

यति मात्र हैन पछिल्लो समयमा त कोभिड -१९ खोप मात्र महामारीलाई नियन्त्रणमा राखिरहन पर्याप्त छ त भन्ने प्रश्नहरू पनि उब्जाएको छ।

युरोपियन युनियनका सदस्य राष्ट्रहरू अस्ट्रिया र नेदरल्यान्ड्समा अहिले सम्मकै सबैभन्दा धेरै सङ्क्रमण सङ्ख्या देखिएका छन्।

Syringe needle and vaccine in the hands of a nurse. Preparation of coronavirus vaccine for senior
Doctor or nurse in a laboratory preparing a vaccine for senior Asian people. Source: iStockphoto

यसैबिच युरोपियन मेडिसिन एजेन्सी ले खोप नलगाएका मानिसहरूलाई खोप लगाउन प्रोत्साहित गर्ने सन्देश पुर्‍याउन प्रयासरत रहेको बताएको छ।

एजेन्सीका जैविक स्वास्थ्य जोखिम विभागका प्रमुख मार्को क्यावलरिले खोप लगाउन किन आवश्यक छ भन्ने बारेमा जनचेतना जगाउनु जरुरी रहेको बताउँछन्।

क्यावलरिका अनुसार एजेन्सीले खोप कार्यक्रमहरूलाई कम उमेर समूहका लागी पनि जरूरी रहेको बताउने प्रयास गरिरहेको छ।

उता, जर्मनीमा उच्च सङ्ख्यामा देखिएको कोरोनाभाइरस सङ्क्रमणलाई रोक्न नयाँ मापदण्डहरूलाई स्वीकृति प्रदान गरिएको छ।

चान्सलर एंगेला मर्केलले उप चान्सलर ओलफ़ सोल्ज़ र जर्मनीका १६ राज्यका गभर्नरसँग भिडियो कन्फरेन्स मार्फत कुरा गरेर राष्ट्रको कोरोनाभाइरसको सामना गर्न चालिएको कदममा हातेमालो गर्न भनेकी छिन्।

जर्मनीका राज्यहरूले पनि केही कार्य क्षेत्रहरू जस्तै स्वास्थ्य कर्मचारी र नर्सिङ होममा काम गर्नेहरूलाई खोप लगाउन अनिवार्य गरिने बारे धारणाहरू सार्वजनिक भएका छन्।

A COVID-19 vaccination site in Cannes, France.
France's parliament has voted to make vaccine passports a key part of daily life in the battle against COVID-19. Source: Getty Images Europe

यस्तै फ्रान्समा अस्ट्रियाको राजदूतावास अगाडी सयौँ मानिसहरूले प्रदर्शन गरेका छन्।

अस्ट्रियाले नयाँ प्रतिबन्ध अन्तर्गत खोप नलगाउनेहरूलाई लकडाउन लागू हुने भएपछि सो निर्णयको विरोध भएको हो।

उनीहरूले भाइरस फैलन कम गर्न प्रतिबन्धहरू लगाउने फ्रान्स अर्को राष्ट्र हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।

प्रदर्शनमा सहभागी एक शिक्षिकाले अस्ट्रियाको जस्तो व्यवस्था फ्रान्समा ल्याएको आफूहरूलाई मान्य नहुने बताएकी छिन्।

संयुक्त राज्य अमेरिकाको कुरा गर्दा राजधानी वासिङ्टन डिसीका अधिकांश भवन भित्र मास्क लगाउनु पर्ने व्यवस्थालाई आगामी हप्तादेखि हटाइँदै छ।

रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

सङ्क्रमण सङ्ख्यामा कमी आउन थाले पछि धेरै बन्द स्थानहरूमा मास्क लगाउनु नपर्ने भएको हो।

कडा कोभिड-१९ प्रतिबन्धहरू र बाध्यकारी खोप व्यवस्थाको विरोध गर्दै दशौँ हजार क्रोएसियाका बासिन्दाहरू शनिवार सडकमा उत्रिएका छन्।

देशमा कोरोनाभाइरस सङ्क्रमण सङ्ख्या पुन बढेपछि सो प्रतिबन्धहरू लगाइएको हो।

४० लाख मात्र जनसङ्ख्या रहेको क्रोएसिया युरोपियन युनियन सदस्य राष्ट्रहरू मध्ये सबैभन्दा कम खोप लगाउनेहरूको सङ्ख्या रहेको राष्ट्र पनि हो।

स्वास्थ्य अधिकारीहरूले शनिवार सम्पूर्ण जनसङ्ख्याको ५२ प्रतिशतले खोपको कम्तीमा पनि एक मात्रा लगाएको र त्यसमध्ये ४६ प्रतिशतले पूर्ण खोप पाएको बताएका छन्।

People wait in lines to get vaccinated against COVID-19 in Zagreb, Croatia, Nov. 6, 2021.
People wait in lines to get vaccinated against COVID-19 in Zagreb, Croatia, Nov. 6, 2021. Source: Getty Images/Xinhua News Agency

यसै महिनाको सुरुवात तिर क्रोएसियामा नयाँ सङ्क्रमण सुरु भए पश्चतकै सबैभन्दा उच्च सङ्क्रमण सङ्ख्या रेकर्ड गरिएको थियो र त्यस्तै सङ्ख्या यसअघि सन् २०२० को डिसेम्बरमा अन्तिम पटक रेकर्ड गरिएको थियो।

अहिले सम्मकै उच्च सङ्क्रमण सङ्ख्या देखिनेमा छिमेकी राष्ट्र स्लोभानिया पनि रहेको छ।

त्यस्तै अस्ट्रियामा शुक्रवार पूर्ण लकडाउनको घोषणा गरिएको थियो।

विरोध प्रदर्शनकै समाचारमा शनिवार नेदरल्यान्ड्सको एम्सटरड्याममा सयौँ सङ्ख्यामा मानिसहरूले सडकमा र्‍याली निकाल्दै कोभिड-१९ प्रतिबन्धहरूको विरोध गरेका छन् भने रोटरड्यामका विरोध प्रदर्शन भएको स्थानमा शुक्रवार प्रहरीले गोली चलाउँदा सात जना घाइते भएका थिए।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now