SKIP TO MAIN CONTENT

"सम्झना धेरै महत्वपूर्ण": एन्जाक दिवसमा पुर्व गोर्खा सैनिक र परिवारको मार्च

Former British Gurkha soldiers or members of their families march in Anzac Day parade 2019 in Sydney.
Former British Gurkha soldiers or members of their families march in Anzac Day parade 2019 in Sydney. Source: SBS Nepali

भूपू गोर्खा सैनिक र उनका परिवारका सदस्यहरुले सिड्नी र मेलबर्नमा आयोजना भएका एन्जाक दिवस परेडमा सहभागिता जनाएका छन्।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

भूपू गोर्खा सैनिक र उनका परिवारका सदस्यहरुले सिड्नी र मेलबर्नमा आयोजना भएका एन्जाक दिवस परेडमा सहभागिता जनाएका छन्।


२०१९ को एन्जाक दिवस परेड अन्तर्गत सिड्नीमा भएको मार्चमा सदाझैँ यस पटक पनि अस्ट्रेलियाली सेनामा हाल मेजर रहेका भल बहादुर राईले भूपू गोर्खा सैनिक र उनीहरुका परिवारहरुको नेतृत्व गरेका थिए।

एन्जाक दिवस र ब्रिटिश सेनामा नेपालीहरुको भूमिका बारे उनले एसबीएस नेपालीसँग कुराकानी गरका थिए।

साथै हरेक बर्ष मार्च पासमा गोर्खालीहरूको सहभागिता गराउदै आएको आयोजक टोलीका श्याम बहादुर गुरुङले परेड आयोजनाबारे र ब्रिटिश सेनामा नर्सको रुपमा १० बर्ष सम्म काम गरेकी रुकमणि देवानले गोर्खा बटालियनमा रहँदाका अनुभवहरू हामीलाई सुनाएकी छन्।

साथै गोर्खाली पल्टनको सहयोगी व्यवहारबाट प्रभावित रिचार्ड लोले उक्त परेडमा गोर्खालीहरूको साथ् दिएका थिए। उनले नेपाली भाषा त राम्रो सँग बोल्छननै साथमा नेपाली गित समेत गाएर हामीलाई सुनाएका थिए।

उक्त कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयर क्लिक गर्नुहोस्

एन्जाक दिवस २०१९ को सिड्नी परेडका केहि झलक:

मेलबर्नमा भूपू गोर्खा सैनिक र उनीहरुका परिवार सहभागी परेडको भिडियो

सिड्नी परेडका भिडियोहरु


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now