अनुभवी खेलाडी शरद भेषवाकर र बसन्त रेग्मी राष्ट्रिय टिमबाट बाहिरिए
सिंगापुरमा आयोजना हुने त्रिकोणात्मक टि-२० प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली बुधबार जाँदै छ।
उक्त प्रतियोगिताका लागि बिहिबार नै १५ सदस्यीय टोलीको घोषणा भइसकेको छ। नेपाली टिमको छनोट आईसीसीका प्रतिनिध अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले गरेका हुन्।जसमा दुई अनुभवी खेलाडी बाहिरिएका छन् भने दुई नयाँ अनुहार परेका छन्।
युवा खेलाडी ईशान पाण्डे र कुशल मल्ल राष्ट्रिय टोलीमा पहिलो पटक परेका हुन्। उनीहरूले उमेर समूहको खेलमा नेपालको प्रतिनिधित्व गरिसकेका छन्। दुवै बाँया हाते ब्याटस्म्यान हुन्।
यस्तै अनुभवी खेलाडी शरद भेषावाकर र बसन्त रेग्मी राष्ट्रिय टिमबाट बाहिरिएका छन्। आयोजक सिंगापुर, नेपाल र टेस्ट राष्ट्र जिम्बावे बीच सेप्ट्म्बर २७ देखि सिरिज सुरु हुँदै छ।

विशिष्ट पदमा रहेका व्यक्तिका लागि हेलिकप्टर
अतिविशिष्ट र विशिष्ट पदमा रहेका व्यक्तो सवारीका लागि प्रयोग गर्नका लागि सरकारले नयाँ हेलिकप्टर खरिद गरेको छ।
नेपाली सेनामार्फत खरिद गरिएको उक्त हेलिकप्टर उठान तथा सञ्चालन समेत सेनाबाटै हुने नेपाल नागरिक उड्डयन प्राधिकारणले जनाएको छ।
करिब डेढ अर्ब रुपैयाँ लागतमा खरिद गरिएको भनिएको सो करोहेलिकप्टर बिहिवार काठमाण्डू आइपुगेको हो।
संविधान संशोधन गर्न माग
सरकारले दिपावली लगायत विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाएको छ। यस्ते संविधान संशोधनको माग राख्दै आएका विभिन्न दल, समुदाय र तथा जातजातीले भने उक्त दिन विरोध कार्यक्रम र ब्ल्याक आउट गरेर मनाए।
शुक्रबार परेको संविधान दिवस हर्षउल्लास र दिपावली गरि मनाउ सरकारले आग्रह गरेको हो। तर प्रदेश २ लगायत देशका केहि स्थानमा संविधान जलाइयो भने साँझ करिब आधा घण्टा ब्ल्याक आउट पनि भयो।
संविधानले सबै जनतालाई समान हक अधिकार नदिएको र आफ्नो अधिकार संकुचित भएको र त्यसको विरोधमा कार्यक्रम हुने चेतावनी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरूले संसदमै दिएका थिए।

संविधान दिवसको पूर्व सन्ध्यामा बसेको प्रतिनिधिसभाको बैठकमा राजपाका नेता राजेन्द्र महतोले सरकारले उर्दी जारी गर्दैमा संविधान दिवस नमनाउने बताए।
सरकारले उर्दी जारी गर्दैमा दिपावी नमनाइने बरू ब्लाक आउट हुने दाबी गर्दे उनले संविधान दिवस नमनाउनेलाई राष्ट्रघाती भन्न सरकारलाई चुनौति दिए।
"मधेशीले मनाउँदैन, राष्ट्रघाती भनिरहेको थियो। अब संविधान दिवस थारुले पनि मनाउने उनीहरूलाई पनि राष्ट्रघाती भन्नुस्। पहाक्षका जनजातिले पनि नमनाउने उनीहरलाई पनि राष्ट्रघाती भन्नुस्। त्यसो भए राष्ट्रवववी को त?" उनले प्रश्न गरे।
यस्तै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवे आगामी अधिवेशन सरकारका लागि सहज नहुने बताए।
सरकारले प्रहरी प्रशासनमा त्रास र आतंकको अवस्था सृजना गरी कर्मचारीलाई पार्टी कार्यकर्ताको रुपमा काम गराउन चाहेको भन्दै उनले यस्ता गतिविधि जारी राखे धेरै दिन संसद बन्द हुने चेतावनी दिए।
"सरकारले कुने पनि पार्टीको कार्यकर्ता बन्ने र बनाउने कार्य अक्ष्यम्य अपराध हो। म स्पष्ट भन्न चाहन्छु जनताले तिरेको ट्याक्सबाट तलब खाने कुनै पार्टीको कार्यकर्ताजस्तो हुने कुनै हालतमा हुन सक्दैन। धेरै दिनसम्म रोष्टम घेराउ हुन सक्छ।"
यस्तै उनले संविधानलाई सर्वस्वीकार्य बनाउन जनताको अनत्व कायम गर्न र संविधानको मर्म र भावना अनुसार बाँकी कार्यभार पूरा गर्न सरकार असफल भएको बताए।
विपक्षी दलहरुको यस्तो भनाइ आइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिँ अग्रगतिको अघि तगारो बन्दा मात्र संविधान संशोधन हुने बताए।
संविधान दिवसको अवसरमा सम्बोधन गर्दृ उनले संविधानको कुन भाग, धार वा दफामा के कति अधिकार रह्यो वा रहेन भन्ने विषयमा नअल्झन आग्रह गरे।
"संविधानको कुन भाग, धारा वा दफामा के कति अधिकार रह्यो वा रहेन जस्ता विषयमा अल्झिने भन्दा जुन वेला जे मिल्दैन, जनु अग्रगितका अघि तगारो बन्छ त्यसलाई त्यही वा विधिसम्मत ढंगले मिलाउँदै / पन्छाउँदै अघि बढिन्,"उनले भने। "संविधान कार्यान्वयनको सन्दर्भमा हामी कोही पक्ष वा होही प्रतिपक्ष होइनै।"
‘मन्त्रीका कारण २४ मिनेट ढिला'
अघिल्लो शनिवार साँझ नेपालगञ्जबाट काठमाण्डू आउन लागेको जहाज संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण २४ मिनेट ढिला उडेको बुद्ध एयरले जनाएको छ।
उसले नेपाल नागरिक उड्डयन प्रधिकरणका महानिर्देशकलाई घटनाबारे सत्यतथ्य जनाकारी गराउन कम्पनीले खेलेकको पत्रमा उक्त कुरा प्रष्ट पारेको हो।
मन्त्री भट्टराईका सहयोगीले ६.२५ तिर नेपालगञ्जस्थित नागरिक उड्डयन प्राधिकरणका प्रमुख मार्फत फोन गरेर धम्बोजी आइपुगेको जानकारी गराएपछि उनी आइपुग्ने ठँनेर एयरपोर्टका कर्मचारीले यात्रुलाई ६.३०मा विमानमा बोर्डिङ गराएको तर मन्त्रीको टिम फोनमा जानकारी गराएभन्दा केही ढिला एयरपोर्ट प्रवेश गरेको उक्त पत्रमा उल्लेख गरिएको छ।
मन्त्री एयरपोर्ट प्रवेश गर्नुअघि नै १४-१५ जनाको समूहले आक्रोशित भई ६.र बाहिर नेस्केर ६ देखि ८ मिनेटसम्म विमानका कर्मचारीसँग विवाद गरेको जनाइएको छ।
मन्त्री भट्टराई ६.५०मा एयरपोर्ट आउँदा उत्तेजित समूहले उनीतिर फर्केर, “किन ढिला गरेको र पनाइकै कारण हामी सबैले कुर्नुपर्ने हो,”भन्दै आक्रोशित हुन थालेपछि मन्त्री चुपचाप विमानभित्र चढेको पनि पत्रमा उल्लेख छ।
उक्त घटनाबारे संचार माध्यमा र सामाजिक सञ्चालमा चौतर्फ विरोध भएपछि मन्त्री भट्टराईले ढिलो गरेर यात्रु कुराएको बारे सार्वजनिक रुपमा माफि मागेका छन्।

उपकरण विग्रिएपछि उडान प्रभावित
देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थलमा उपकरण विग्रिएपछि बिहिवार ठूला जहाजको उडान प्रभावित हुन पुग्यो। जसका कारण लामो समयसम्म जहाजहरू होल्ड गर्नु परेको थियो।
दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचफए ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर)मा समस्या देखिएको विमानस्थलका प्रमुख राज कुमार क्षेत्रीले बताए।
क्षेत्रीका अनुसार उक्त समस्याका कारण करिब २ घण्टा उडान प्रभावित हुन पुगेको थियो। “पानी पसेर उपकरण विग्रिएका कारण समस्या आएको थियो। हामीले दुई घण्टा भित्रै मर्मत गरेर सक्यौं।” आन्तरिक उडान प्रभावित नभएपनि उक्त समस्याका कारण थुप्रै अन्तराष्ट्रिय विमानहरू घण्टौं होल्डमा बस्नु परेको थियो।




