भिक्टोरियामा गत सेप्टेम्बरयता मात्रै सडक दुर्घटनामा परि पाँच जना नेपालीहरूको ज्यान गएको छ। पछिल्लो समय अस्ट्रेलियामा नेपाली समुदायको सङ्ख्या उकालो लाग्दै जाँदा यस्ता घटनाहरूका समाचार पनि बढ्न थालेका छन्। तर यसलाई सम्बोधन गर्न नेपाली सामुदायिक संस्थाहरूले के-कस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् त? यसेै सन्दर्भमा हामीले भिक्टोरियाका लागि नेपाल सरकारका दूत र अस्ट्रेलियामा आधारित संस्था अस्ट्रेलिया नेपाल पब्लिक लिङ्क (एएनपीएल)का अध्यक्ष रहेका नीराजन गौली, गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलिया (एनआरएनए) भिक्टोरियाका संयोजक महादेव धानुक, जीलङ नेपाली एसोसिएसनका अध्यक्ष नीरज कारन्जीत, ग्रेटर जीलङ नेपाली कम्युनिटीका अध्यक्ष सन्तोष पाण्डे र गाडी चलाउन सिकाउँदै आएका मेलबर्नका योगेश थपलियासँग सडक सुरक्षा र दुर्घटनाबाट बच्न अपनाउनु पर्ने सतर्कता लगायतका विषयहरूमा गरेको कुराकानी समावेश गरी तयार पारेको रिपोर्ट सुन्नुहोस्।
तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिले मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा सहायताका लागि यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ:
- लाइफलाइन: १३ ११ १४
- बियन्ड ब्लु: १३०० २२ ४६३६
- सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७
- पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८००
आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।
दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।
मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।
इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।





