Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

महिला हिंसा विरुद्ध आवाज उठाउन सक्नुपर्छ: अभिनेत्री ऋचा शर्मा

Nepali actor Reecha Sharma.

Nepali actor Reecha Sharma. Source: Facebook

सन् २०१० मा ‘फस्ट लभ’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री ऋचा शर्मा ‘सुनकेशरी’ नामक फिल्मको पोस्ट प्रोडक्सनमा व्यस्त छिन्। उनले ‘हाइवे’, ‘लुट’, ‘उमा’ र ‘आधा लभ’ लगायत फिल्ममा अभिनय गरिसकेकी छिन् ।


Published

Updated

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


सन् २०१० मा ‘फस्ट लभ’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री ऋचा शर्मा ‘सुनकेशरी’ नामक फिल्मको पोस्ट प्रोडक्सनमा व्यस्त छिन्। उनले ‘हाइवे’, ‘लुट’, ‘उमा’ र ‘आधा लभ’ लगायत फिल्ममा अभिनय गरिसकेकी छिन् ।


महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत उनीसँग एसबीएस नेपाली रेडियोले गरेको कुराकानी।

१. नेपाली फिल्म क्षेत्रमा अभिनेत्री, महिला कलाकार र प्राविधिकको स्थिति कस्तो?

नेपाली फिल्म क्षेत्रमा महिला सहभागि तुलनात्मक रुपमा कम छ । यस क्षेत्रमा अभिनेत्री र केही महिला कलाकारहरुबाहेक प्राविधिक विधामा महिला सहभागिता न्यून रहेको छ । नेपाली फिल्मलाई व्यवसायिक रुपमा नहेरिदिंदा महिला सहभागिता कम भएको होला ।

२. अझपनि अभिनेता र कलाकारहरुको तुलनामा अभिनेत्री, महिला कलाकार र प्राविधिकमा पारिश्रमिक र काममा विभेद हुनुलाई तपाईले कसरी लिनुभएको छ?

यो क्षेत्रमा विभेदभन्दा न्यून पारिश्रमिक भएको सुनिरहेको हुन्छु । सुरुवाती दिनमा काम गर्ने कलाकार र प्राविधिकहरु स्थापित भएसँगै राम्रै कमाई गरिरहेका छन्। राम्रा कलाकारहरुको यस क्षेत्रबाट रामै आम्दानी गरिरहेका छन् ।

३. नेपालमा महिला प्रधान फिल्महरु कम बनेपनि तपाईले अभिनय गरेको अधिंकाश फिल्ममा महिला पात्रको भूमिका महत्वपूर्ण हुन गरेका छन् । तुलनात्मक रुपमा तपाईले राम्रा फिल्म पाउनुको कारण केही छ ?

वास्तवमा संसारभर महिला प्रधान फिल्महरु कम बन्ने गरेका छन् । नेपालमा बनेका महिला प्रधान केही फिल्ममा काम गर्ने अवसर पाएकी हुँ । कुनै फिल्म छनोटदेखिनै विशेष ध्यान दिने गरेको छु । प्राय स्क्रिप्ट लेखनदेखिनै गृहकार्य गर्ने गरेको छु । त्यसबाहेक अन्य फिल्मपनि छन्, प्रेमिका र श्रीमती लगायतमा महत्वपूर्ण भूमिकामा काम गरेकी छु ।

४. महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ ।नेपाली फिल्म क्षेत्रमा बेला बखत अभिनेत्रीमाथि दुरव्यवहार भएका घटनाहरु आइरहेका हुन्छन् । एक अभिनेत्री भएर महिला हिंसाविरुद्ध कतिको सचेत हुनुहुन्छ?

कुनैपनि क्षेत्रमा महिलामाथि हुने हिंसाको प्रतिकार गर्नुपर्छ । म त भन्छु महिला हिंसाविरुद्धको १६ दिने अभियान ३६५ दिनै हुनुपर्छ । महिलामाथि भएका हिंसाको प्रतिकार गर्न बोल्नचाँहि डराउनु हुँदैन् । दुरव्यवहार सहनुपनि आफैमा अपराध हो । यस विषयमा जतिसक्दो जनचेतना फैलाउनु जरुरी छ ।

५. फिल्म क्षेत्रमा सक्रिय अभिनेत्री र कलाकारहरु महिला हिंसाविरुद्ध एकजुट भएजस्तो लाग्छ?

महिलामाथि हुने हिंसाहरु सबै क्षेत्रमा हुने गरेका छन् । यसका लागि सबै एकजुट भएर आवाज उठाउन सक्नुपर्छ । महिलाका लागि महिलामात्र नभए पुरुषहरुपनि एकजुट भएर प्रोत्साहन गर्नु जरुरी छ ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now