SKIP TO MAIN CONTENT

धुवाँ युक्त वायुका कारण स्वास्थ्य चेतावनी जारी

Warning to asthma sufferers amid bushfires, thunderstorms
Smoke haze drifts over the CBD in Sydney, Wednesday, October 30, 2019. (AAP Image/Steven Saphore) Source: AAP

देशका विभिन्न स्थानमा देखिएको धुवाँका कारण श्वासप्रश्वास सम्बन्धी रोगहरूको उच्च जोखिम रहेको भन्दै अधिकारीहरूले सचेत गराएका छन्।


Published

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

देशका विभिन्न स्थानमा देखिएको धुवाँका कारण श्वासप्रश्वास सम्बन्धी रोगहरूको उच्च जोखिम रहेको भन्दै अधिकारीहरूले सचेत गराएका छन्।


सिड्नीमा केही दिनदेखि धुवाँ युक्त वायु अनुभव गरिएकोमा यो क्रमले सप्ताह अन्त्य वा आइतबार सम्म निरन्तरता पाउने छ।

त्यस्तै मेलबर्नमा चट्याङका कारण पनि श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउन सक्ने बताइएको छ।

भिक्टोरिया निवासी जुलिया ओवेन्स धुवाँ युक्त वातावरणले उनको स्वास्थ्यमा कस्तो असर पुर्‍याउँछ भनेर राम्रो सँग बुझेकी छन्।

यसै वर्षको सुरुवात तिर भिक्टोरियाको गिप्स्ल्यांड क्षेत्रमा लागेको ग्रान्टभिल डढेलोका कारण उनले यसको असर अनुभव गरेकी थिइन।

water bombing helicopter over bushfire smoke in Victoria
After Australia's record breaking summer of extreme weather , the bushfire risk extends into autumn. (AAP) Source: AAP

यद्यपि उक्त डढेलो उनको घरभन्दा ५० किलोमिटर पर लागेको थियो।

"मैले सिधै थाहा पाइहाले कि मेरो अवस्थाका लागि उक्त धुवाँ कारण थियो।  के भएको हो भनेर त थाहा पाए तर श्वासप्रश्वासलाई नियन्त्रण राख्ने प्रयास गर्नु र आफूलाई सुरक्षित राख्न प्रयास प्रमुख कुरा थियो।"

न्यु साउथ वेल्समा  ७० वटा डढेलो भएकोमा सिड्नी क्षेत्रको वायु  गुणस्तर हानिकारक रहेको भन्दै आकाश पूर्ण तया सफा नहुन्जेल यसको  असरको जोखिममा रहेका यस क्षेत्रका बासिन्दाहरूलाई घर भित्रै रहन  सचेत गराइएको छ।

साथै भिक्टोरियाका केही क्षेत्रहरू र मेलबर्नमा बसोबास गर्ने दम वा बाथ ज्वरो (हे- फीभर) भएका मानिसहरूलाई आउँदै गरेको चट्याङहरूले घातक दम हुन सक्ने सचेत गराइएको हो।

Thunderstorm Asthma
Melbourne and parts of Victoria have been alerted to the potentially deadly risk of asthma triggered by coming thunderstorms. Source: Flickr

स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्ने र ९ मध्ये एक अस्ट्रेलियालीहरू श्वासप्रश्वास समस्याबाट गुज्रिएको भन्दै आस्थ्मा अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत मिसेल गोल्डम्यानले यसको जोखिम न्यूनीकरणका लागी  अझै राम्रो सँग सुसूचित गरिनु पर्ने बताएकी छन्।

र टास्मानिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पनि डढेलोबाट उत्पन्न हुने धुवाँ र दम रोग हुने बिच पारस्परिक सम्बन्ध रहेको पत्ता लगाएका छन्।

निकोलस बोर्चर्स पनि उक्त अध्यनलाई नेतृत्व गरेका अनुसन्धानकर्ता हुन् ।

उनले वायु प्रदूषण बढे सँगै, यसले श्वासप्रश्वासमा समस्या पैदा गर्ने  र यसले गर्दा दमको उच्च जोखिम रहने बताएका छन्।

र यसको उच्च जोखिममा विशेष गरी महिलाहरू र पहिले देखि नै श्वासप्रश्वासमा समस्या रहेका  ६५ वर्ष माथिको जो कोही रहने सक्ने उनको भनाइ रहेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now