सन् १९९० तिर भुटान छाड्न बाध्य बनाइएका र शरणार्थीका रूपमा नेपाल हुँदै अस्ट्रेलिया आइपुगेका ओम ढुङ्गेलले आफ्नो जीवनी बारे एक पुस्तक लेखेका छन्। अस्ट्रेलियाको प्रतिष्ठित पत्रकारिता पुरस्कार वक्ली तथा मेलबर्न क्विल अवर्डहरू जित्न सफल जेम्स बटनको सहयोगमा ढुङ्गेलले लेखेको आत्म जीवनी “भुटान टु ब्लाकटाउन - लुजिङ एभ्रीथिङ एन्ड फाइन्डिङ अस्ट्रेलिया” केही दिन अघि सिड्नीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक भएको थियो। ढुङ्गेल, बटन लगायत उक्त लोकार्पण कार्यक्रममा उपस्थित मानिसहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





