हाल कोरोना सङ्क्रमणको दर निकै उच्च रहेको छ भिक्टोरियामा भिक्टोरियामा केही हप्ता अघि सरकारी निकायले सार्वजनिक गरेको तथ्याङ्क अनुसार झन्डै डेढ सय नेपालीमा कोरोना पुष्टि भएको जानकारी आएको थियो। यही सेरोफेरोमा मेलबर्नको नेपाली समुदायका एक जना सदस्य सन्देश सुवेदीले हामीसँग बाँडेको आफ्नो अनुभव।
मेलबर्नको ग्लेनरोइ बस्ने सन्देश सुवेदी गत जुलाई महिनाको दोस्रो हप्ता सामान्य रुखा खोकी लागेपछि नजिकैको कोरोना जाँच केन्द्रमा गए ।
यस अघि पनि दुई पटक कोरोनाको शङ्कामा जाँच गराएका सन्देशलाई यस पटक पनि सामान्य रुखा खोकी नै हो की भन्ने लागेको थियो ।
तर २५ जुलाईको त्यो जाँच शङ्का बाट यर्थाततामा बदलियो अर्थात् उनको रिपोट पोजेटिभ देखियो ।
उनको रिपोट पोजेटिभ आएपछि उनी सँगै बस्ने अन्य ४ जना बिद्यार्थीहरुमा पनि कोरोना सरेको आशङ्कामा जाँच भयो र त्यहाँ रहने सबैमा कोरोना पोजेटिभ देखियो।
उनीसँग बस्ने अन्य नेपालीहरू विद्यार्थी भिसामा रहेका कारण काम जान नसक्ने स्थितिमा पुगे तर भिक्टोरिया सरकारको सहयोग र गैर आवासीय नेपाली सङ्गठन, रेडक्रस लगायतका विभिन्न सङ्घको सहयोग निरन्तर भएका कारण आफूहरूलाई सहज भएको सुवेदी बताउँछन् ।

सन्देश सुवेदीसँगको कुराकानी सुन्न माथिको प्लेयरमा थिच्नुहोस्।
भिक्टोरियामा मात्र पनि पछिल्लो समय धेरैको सङ्ख्यामा नेपालीहरूलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
कोरोना सङ्क्रमणको जोखिम रहेका क्षेत्रहरू जस्तै होटेल,पब, एज्ड केयर लगायतका क्षेत्रमा काम गर्ने भएकाले थुप्र नेपालीहरूलाई सङ्क्रमण भएको देखिन्छ ।
केही हप्ता अघि मात्र भिक्टोरिया स्थित नेपाली अवैतनिक माहाबाणिज्यदूतको कार्यालयले एक विज्ञप्ति जारी गदै १ सय ४६ नेपालीलाई कोरोना सङ्क्रमणको पुष्टि गरेको थियो।
उक्त विज्ञप्तिमा अधिकांश नेपालीहरूमा सङ्क्रमण पुष्टि भए पनि अवस्था सामान्य रहेको जनाइएको थियो ।
जोखिमका क्षेत्रमा काम गर्ने नेपाली बिद्यार्थीहरुले कोरोनाका सामान्य लक्षण मात्र देखिए पनि जचाईहाले यसले अन्य व्यक्तिलाई सार्न सक्ने सम्भावना कम रहन्छ र अरूलाई सर्ने जोखिम कम गर्न सकिने सन्देश बताउँछन् ।त्यसो त कोरोना सङ्क्रमण भई हाले आत्तिने वा डराउने गर्नु भन्दा पनि आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्दै उच्च मनोबल राखे कोरोनासँग जित्न सकिने कोरोना जितेका सुवेदीको सन्देश छ ।
उनी भन्छन्, उच्च मनोबल राख्नुस् कोरोनालाई जित्न गाह्रो छैन। ”

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्:




![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)