मुख्य बुँदा
- इस्लाम क्यालेन्डर अनुसार रमदान वर्षको ९ औँ पवित्र महिना हो, जहाँ सूर्योदयदेखि सूर्यास्तसम्म व्रत बसिन्छ।
- महिनाको अन्त्यमा तीन दिनसम्म मनाइने पर्वलाई इद अल–फित्र भनिन्छ।
- अस्ट्रेलियामा बस्ने मुसलमान समुदायले आफ्नो सांस्कृतिक परम्परा अनुसार यो पर्व मनाउँछन्।
विश्वभर करिब दुई अर्ब मानिसहरूले इस्लामिक धर्म मान्छन् र यसको केही हिस्सा अस्ट्रेलियामा बसोबास गर्दछ।
एक बहु सांस्कृतिक राष्ट्रका हिसाबले एकले अर्को धर्म वा सांस्कृतिक पक्षलाई अँगाल्नु र एकताबद्ध हुनु अस्ट्रेलियाको संस्कार भित्र पर्दछ।
यसैको परम्परा अनुसार अस्ट्रेलियाली मुस्लिम समुदायले पनि प्रार्थना र व्रतद्वारा एक महिने यात्रा तय गर्छन्।

इस्लामिक चन्द्र पात्रोका अनुसार रमदान वर्षको नवौँ महिना हो।
यस महिनाभर समुदायका वयस्क सदस्यहरूले सूर्योदयदेखि सूर्यास्त नभएसम्म व्रत बस्नु पर्ने मान्यता राखिन्छ।
चार्ल्स र्स्टट विश्वविद्यालय अन्तर्गत इस्लामिक स्टडीस र सिभीलाइजेसन् विभागकी उप-प्रमुख सह-प्राध्यापक जुलिहा केस्कीन रमदानको महिनाभर ज्ञान आर्जन, विकास र अनुशासनको प्रक्रिया चल्ने बताउँछिन्।
रमदान मुस्लिम समुदायका लागि वर्षको सबैभन्दा पवित्र महिना हो, यसैले यो निकै महत्त्वपूर्ण मानिन्छसह-प्राध्यापक जुलिहा केस्कीन
हिज्री क्यालेन्डर पनि भनिने इस्लामिक क्यालेन्डर चन्द्रमाले सूर्यलाई परिक्रमा गर्ने समय र प्रक्रियामा निर्धारित हुन्छ।
यसैले पनि सूर्यको परिक्रममा आधारित क्यालेन्डर भन्दा यो छोटो हुन्छ।
जसको परिणाम प्रत्येक वर्ष रमदान मनाउने दिन फरक हुने गर्दछ।
यस वर्षको रमदान भने २२ मार्चदेखि २० अप्रिलसम्म परेको छ।

मुसलमान समुदाय भित्र व्रत बस्नु किन अनिवार्य छ त?
अरबी भाषामा 'स्वाम' पनि भनिने व्रतलाई इस्लामका पाँच स्तम्भ मध्ये एक मानिन्छ।
विश्वास, प्रार्थना, दान, व्रत र हज अर्थात् धार्मीकस्थलमा पुग्नु इस्लामका पाँच स्तम्भ हुन्।
व्रतका बेला, अनैतिक काम गर्न, यौन सम्बन्ध राख्न, आवेगमा आउन र धूम्रपान जस्ता कुरामा बन्देज गरिन्छ।
यो समयमा कुरान पढ्ने, धार्मिक कामहरू गर्ने र दान वा भिक्षा दिने कर्ममा मुस्लिम समुदायका सदस्यहरूले समय खर्च गर्छन्।
घाम अस्ताएपछि व्रत सकिने भएकाले इफ्तर अघि मस्जिद जाने चलन पनि छ।
अस्ट्रेलियन नेशनल विश्वविद्यालयको सेन्टर फर अरब एन्ड इस्लामिक स्टडीजकी निर्देशक करिमा लाचिर रमदानले खाने र पिउने कुरामा परहेज गर्ने बाहेक पनि अन्य अर्थ पनि राख्ने बताउँछिन्।
“खासमा सबैभन्दा महत्त्वपूर्ण भनेको चाहिँ, यो एक आध्यात्मिक महिना हो, जसले विश्वास र भगवानसँग जोडिन मद्दत गर्छ,” लाचिर भन्छिन्।
यो यस्तो महिना हो जहाँ हामी, एक दयालु मानव बन्नका लागि प्रयास गछौ, गरिब मानिसहरूका आवश्यताहरुका बारेमा जान्न कोसिस गर्छौ र आफ्नो वरपरको संसारसँग जोडिन प्रयास गछौकरिमा लाचिर
प्रार्थना र धार्मिक काम बाहेक व्रत बस्दा स्वास्थ्यलाई पनि फाइदा पुग्ने लाचिरको भनाई छ।
“शारीरिक रूपमा यो निकै महत्त्वपूर्ण छ किनकि यसले मेटापोलिजमलाई रेगुलेट गर्छ, शरीरलाई सुद्धिकरण गर्छ, यो निकै स्वास्थ्यकर भएको प्रमाणित भइसकेको छ।”

इद के हो?
पुरा एक महिनाको व्रतको समाप्ति पछि इद आउँछ।
अरबिक भाषामा इदको अर्थ चाडपर्व हो। इस्लामिक पात्रोमा इद अल–फित्र र इद अल–अद गरेर दुई वटा इद पर्दछन्।
इद अल–फित्रलाई 'सानो इद' पनि भनिन्छ किनकि तीन दिन मनाइने यस चाडले आधिकारिक रूपमा रमदान महिनालाई बिदाइ गर्छ।
इद अल–फित्र, रमदानको महिनाभर प्राप्त गरेका उपलब्धिहरूलाई मनाउने दिन हुन्जुलिया केस्कीन
इद मनाउँदै गर्दा, आफ्नो सम्पत्तिबाट केही अंश दान दिने प्रचलन पनि छ, जसलाई जाकात अल–फित्र भनिन्छ।
प्राध्यापक लासिर इद अल–फित्र निकटता र माफीको उत्सव पनि भएको बताउँछिन्।
यो समयमा समुदायका बालबालिकाले आफ्नो संस्कृति सिक्ने, नयाँ साथी बनाउने र रमाइलो गर्ने पनि गर्दछन्।
घर सफा गर्ने, नयाँ कपडा किन्ने, मिठा मिठा खानेकुराहरू बनाएर इद मनाइन्छ।
यस वर्षको इद अल–फित्र चन्द्र उदयमा भर पर्ने भएकाले २१ वा २२ अप्रिलमा पर्नेछ।
इद अल–फित्रका दिन धेरै जसो इस्लामिक देशमा बिदा दिने चलन छ।

यता अलि ठुलो इद मानिने इद अल–अदालाई बलिदानको प्रतिकका रूपमा पनि लिइन्छ।
वार्षिक हज यात्रा पछि आउने इद अल–अदा अब्राहमले भगवानको निर्देशनलाई पालना गर्दै आफ्नो सन्तान इस्मायलको बलिदानका लागि तैयार भएको सम्झनामा पनि मनाइने गरिन्छ।

अस्ट्रेलियामा बस्ने मुस्लिम समुदायले कसरी इद मनाउँछन् त?
इद अल-फित्र चन्द्र क्यालेन्डरको १० औँ महिनाको पहिलो दिन बिहान विशेष प्रार्थना गरेर सुरु हुन्छ।
एक अर्कालाई 'इद मुबारक' भन्दै सार्वजनिक स्थलमा धेरै जना भेला भएर प्रार्थना सुरु गरिन्छ।
परिवारका सदस्य र आफन्तबिच भेटघाट पनि यस पर्वको विशेषता भित्र पर्दछ।
“यो एक विशेष पारिवारिक पर्व हो, तीन दिन विभिन्न मिष्ठान भोजन र केकहरू खाएर मनाइने गरिन्छ।” प्राध्यापक लाचिरले भनिन्।
यद्यपि विभिन्न सांस्कृतिक पुष्ठभुमीबाट आएका अस्ट्रेलियाली मुसलमान सदस्यहरूले आ-आफ्नै परम्परा अनुसार इद मनाउने चलन छ।

अलि आवान पाकिस्तानी पुष्ठभुमीका अस्ट्रेलियाली नागरिक हुन्।
उनले हरेक वर्ष इद अल–फित्रको भव्य कार्यक्रम आयोजना गर्छन्।
उनका अनुसार विभिन्न सांस्कृतिक पुष्ठभुमीबाट आएका सदस्यहरूको इद मनाउने तरिकामा पनि ठुलो फरक छ।
इद उत्सवका बेला, हामी सबै प्रकारका संस्कृतिलाई एकै ठाउँमा ल्याउँछौ, त्यही नै अस्ट्रेलियाको सुन्दरता होअलि आवान
अलि आवानको भनाईमा प्राध्यापक लाचिरको समर्थन छ।
उनी भन्छीन् अस्ट्रेलियाको इद उत्सव अन्य धेरै इस्लामिक देशको भन्दा शक्तिशाली र विविध खालको छ।




