SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको सिड्नीमा साकेला नृत्यको मजा

Santosh Thulung Rai Waakkhaamchyo in Sydney representing Kirat Khambu Rai Samaj Australia
Santosh Thulung Rai and troupe performing traditional Sakela dance moves in Sydney during Nepal Festival Source: SBS Nepali

नेपाल भन्दा धेरै टाढा अस्ट्रेलियामा रहेर पनि साकेला नृत्यको अनुभव गर्न पाउँदा, उभौली तथा उधौली जस्ता चाड मनाउन पाउँदा कुन नेपालीको मन हर्षविभोर नहोला?


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

नेपाल भन्दा धेरै टाढा अस्ट्रेलियामा रहेर पनि साकेला नृत्यको अनुभव गर्न पाउँदा, उभौली तथा उधौली जस्ता चाड मनाउन पाउँदा कुन नेपालीको मन हर्षविभोर नहोला?


नेपालमा राई भनेर चिनिने खम्बुहरूको अस्ट्रेलियाली सङ्गठन - किराँत खम्बु राई समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष थुलुङ राई सिड्नीको नेपाल महोत्सवमा भाग लिँदै गर्दा गज्जबको भेषभुषामा बाजागाजा सहित आफ्ना अन्य साथीहरूसँग भेटिए।

३२ वटा भाषाहरू समाविष्ट राई संस्कृतिको अस्ट्रेलियामा प्रवर्धन एवं जगेर्ना गर्ने मनशायले सामुदायिक सङ्गठन बनाएको उनको कथन थियो।

नेपाली भाइचाराको उदाहरण दिँदै राईले अगाडी भने, "अर्को किराँती संस्था - याक्थुम चुम्लुङ्ग - जुन लिम्बूहरूको संस्था हो, उनीहरूसँग मिलेर हामीले हरेक ६-६ महिनाको अन्तरालमा पर्ने उभौली तथा उधौली आयोजना गर्छौँ।"

आगामी डिसेम्बर १, शनिवार सिड्नी स्थित गफ व्हिट्लम पार्क अर्लवूडमा उधौली आयोजना हुन लागेको उनले जानकारी पनि दिए।

उधौली एवं उभौली बारे थप जान्न तथा साकेला नृत्यको अनुभव गर्न तलको भिडियो हेर्नुहोस्:


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now