Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुको समस्या समाधान गर्न दूताबासले के गर्न सक्छ?

Nepal's acting ambassador to Australia Durapada Sapkota spoke to SBS Nepali about the help available to resolve students' problems.

Nepal's acting ambassador to Australia Durapada Sapkota (L) spoke to SBS Nepali about the help available to resolve students' problems in Australia. Source: Nepal Embassy Canberra

अस्ट्रेलिया आएर समस्यामा पर्ने नेपाली विद्यार्थीहरूको सहयोगका लागि क्यानबेरा स्थित नेपाली दूताबासले के कस्तो काम गर्न सक्छ त? दूताबास बाट सहयोग पाउन कतिको सजिलो वा गारो छ त? पूर्व राजदूत लक्की शेर्पाको नेपाल फिर्ती पछि अहिले दूतावासको नेतृत्व गरिरहनुभएकी दुरापदा सापकोटासँग यी विषयबारे चर्चा गरेका थियौँ।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


अस्ट्रेलिया आएर समस्यामा पर्ने नेपाली विद्यार्थीहरूको सहयोगका लागि क्यानबेरा स्थित नेपाली दूताबासले के कस्तो काम गर्न सक्छ त? दूताबास बाट सहयोग पाउन कतिको सजिलो वा गारो छ त? पूर्व राजदूत लक्की शेर्पाको नेपाल फिर्ती पछि अहिले दूतावासको नेतृत्व गरिरहनुभएकी दुरापदा सापकोटासँग यी विषयबारे चर्चा गरेका थियौँ।


सापकोटासँग गरिएको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

अस्ट्रेलियन समर भनेर पनि चिनिने डिसेम्बर देखि फेब्रुवरी महिनासम्मको समयमा यो वर्ष पनि अघिल्ला सालहरूमा जस्तै नेपालीहरू पानीमा डुबेर मृत्यु भएका वा अझै हराइरहेका समाचारहरू आए।

अस्ट्रेलियाको यसपालिको गर्मी मौसममा अहिलेसम्म दुई नेपालीहरूको पानीमा डुबेर मृत्यु भएको पुष्टि भइसकेको छ भने बाँकी दुईको स्थिति अझै अज्ञातै रहेको छ। गत वर्ष पनि नेपाली समुदायमा यस्तै घटनाहरू भएका थिए।

अर्को तर्फ, सयौँ नेपाली विद्यार्थीहरूलाई ठुलै समस्यामा पार्ने गरी अस्ट्रेलियामा रहेका केही निजी शिक्षण संस्थाहरू बन्द भएको वा अनुमति बिना विभिन्न विषय पढाइ रहेको भन्ने घटनाहरू पनि बाहिर आइ नै रहेको अवस्था छ।

अनि, यस्ता घटनाले प्रभावित हुने विद्यार्थीहरूले कहाँबाट कस्तो सहयोग पाउने भन्ने बारे विभिन्न जानकारीहरू आउने गरेता पनि उनीहरू माझ व्यापक अन्योल कायमै रहेको वा उपलब्ध जानकारीहरू प्रभावकारी रूपमा उनीहरू समक्ष नपुगेको पछिल्ला घटनाक्रमहरूले देखाइरहेका छन्।

अस्ट्रेलिया आएर समस्यामा पर्ने नेपाली विद्यार्थीहरूलाई नेपाल सरकारको तर्फबाट चाहिँ के कस्ता सहयोग उपलब्ध रहने गरेको छ र ती सहायता पाउन उनीहरूलाई कत्तिको सजिलो छ त?

पूर्व राजदूत लक्की शेर्पाको नेपाल फिर्ती पछि अहिले दूतावासको नेतृत्व गरिरहनुभएकी दुरापदा सापकोटासँग यी विषयबारे चर्चा गरेका थियौँ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now