मुख्य बुँदाहरू
- कानूनी रूपमा १८ वर्ष पुगेपछि मात्र अस्ट्रेलियामा केही निश्चित कामका लागि अनुमति दिइन्छ। तर राज्य र प्रदेश पिच्छे नियम फरक हुन सक्छन्।
- युवा र तिनका परिवारका लागि समाजीक सुरक्षा भत्ता १८ वर्ष पुगेपछि परिवर्तन हुन्छ।
कानूनी रूपमा १८ वर्ष पुग्नुको अर्थ बाबुआमा वा अन्य हेरचाहकर्ताको जिम्मेवारी क्रमिक रूपमा घट्दै जानु हो।
२५ वर्ष मुनीका मानिसहरूलाई कानूनी सल्लाह दिएर मद्दत गर्ने संस्था - यूथ ल अस्ट्रेलियामा वरिष्ठ अधिवक्ता रहेकी केट रिर्चडसन, वयस्क उमेरलाई कानूनले परिभाषित गरेको बताउँछिन्।
एक वयस्कका रूपमा तपाई स्वतन्त्र हुनुहुन्छ, त्यसको मतलब तपाईं आफ्नो व्यवहारको जिम्मेवार आफै हुनुहुन्छ, १८ वर्ष भन्दा कम हुँदा चाहिँ केही अवस्थामा कानून अन्तर्गतका अधिकारहरू कटौती गरिएका हुन्छन्केट रिर्चडस्न, सिनियल सलिसिटर, यूथ ल अस्ट्रेलिया
कानूनी रूपमा वयस्क उमेरमा प्रवेश
अस्ट्रेलियामा १८ वर्ष मुनीका मानिसहरूलाई मादक पर्दाथ पिउने वा खरिद गर्ने अधिकार छैन।

“तर राज्य तथा प्रदेश अनुसार अभिभावकले अनुमति दिएको खण्डमा निजी स्थानमा मादक पदार्थ सेवन गर्न पाउने बारेमा चाहिँ थोरै भिन्नताहरू छन्,” रिचर्डसन् भन्छिन्।
मोनास विश्वविद्यालयका शिक्षा र सामाजिक न्याय विषयका प्राध्यापक स्टेभेन रोर्बट्सले किशोरकिशोरीहरूले वयस्क जीवनको यात्रा तय कसरी गर्छन् भन्ने कुराको अध्ययन गरेका छन्।
उनी जिम्मेवारी पूर्वक मदिरा पिउने लगायतका उत्कृष्ट अभ्यासहरू सिकाउन अभिभावकलाई सुझाव दिन्छन्।
“एक अर्कालाई सहयोग गर्न सिकाउनु पर्छ। उनीहरूले अरूको सम्मान गर्ने र ख्याल राख्ने कुराहरू सिकुन्। संयमता, समझदारी र संवाद यस्तो उमेरमा निकै महत्त्वपूर्ण हुन्छन्,” उनले भने।
१८ वर्ष उमेर पुगे पछि सेन्टर लिङ्क पेमेन्टमा हुने परिवर्तन
वयस्क उमेरमा पुगेपछि सामाजिक सुरक्षा भत्ताको पहुँचमा पनि परिवर्तन आउन सक्छ।
सर्भिसेज अस्ट्रेलियाका प्रमुख कार्यकारी ह्यन्क योङ्गेन पारिवारिक कर लाभ अन्तर्गतका दुई भागमा उपलब्ध हुने भुक्तानीले आमाबाबुलाई बच्चा हुर्काउन मद्दत गर्ने बताउँछन्।
भाग एक अन्तर्गतको भुक्तानी प्रत्येक बालबालिकाले प्राप्त गर्ने र उनीहरू कक्षा १२ वा सो सरहको शिक्षा पाएपछि बन्द हुने उनको भनाई छ।
भाग दुई चाहिँ परिवार अनुसार भुक्तान हुन्छ।
“भाग एक र भाग दुई छुट्टा छुट्टै मूल्याङ्कन गरिने भए पनि, यो पारिवारिक अवस्थामा निर्भर गर्छ,” योङ्गेनले भने।

१८ वर्ष पुगेपछि आफ्नो भुक्तानीका लागि आफैले आवेदन दिनु पनि वयस्क हुनुको स्पष्ट परिवर्तन हो, र २४ वर्ष सम्मकाले पाउने भुक्तानी, उनीहरूका लागि एक प्रमुख आय श्रोत बन्न सक्छ।
तर भुक्तानी गर्दा चाहिँ उनीहरूलाई अझै पनि आमाबाबुमै निर्भर मानिने योङ्गेन बताउँछन्।
पूर्णकालिन विद्यार्थी वा जागिर खोजी रहेको भए पनि उनीहरू २२ वर्षसम्म निर्भर नै मानिन्छन् त्यसैले उनीहरूलाई भुक्तानी गर्दा अभिभावकको आम्दानीलाई समेत हेरिन्छ ह्यन्क योङ्गेनप्रमुख कार्यकारी, सर्भिसेस अस्ट्रेलिया
उनी १८ वर्ष माथिका सबैलाई माइगभ एकाउन्ट बनाएर, त्यहाँको जानकारी हेरेर आवश्यक दाबी गर्न अनुरोध गर्छन्।
“यदि अङ्ग्रेजी पहिलो भाषा नभएको भए, हामीलाई १३१ २०२ मा फोन गर्नुहोस्, हामीसँग २०० भाषाका दोभासेहरू छन्,” उनले भने।

वयस्क हुनु एक सामान्य प्रक्रिया हो
जब बालबालिका १८ वर्ष पुग्छन्, कानूनी रूपमा सवारी चलाउने लगायतका सुविधाहरू उनीहरूले पाउँछन्।
यस्ता सुविधाहरू तपाईँ बस्ने राज्य तथा प्रदेश अनुसार फरक हुन सक्छन्।
प्राध्यापक रोर्बट्स प्रारम्भिक अधिकार र दायित्वहरूले कहिलेकाहीँ वयस्कताको यात्रालाई जटिल बनाउन सक्ने धारणा राख्छन्।
“जस्तै कि १६ वर्ष उमेरका बालबालिकाले पनि यौन सहमति लिन सक्छन् तर उनीहरू १८ वर्ष नपुगेसम्म यौनजन्य सामाग्रीहरू हेर्न र पढ्न बन्देज गरिएको हुन्छ,” उनले भने।
“यस्तै तलबको कुरामा पनि १६/१७ वर्षको उमेरमा न्यूनतम तलब भन्दा कममा काम गर्नु पर्छ। १८ वर्ष उमेर भएपछि न्युनतम तलबका लागि अधिकार त हुन्छ तर पनि २१ वर्ष नपुगेसम्म वयस्क व्यक्तिले पाउने जति तलब नपाइन पनि सक्छ।”
“फुलटाइम काम, स्वतन्त्र जीवन र आफ्नै परिवार वयस्क हुनुका सामाजिक परिचयहरू भए पनि पछिल्लो पुस्तामा १८ वर्षकै उमेरमा यी सबै हुनु बढ्दो रूपमा असामान्य रहेको उनी बताउँछन्।
यो सामाजिक परिचय सामान्यतया २० वा ३० वर्षको उमेरमा मात्र प्राप्त हुन्छस्टेभेन रोर्बट्स

१८ वर्ष पुग्दा सबै कुरा गर्न पाइन्छ वा यो उमेरमा नपुग्दासम्म गर्न पाइन्न भन्नु चाहिँ गलत भएको रोर्बट्स बताउँछन् ।
उनका अनुसार यस्ता केही केही गलत धारणा पनि छन्।
यी चिजहरू गर्नका लागि १८ वर्षको उमेर पुग्नु पदैन:
- यौन सम्पर्क राख्न
- जागिर खान
- बैंक एकाउन्ट खोल्न
- विद्यालय छाड्न
- घर छाड्न
- अपराध सम्बन्धी कानून लाग्न
- अभिभावक बिना कानूनी सल्लाह लिन
- स्वास्थ्य उपचारका लागि सहमति दिन
“उदाहरणका लागि यदि डाक्टरलाई १८ वर्ष मुनीको मानिसले आफ्नो उपचारका फाइदा वा बेफाइदाका बारेमा निर्णय गर्न सक्छ भन्ने लाग्यो भने विभिन्न कुराहरू मार्फत निर्णय गर्न सक्छन्,” उनले भने।
तर उमेरलाई लिएर कुनै कानूनी सुझावहरू दिइएको छैन भने आफ्नो परिस्थतीका बारेमा बुझ्नु राम्रो हुन्छ।

के तपाई युवा वा अभिभावक हुनुहुन्छ र सहयोगको खाँचो छ?
युवा वयस्कहरूको अधिकारका बारेमा जानकारी यहाँ उपलब्ध छ।
वेस्टर्न अस्ट्रेलिया, भिक्टोरिया, एसीटी र क्वीन्सल्यान्डमा युवाहरूलाई विशेष कानूनी सेवा उपलब्ध छ।
युवाहरूलाई सहयोग र कानूनी जानकारीका लागि यहाँ जानुहोस्।
अस्ट्रेलियामा बालबालिकाहरूले लागू हुने कानुनका बारेमा जान्न यहाँ जानुहोस्।
५ देखि २५ वर्षसम्मका बालबालिका एवम् युवाहरूलाई अनलाइन काउन्सीलिङ्गका लागि किड्स हेल्प लाइन मा १८०० ५५ १८०० मा सम्पर्क गर्न सकिन्छ।



