मुख्य बुँदा
- वातावरण र विज्ञानका बारेमा राम्ररी बुझ्नका लागि बायोब्लिट्जले मद्दत गर्छ।
- बायोब्लिट्जमा जो पनि सहभागी हुन सक्छ र यसका लागि कुनै योग्यता चाहिँदैन्।
- बायोब्लिट्जमा सहभागी हुँदा फेला पारिएका तथ्यहरूलाई बायोडाइर्भसीटी डेटाबेसमा राखिन्छ र वैज्ञानिक एवम् अनुसन्धानकर्ताहरुले यसको उपयोग गर्न सक्छन्।
अस्ट्रेलियाको विज्ञान अनुसन्धान केन्द्र, कमन वेल्थ साइन्टीफिक एन्ड इन्डस्ट्रीयल रिसर्च सेन्टरमा (सीएसआइआरओ) कार्यरत नेपाली मूलका वैज्ञानिक डाक्टर राजु अधिकारी सन् १९९६ मा जैविक विविधताका बारेमा थप बुझ्न 'बायोब्लिट्ज' भन्ने शब्द बनेको बताउँछन्।
विश्वभर रहेका करोड भन्दा बढी प्रजातिका जीव एवम् वनस्पतिका बारेमा अनुसन्धान गर्न आम नागरिकलाई समावेश गराउने उद्देश्यले अमेरिकाबाट बायोब्लिट्जको अवधारणा आएको उनले बताए।
“सिटीजनलाई इन्भल्भ नगराई हामी साइन्स्टीस्टहरुले मात्र बायोडाइर्भसीटीको डेटाबेस बनाउन सक्दैनन् भनेर सिटिजन साइन्स कन्सेप्ट, सिटिजनलाई साइन्समा इन्भल्भ गराउने, उनीहरूको हेल्प लिने भन्ने हिसाबले यो कन्सेप्ट १९९६ मा आएको हो,” उनले भने।
“अहिले त प्रत्येक कन्ट्रीमा साइन्स डे वा युनिर्भसीटीहरुको इभेन्टहरूमा यसको कुरा हुन थालेको छ।”
सिटीजन साइन्स एक्टीभिटी भनिने बायोब्लिट्जमा सहभागी भएर आम मानिसले बोट, बिरुवा र जनावरको नयाँ प्रजाति पत्ता लगाउन सहयोग गर्न सक्छन्।

सामान्यतया वैज्ञानिकहरूले कुन क्षेत्रमा कस्ता प्रजातिका जीव वा बोट बिरुवा पाइन्छन् भनेर अनुसन्धान गर्ने गर्दछन्।
तर अस्ट्रेलिया निकै ठुलो भएका कारण आम नागरिकले पनि सिटिजन साइन्स मार्फत विज्ञान र प्रविधिलाई सहयोग गर्न स्वयंसेवा गर्न सक्ने बताइन्छ।
यसले विज्ञान सम्बन्धी ज्ञान हासिल गर्दै आफू वरपरको वातावरणलाई बुझ र यसको स्याहार गर्न मद्दत गर्छ।
यस कार्यक्रम मार्फत आम नागरिकले वैज्ञानिकहरूसँग मिलेर एक निश्चित समयमा निश्चित क्षेत्रमा उपलब्ध रहेका जीव र बोटबिरुवाका बारेमा रेकर्ड राख्न सक्छन्।
वेर्स्टन अस्ट्रेलियाको दक्षिणी तटीय क्षेत्र वालपोलमा बसोबास गर्ने कन्जरभेसन भेटेरेनियन डेभिड एडमन्ड्स वालपोल वाइल्डरनेस बायोब्लिट्जको संयोजन गर्छन्।
वेर्स्टन अस्ट्रेलियाको दक्षिणी तटीय क्षेत्र वालपोलमा बसोबास गर्ने कन्जरभेसन भेटेरेनियन डेभिड एडमन्ड्स वालपोल वाइल्डरनेस बायोब्लिट्जको संयोजन गर्छन्।
“द वालपोल विल्डरनेस वेर्स्टन अस्ट्रेलियाको सबैभन्दा ओसिलो भाग हो, जहाँ विभिन्न प्रजाति र इकोसिस्टम पाइन्छ, यसको ठुलो क्षेत्रमा अहिले पनि अध्ययन भएको छैन, यहाँ रहेका केही प्रजाति त डायनोसर् भन्दा पनि अघिका छन्, त्यसै पनि पनि बायोडायर्भसीटीका लागि यो निकै महत्त्वपूर्ण छ,” उनले भने।
वालपोल क्षेत्र जस्तै अस्ट्रेलियाका अन्य यस्तै थुप्रै स्थानहरू छन् जहाँ विज्ञानका थप रहस्यहरूका बारेमा जान्न सकिन्छ।
“वास्तवमा बायोब्लिट्ज निकै सशक्त छ, यसले उस्तै विषयमा रुचि भएका मानिसहरूको नेटवर्क बनाउन त मद्दत गर्छ नै, अवलोकन गरेका वा रेकर्ड गरिएका चीजहरूले प्रभाव पार्छ,” एडमन्ड्स भन्छन्।
“जसका कारण ज्ञान त बढ्छ नै, उचित व्यवस्थापन परिणाम दिन पनि मद्दत गर्छ”।
समुदाय एकसाथ भएर विज्ञानको सहयोग: कसरी सहभागी हुन सकिन्छ?
स्थानीय समुदाय, जमिन वा प्राकृतिक सम्पदाको संरक्षण गर्ने समूहहरूले बायोब्लिट्जको आयोजना गर्ने भएकाले जो कोहीले यसमा सहभागिता जनाउन सक्छन्।
डाक्टर राजु अधिकारी अस्ट्रेलियाका करिब ७५ प्रतिशत प्रजातिहरूका बारेमा अध्ययन हुन बाँकि रहेको बताउँछन्।
उनका अनुसार सिएसआइआरओ सहित अस्ट्रेलियन सिटीजन्य साइन्स एसोसिएसनले पनि आम नागरिकलाई बायोब्लिट्जमा सहभागी गराउँछ।
सिएसआरओ एटलस् म्यापिङ्ग टिमले पनि सिटीजनहरुलाई इन्भल्ब गराउँछ, यस बाहेक अस्ट्रेलियन सिटीजन्य साइन्स एसोसिएसनको वेबसाइटमा गएर दर्ता गर्नु भयो भने पनि उनीहरूले गाइड गर्छराजु अधिकारी
“यिनीहरूले दुई तीन वटा एप्सहरु डेभेलप गरेको छ, आइनेचुरालिष्ट र प्लान्ट नेट...यी एप्समा आफू दर्ता भएर, आफूले देखेको चीजहरू रेकर्ड गर्ने अनि पछि उनीहरूले यसको डेटा प्रोसेस गर्छ।”

बायोब्लिट्जमा सहभागीहरूले निश्चित समय भित्र, कुनै एक स्थानको 'ब्लिट्ज' अर्थात् अवलोकन गर्छन् र उपलब्ध प्रजातिको रेकर्ड राख्ने गर्दछन्।
बायोब्लिट्जमा सहभागिता जनाउन चाहने मानिसहरूले बाहिर हिँड्न त मन पराउनु त पर्छ नै, गहिरो अवलोकन क्षमता, उत्सुकता र स्मार्ट फोन हुनु पनि आवश्यक छ।
आइनेचुरालिष्ट अनलाइन मार्फत आफूले रेकर्ड गरेका कुरा विज्ञहरू सामु सजिलै पुर्याउन सकिन्छ।
आइ नेचुरालिष्ट अनलाइनमा अपलोड गरेका कुरा, सर्वसाधारणले समेत हेर्न मिल्ने अनलाइन प्लेटफर्म एट्लस अफ अस्ट्रेलियामा पनि उपलब्ध हुन्छ।

मेलिसा होवे पेसाले इकोलोजिस्ट हुन्, उनी वालपोल वाइल्डरनेस क्षेत्र नजिकै बसोबास गर्छिन्।
उनले हाल अन्य वैज्ञानिक, ल्यान्ड म्यानेजर, एबोरजिनल समुदायका रेर्न्जस, सामुदायिक स्वयंसेवक र अस्ट्रेलियाका परम्परागत मालिकहरूसँगको सहकार्यमा काम गर्दै आइरहेकी छन्।
उनले वेर्स्टन अस्ट्रेलियाको म्युजियममा इर्न्भटीब्रेट्सहरुका बारेमा अध्ययन गरिरहेका वैज्ञानिकले समुदायका अन्य सदस्यहरूसँग मिलेर बायोब्लिट्जमा सहभागिता जनाएको बारेमा सम्झना गरिन्।
“उनीहरूले विभिन्न स्थानमा पुगेर इर्न्भटीब्रेट्सका नमुनाहरू सङ्कलन गरे, त्यस मध्ये एउटा चाहिँ 'स्यूडोर्स्कोपियन' भएको पत्ता लाग्यो।”
यसै गरी उनीहरूले रेड टिङ्गल फरेस्टमा मात्र पाइने खतराको सुचीमा परेको अर्को एक माकुराको प्रजाति पनि उनीहरूले फेला पारेको उनले बताइन्।

डेभिड एडमन्ड्स भने वालपोल वाइल्डरनेस जस्ता क्षेत्रमा बायोब्लिज कार्यक्रम सञ्चालन गर्दा, यसले त्यहाँको वातावरणको संक्षिप्त जानकारी दिने बताउँछन्।
वालपोल वाइल्डरनेस क्षेत्रमा बायोब्लिट्ज आयोजना गर्नुको एउटा मुख्य उद्देश्य, यस अघि सर्भे नभएका क्षेत्रमा नयाँ इकोसिस्टमका बारेमा अध्ययन गर्दै, त्यहाँ कस्ता प्रजातिहरू छन् भनेर अध्ययन गर्नु भएको उनले बताए।
स्थानीय समुदाय, संरक्षण वा प्राकृतिक स्रोत व्यवस्थापन समूहले आयोजना गर्ने बायोब्लिट्ज कार्यक्रमका बारेमा अनलाइनमा खोज्न सकिन्छ।




