जनावर संरक्षणको क्षेत्रमा लगाव हुनेहरूका लागि स्वयंसेवा गर्ने अवसर चिडियाखानामै मिल्यो भने हुँदैन त सुनमा सुगन्ध। सिड्नीको सबैभन्दा ठुलो चिडियाखाना टरोङ्गा चिडियाखानामा यस्तै कार्यक्रम सञ्चालनमा रहेको छ। संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०२6 लाई दिगो विकासका लागि स्वयंसेवकहरूको अन्तर्राष्ट्रिय वर्षका रूपमा घोषणा गरेको सन्दर्भमा हामीले सो चिडियाखानामा स्वयंसेवा कार्यक्रमको नेतृत्व गरिरहेकी ड्यानी अल्टिले स्वयम् सेवकहरूको महत्त्व र यस कार्यक्रममा सहभागी हुने तरिकाबारे एसबीएस नेपालीलाई बताएकी छिन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामि सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Share





