अमेरिकन आमा, जापानी बुवा, अस्ट्रेलियामा जन्म र नेपाली नामका साथ एक-सिङ्गे गैँडा हरि सिड्नीको टरोङ्गा चिडियाखानाको बहुसांस्कृतिक पृष्ठभूमिको 'सेलिब्रिटी' बनेको छ। डब्बोबाट बसाइ सरेर सिड्नी आएको ४ वर्षीय यो केटोले पछिल्लो समयमा सोसल मिडियामा चर्चा त कमाएको छ नै साथै "स्टार अट्राक्सन" बनेर चिडियाखाना घुम्न आएका पर्यटकको पनि मन जितेको छ। एसबीएसको टिम हरिको हालखबर बुझ्न चिडियाखाना पुग्दा उसका स्याहारकर्ता जेकबसँगै उनलाई उत्सुकता पूर्वक नियाली रहेका पर्यटकहरूले आफ्नो अनुभव बाँडेका छन्। हरिको शहरी चिडियाखानामा दिनचर्या कस्तो छ त, बुझ्न यो रिपोर्ट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामि सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Share





