Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

नेपाली नामको केटो अस्ट्रेलियाली चिडियाखानामा

Greater One-horned Rhino Amala with her new-born calf Hari at Taronga Western Plains Zoo, Dubbo NSW.

Greater One-horned Rhino Amala with her new-born calf Hari at Taronga Western Plains Zoo, Dubbo NSW. Source: Jake Williams via Mandy Turner

न्यु साउथ वेल्सको डब्बोस्थित चिडियाखानामा केही समय अघि एक एक-सिङ्गे गैँडाले जन्म दिएकी बच्चालाई नेपाली नाम 'हरि' दिइएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


न्यु साउथ वेल्सको डब्बोस्थित चिडियाखानामा केही समय अघि एक एक-सिङ्गे गैँडाले जन्म दिएकी बच्चालाई नेपाली नाम 'हरि' दिइएको छ।


सन् २०२१, अक्टोबर महिनाको १७ तारिख, आइतबारको बिहानी पख - न्यु साउथ वेल्सको डब्बोस्थित टरोङ्गा चिडियाखानामा अमला नाम गरेकी एक-सिङ्गे गैँडाले आफ्नो दोस्रो सन्तानलाई जन्म दिएकी थिइन्।

त्यो बिहान अमलाले आफ्नो छोरालाई नजिकै राखी, दूध खुवाई रहेकी देख्दा आफूहरू निकै खुसी भएको, टरोङ्गा वेस्टर्न प्लेन्स जूकी कर्मचारी क्याथारिना पलकले बताइन्।

ठूला एक-सिङ्गे गैँडाहरूको (ग्रेटर वान-हर्नड राइनो) प्रमुख थलो भारत र नेपाल हुन्।

त्यस सांस्कृतिक पृष्ठभूमिलाई झल्काउन उक्त केटोको नाम हरि राखिएको पलकले एसबीएस नेपालीसँगको कुराकानीमा भनिन्।

ठूला एक-सिङ्गे गैँडाहरू उत्तर पूर्वी भारत र नेपालमा पाइन्छन्। हामीलाई उसलाई त्यो सम्पदा झल्काउने किसिमको नाम दिन चाहन्थ्यौँ।

त्यस्तै, हिन्दु धर्ममा हरि भनेर भगवान् विष्णुलाई चिनिन्छ, जसको नाम प्रकाश, उज्यालो र सूर्यसँग जोडिने गरेको छ।

पलक भन्छिन् कि, हरिको आनि बानी पनि रमाइलो र चुलबुल गर्ने भएकोले, इन्टरनेटमा हरेर, उनलाई सो नाम दिइएको हो।

हरिकी आमा अमलालाई अमेरिकाको ओक्लाहोमा चिडियाखानाबाट ल्याइएको हो भने, उनको बुवा डोरालाई जापानबाट।

Greater One-horned rhino calf, Hari, born in Taronga Western Plains Zoo, Dubbo NSW.
Greater One-horned rhino calf, Hari, born in Taronga Western Plains Zoo, Dubbo NSW. Source: Hayley Brooks via Mandy Turner

२० वर्षदेखि जनावर हेरचाहको क्षेत्रमा कार्यरत रहेकी पलक गत पाँच महिनादेखि मात्र टरोङ्गा चिडियाखानामा काम गर्न थालेकी हुन्।

आफूले काम सुरु गरेको केही समय लगत्तै गैँडाले बच्चा दिएको खबरले आफू निकै खुसी भएको उनी बताउँछिन्।

लगभग पन्ध्र महिना लामो गर्भावस्था पछि हरिलाई जन्म दिएकी अमलाको अहिले ताजा पानी, पराल र भिटामिनहरू सँग पूर्ण रूपमा देख भाल भइरहेको छ।

"बच्चाको जन्म लगत्तै हामीले अमलाको धेरै ख्याल राख्ने गरेका छौँ। उनले चाहेको जति र चाहिएको जति खाद्य पदार्थ दिने गरेका छौँ," पलकले बताइन्।

हामीले अमलाको ख्याल राख्छौँ, र उनले हरिको।

यी ठुला एक-सिङ्गे गैँडाहरूलाई जोखिममा परेका जनावरको सूचीमा राखिएको छ।

विश्वमा जोखिममा परेका जनावरहरूको सूचीमा रहेका एक-सिङ्गे गैँडाहरूको लागि, हरिको जन्म किन महत्त्वपूर्ण रहेको छ त ? हामीले चिडियाखानाकी जनावर हेरचाहकर्ता क्याथरिन पलकसँग गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्: नेपाली नामको केटो अस्ट्रेलियाली चिडियाखानामा हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

बिसौँ शताब्दीको अन्त्य तिर यिनको सङ्ख्या घटेर विश्वभर करिब २०० जना मात्र बाँकी थिए। त्यस पछि भारत र नेपालमा संरक्षण गरिँदै, अहिले त्यो सङ्ख्या बढेर करिब ३,७०० पुगेको छ।

त्यसैले हरिको जन्म पनि टरोङ्गा चिडियाखानाको लागि निकै महत्त्वपूर्ण रहेको पलक बताउँछिन्।

"हामीले अहिले यी गैँडाहरूको आनुवंशिक विविधता कायम राख्न प्रजनन योजनाहरू लागु गरेका छौँ। यिनीहरूको सङ्ख्या नघटोस् भनेर अहिले जङ्गली वातावरणमा फिर्ता पठाइएको छैन," उनले भनिन्। 

चिडिया खानाको कर्मचारीको रूपमा यसरी जनावरहरूलाई बच्चा देखि एक किसिमको ममता मय सम्बन्ध पनि गाँसिँदै जाने, उनको अनुभव रहेको छ।

यी जनावरहरूसँग एउटा निजी सम्बन्ध जस्तै गाँसिन्छ। हामीले हेरेका सानो उमेरका जनावरहरू पछि ठुलो हुँदै, आफू अभिभावक बनेको देख्न पाइन्छ।

अलि अलि उठ्न सिक्दै, अहिले आफ्नो नयाँ ऊर्जाका साथ हरि वरिपरि दौडिन थालेका छन्।

क्याथरिन भन्छिन्, "अमलाले आफ्नो आमाको भूमिकालाई निकै राम्ररी निभाइरहेकी छिन्। हरिले चाहेको जति दूध खान दिन्छिन्। र हरि पनि हुर्किँदै गरेको हुनाले कुकुरको छाउरा जस्तो यता-उती दौडिरहेको हुन्छ"।

Greater One-horned Rhino Amala and her calf Hari at Taronga Western Plains Zoo, Dubbo NSW.
Greater One-horned Rhino Amala and her calf Hari at Taronga Western Plains Zoo, Dubbo NSW. Source: Taronga Western Plains Zoo

अहिलेको लागि भने अमला र हरिलाई दर्शकहरूले नदेख्ने गरी राखिएको छ। हरि सानै भएको हुनाले वरिपरि धेरै मानिसहरू देख्दा आमा आत्तिने गरेको, र आमा-छोराको सम्बन्धलाई गाढा बनाउन अहिले सुरक्षित ठाउँमा राख्न आवश्यक रहेको पलकले जानकारी दिइन्।

दर्शकहरूले हरि र अमलालाई कहिले सार्वजनिक रूपमा हेर्न पाउँछन् त ? यसको जानकारी टरोङ्ग चिडियाखानाले आफ्नो सामाजिक सञ्जाल र वेबसाइटमा राख्ने पलकले बताएकी छिन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now