Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलियामा विशिष्ट आप्रवासी कार्यक्रम सञ्चालन हुनु पर्ने माग

Healthcare workers at the Arcare Aged Care facility in Maidstone, Melbourne on 1 June 2021.

Healthcare workers at the Arcare Aged Care facility in Maidstone, Melbourne on 1 June 2021. Source: AAP

बृद्धास्याहार क्षेत्रका कतिपय सेवा प्रदायकहरूले कामदारको अभाव देखाउँदै नयाँ बृद्धबृद्धाहरुलाई भर्ना लिन अस्वीकार गदै आएका छन्।


Published

Updated

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


बृद्धास्याहार क्षेत्रका कतिपय सेवा प्रदायकहरूले कामदारको अभाव देखाउँदै नयाँ बृद्धबृद्धाहरुलाई भर्ना लिन अस्वीकार गदै आएका छन्।


करिब दुई वर्ष अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा अस्ट्रेलियाका विभिन्न पेसाहरूमा कामदार अभाव देखिएको छ।

बृद्धास्याहारको क्षेत्र पनि यसको मार परेको छ। कतिपय सेवा प्रदायकहरूले यतिखेर कामदारको अभाव देखाउँदै नयाँ बृद्धबृद्धाहरुलाई भर्ना लिनै अस्वीकार गदै आएका छन् ।

यतिखेर कुशल हेरचाह कामदार भित्र्याउन एक विशिष्ट आप्रवासी कार्यक्रम नै सञ्चालन हुनु पर्ने आवश्यकता देखिएको बताइन्छ ।

सन् २०३० सम्म ६५ वर्ष भन्दा माथिका अस्ट्रेलियाली बृद्धबृद्धाहरु १ सय ४० प्रतिशतले वृद्धि हुँदै ५५ लाख पुग्ने अनुमान गरिएका छन्।

शताब्दीको मध्य सम्म एक चौथाइ जनसङ्ख्या यो उमेर समूहको हुने सम्भावना रहेको छ।

यसले बृद्धास्यहार केन्द्रका माग उच्च रूपमा बढाउने सहजै अनुमान लगाउन सकिन्छ।

Carers Support
Elderly care in nursing home - doctor with patient. Source: Getty Images

तर बृद्धास्याहार क्षेत्रको सेवा प्रदायक संस्था लीडीगं एज्ड सर्भिसेस अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत सअन रुनी भन्छन् कि यो सेवा उद्योग अहिले नै समस्याग्रस्त भइसक्यो।

“यस उद्योगका दिग्गज मध्येका धेरैले यो भनेका छन् कि यति नराम्रो अवस्था उनीहरूले पहिले कहिल्यै देखेका थिएनन्,दैनिक सिफ्ट कभर गर्न पनि सकेका छैनन्,कतिले त नयाँ भर्ना लिन नै छाडी सके,” उनले भने।

यता एज्ड एन्ड कम्युनिटी सर्भिसेस अस्ट्रेलियाका प्रमुख पल स्याडलरको भनाइमा घरमै गरिने हेरचाह जसलाई होम केयर भनिन्छ, यसको अवस्था पनि उस्तै छ।

महामारीले कर्मचारी समायोजनमा सहयोग पुर्‍याएको छैन।

बन्द भएको अन्तर्राष्ट्रिय सीमा र कोभिड क्लिनिकहरूमा कामदारका लागि बढेको प्रतिस्पर्धाले यसलाई बढाएको छ।

सँगै भविष्यका लागि अन्य थुप्रै चुनौतीहरू पनि रहेको बताइन्छ।

अस्ट्रेलियाको आर्थिक विकास सम्बन्धी एक रिर्पाेटका अनुसार आगामी दशकमा कम्तीमा पनि १ लाख १० हजार कामदार यस क्षेत्रका लागि आवश्यक पर्न सक्छ ।

सन् २०५० सम्म त ४ लाख मानिसको आवश्यकता पर्न सक्छ।

आधारभूत आवश्यकताहरूपुरा गर्नका लागि पनि बर्सेनि कम्तीमा १७ हजार कामदारको आवश्यकता रहन्छ।

रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

श्रम शक्तिको अभाव टार्नका लागि सेवा उद्योगले निम्न कुराहरू गर्न आह्वान गरेको छ।

  • कर्मचारीलाई राम्रो तलब सुविधा
  • बृद्धस्याहारका क्षेत्रमा काम गर्नका लागि नर्सिङ बिद्यार्थीहरुलाई प्रोत्साहन
  • स्थानीय रूपमा कामदारको अभाव खड्कीदा विदेशी कामदार भित्राउने योजना
  • हाई स्कुलमा यस क्षेत्र लक्षित करियर मार्गको स्थापना
  • इनरोल्ड नर्सहरूलाई दक्षता बढाउँदै रजिस्टर्ड नर्सको कोटीमा पुर्‍याउने।

पउल सेडलरले बृद्धास्यहार केन्द्रमा काम गरेका दक्ष आप्रवासी नर्सहरूको सिपलाई ठुलो मान्यता दिन पनि आह्वान गरेका छन्।

“रजिस्टर्ड नर्सहरू दक्ष पेसा सुचीमा छन् तर बृद्धास्यहार केन्द्रका हेरचाह कर्मचारी,व्यक्तिगत हेरचाहमा खटिएका कर्मचारी माइग्रेसन कार्यक्रमका लागि प्राथमिकतामा पदैनन्,” उनले भने।

“हामी अभाव खेपिरहँदा, उनीहरूलाई प्राथमिकतामा राख्नका लागि भनिरहेका छौ।”

रोनी भन्छन् यसको अर्थ हामी सँग बहुसास्कृतिक कार्यदल छ भन्ने अर्थ पनि हो।

एज्ड केयर सेवा मन्त्री रिर्चाड कोलबेक खोपकोदर बढ्दै जाँदा र अन्तर्राष्ट्रिय सीमा खोलिदा कर्मचारी अभावको दबाब कम हुनेछ।

उनका अनुसार अन्तर्राष्ट्रिय बिद्यार्थीहरुका लागि भिसा प्रतिबन्धहरू खुकुलो पादै एन्ड केयरका क्षेत्रमा काम गर्दा ४० घण्टे सीमालाई हटाइएको छ।

यसै गरी नदर्न टेरीटरी र क्विन्सल्याण्ड आउने कामदारलाई प्यासिफिक लेबर स्किम अन्तर्गत सुविधा दिएर कार्यदल बढाउन मद्दत गरेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now