Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

ओमिक्रन सङ्क्रमण पश्चात् अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइमा अस्ट्रेलिया भन्दा अन्य देशहरू

Divij Gupta

Not being able to arrive in Australia is heartbreaking for international student Divij Gupta. Source: Supplied

अस्ट्रेलिया आउने पर्खाइमा रहेका विद्यार्थीहरूलाई कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रन देखा परेपछि अर्को झट्का लागेको छ।


Published

Updated

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


अस्ट्रेलिया आउने पर्खाइमा रहेका विद्यार्थीहरूलाई कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रन देखा परेपछि अर्को झट्का लागेको छ।


डिसेम्बर १ देखि अस्ट्रेलिया आउन सकिने आशा लिएर बसेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले कम्तीमा पनि डिसेम्बर १५ सम्म पर्खनु पर्ने भए पछि उनीहरू वैकल्पिक बाटो रोज्न तिर लागेका छन्।

ओमिक्रन र यसले सिर्जित पछिल्लो अवस्था अन्तर्राष्ट्रिय विद्यार्थी र विश्वविद्यालय दुवैका लागी निकै ठुलो झट्का बन्यो। बल्ल अस्ट्रेलिया आउने आशा लिएका विद्यार्थी र यिनै विद्यार्थीहरू आय श्रोत भएका विश्वविद्यालयहरूलाई  अस्ट्रेलियाको सीमा डिसेम्बर १५ सम्मका लागी नखोलिने निर्णयले निराश पार्‍यो।

विश्व स्वास्थ्य सङ्गठनले कोभिड-१९ को नयाँ भेरीएन्ट ओमिक्रनलाई लिएर सतर्क रहन भनिरहँदा सङ्घीय सरकारद्वारा अन्तर्राष्ट्रिय दक्ष कामदार र विद्यार्थीहरूका लागी सीमा खोलिने समयलाई लम्ब्याइएको हो।

यसै वर्ष सार्वजनिक भएको शिक्षा, दक्षता र रोजगारी विभागको एक तथ्याङ्कका अनुसार अस्ट्रेलिया भरका विश्वविद्यालयहरूले सन् २०२१ का लागी हुने विद्यार्थी भर्ना सङ्ख्यामा उल्लेख्य कमी आएको देखाएको छ।

देशका विश्वविद्यालयहरूको उच्च निकाय युनिभर्सिटी अस्ट्रेलियाकी प्रमुख क्याट्रीओना ज्याक्सन भन्छिन् यो चिन्ताजनक कुरा हो।

Catriona Jackson, chief executive of Universities Australia.
Catriona Jackson, chief executive of Universities Australia. Source: Supplied

"मलाई सबैभन्दा चिन्तित बनाउने सङ्ख्या भनेको पढाइ सुरुवात गर्ने सङ्ख्यामा ४० प्रतिशतले ह्रास आएको छ। त्यो सङ्ख्या अहिले रहेका विद्यार्थीहरूको होइन अब भर्खरै पढाइ सुरु गर्ने पहिलो वर्षका विद्यार्थीहरूको सङ्ख्या हो। निश्चितरुपमा त्यो सीमा बन्द हुँदाको नतिजा हो।"

कोभिड-१९ महामारी सुरु हुनु पूर्व अस्ट्रेलिया  विश्वमै  शैक्षिक गन्तव्यको रोजाइमा तेस्रो स्थानमा रहेको थियो। यसले गर्दा शिक्षा क्षेत्रले देशको अर्थतन्त्रमा ३७ अर्ब ६० करोड डलरको योगदान पुर्‍याएको थियो।

झन्डै दुई वर्ष देखि देशको सीमा बन्द रहँदा शिक्षा क्षेत्रले २६ अर्ब ७० करोड कमाउँदै विगत भन्दा आम्दानीमा गिरावट व्यहोरेको छ। 

दिभिश आशीष गुप्ता गत वर्ष देखि  वेस्टर्न अस्ट्रेलिया विश्वविद्यालयका कमर्सका विद्यार्थी हुन्। उनले आफ्नो पढाइ गत वर्षको जुलाई देखि सुरु गरेका हुन्।

उनले अस्ट्रेलियाको अर्थतन्त्रमा योगदान पुर्‍याई रहेको भए पनि अहिले सम्म अस्ट्रेलियाको भूमिमा पाइला टेकेका छैनन्।

"तर मेरो पढाइको एक वर्ष सकिन लाग्दा समेत एक पटक पनि त्यहाँ पाइला राख्न नपाउनु साँच्चिकै दुखद हो।"

गुप्ताले भारतको मुम्बईबाट एसबीएस सँग कुरा गरेका हुन्।

पुरा रिपोर्ट सुन्नुहोस्:null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन।पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

उनी अघिल्लो सप्ताह अन्त्यमा अस्ट्रेलिया आउने मिति तय गरेका थिए तर त्यही समयमा सङ्घीय सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीका लागी  सीमा खोल्ने मिति १५ दिन पछाडि धकेली दिए पछि उनी योजना अनुरूप अस्ट्रेलिया आउन सकेनन्।

गुप्ताले अनलाइनबाट आफ्नो पढाइको कोर्स सकाए पछि पनि अस्ट्रेलियामा नै पढाइ जारी राख्ने सोच बनाए पनि उनी भन्छन् धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अस्ट्रेलियामा पढाइ जारी राख्ने योजनालाई लिएर फेरी सोच्न थालेका छन्।

देशको सीमा नियमलाई लिएर कडा कदमका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूले यहाँ पढाइ जारी राख्ने बारे पुनर्विचार गर्न थालेका हुन्।

बद्री अर्याल सिड्नीमा रहेको शैक्षिक परामर्श केन्द्र एक्सपर्ट एजुकेसनका निर्देशक हुन् र उनको कम्पनीले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अस्ट्रेलिया आउन आकर्षित गर्ने गर्दछ।

र उनी भन्छन् धेरै विद्यार्थीहरूले अस्ट्रेलिया आउने सोच छोड्न थालेका छन्।

Border closure internazional students
Source: AAP Image/James Gourley

"हामी विश्वका धेरै देशहरूसँग सहकार्य गर्छौँ। र भारतमा हेर्ने हो भने, झन्डै ६० प्रतिशत विद्यार्थीहरू जो अस्ट्रेलिया आउनु पर्ने हो उनीहरू युके,  क्यानडा अथवा अमेरिका जादैछन्। हामीले यो क्षेत्रमा काम गर्न थालेको केही समय भइसकेको छ। र पछिल्ला दुई वर्ष हाम्रा लागी निकै कष्टकर रह्यो।"

सखावत अली त्यस्तै एक विद्यार्थी हुन् जो अस्ट्रेलिया नभएर अर्कै देश रोज्छन्।

सिड्नीको मक्वयेरि विश्वविद्यालयका विद्यार्थी हुन् र  मार्च २०२० मा पाकिस्तानको गुजरातमा रहेको आफ्नो घर पारिवारिक कारणले गएका थिए।

र सिड्नी फर्किने बेला उनि पाकिस्तानको अन्तराष्ट्रिय विमान स्थलमा गएर उडान भर्ने तयारीमा थिए जब उनले सुने कि अस्ट्रेलियाले नागरिक र स्थायी भिसा बाहेकका लागी सिमा बन्द गर्‍यो।

उनले अस्ट्रेलियामा अवतरण हुने समय मात्र ९ घण्टा अगाडी भएको भए उनि अस्ट्रेलिया प्रवेश गर्न सक्थे।

उनले एक बर्ष सिमा खुल्ने प्रतिक्षामा बिताए पनि सन् २०२१ को मार्चमा अस्ट्रेलिया आउने सोच छोडेर उनि संयुक्त अधिराज्य तिर लागे। अहिले उनि ब्राडफोर्ड युनिभर्सिटीमा अध्ययनरत रहेका छन्। र उनि भन्छन यस्तो निर्णय गर्ने उनि मात्र होइनन्।

क्याट्रीओना  ज्याक्सन भन्छिन अरु देशहरू जस्तै अमेरिका, बेलायत र क्यानडाले अस्ट्रेलियाको कडा सिमा नीतिको फाइदा उठाईरहेका छन्।

बद्रि अर्याल भन्छन अस्ट्रेलियाले यति छिट्टै सिमा बन्द गर्ने निर्णय नगर्न सक्थ्यो भन्छन।

ज्याक्सनले स्वास्थ्य निर्देशन अनुसार सिमा खोल्न केहि ढिलाई भएको  भन्दै केहि दिन अझ संयम रहन विद्यार्थीहरूलाई आग्रह गरेकी छन्।

 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now