सर्वप्रथम सन् सत्र सय अठासी मा १८ देखि २० जनुअरी सम्ममा हाल दक्षिण सिड्नीमा रहेको बोट्नी बेमा केही बेलायतीहरू झरेका थिए।
त्यसको केही दिन पछि अर्थात् - जनवरी २६ का दिन सिड्नी कोभमा गभर्नर आर्थर फिलिपले बेलायती झन्डा फहराएका थिए।
धेरै अस्ट्रेलियाका आदिवासीहरू त्यस दिनलाई आफूहरूको जमिन माथि 'आक्रमण' भएको वा 'अस्तित्व' रक्षा गर्ने दिनका रूपमा स्मरण गर्ने गर्दछन्।
कसैको लागी दुखद दिनका रूपमा त कतिको लागी वर्तमान अस्ट्रेलियाको परिकल्पना भएको दिनको रूपमा रहेको अस्ट्रेलिया डे को अर्थ समय अनुसार परिवर्तन हुँदै गएको छ।
तथापि जनवरी २६ ले आदिवासीहरूका लागी बेलायतको उपनिवेस भएसँगै आक्रमण भएको दिन वा अस्तित्व रक्षाको दिनको रूपमा रहने गरेको छ।
१९ औँ शताब्दीको सुरुवात तिर अस्ट्रेलिया दिवस सिड्नीमा सानो सङ्ख्यामा मानिसहरू भेला भएर मनाउने गरिन्थ्यो।
डार्विन निवासी इतिहासविद् डा. एलिजाबेथ क्वानले आफ्नो लेख "सेलिब्रेटिङ्ग अस्ट्रेलिया: अ हिस्ट्री अफ अस्ट्रेलिया डे" मा जनवरी २६ को मूल उद्देश्यबारे लेखेकी छन्।
"यसलाई 'पहिलो अवतरण दिवस' वा 'स्थापना दिवस' का रूपमा १७८८ मा रात्रि भोज गरेर न्यु साउथ वेल्समा बेलायतको पहिलो बसोबासको सुरुवातका रूपमा मनाइयो। उपनिवेसको अस्तित्व रक्षालाई लिएर उनीहरू चिन्तित थिए किनभने त्यो सजिलो थिएन र यो सिड्नीको मुटुमा भएको थियो।"

डा एलिजाबेथले भनेकी छन् दोस्रो विश्व युद्ध पछि युरोपबाट आप्रवासीहरू आउने सङ्ख्या बढेपछि सङ्घीय सरकारले सम्पूर्ण अस्ट्रेलियालीहरूले एक अर्कालाई सकारात्मक रूपमा लिई सहयोग गर्नु पर्छ भन्ने अनुभूति गर्यो।
सन् १९८८ मा राज्य र टेरिटोरीहरूले जनवरी २६ लाई अस्ट्रेलिया दिवसका रूपमा मनाउन सहमति जनाए र १९९४ मा मात्र यस दिनमा सार्वजनिक बिदा दिन थालियो।
राष्ट्रिय अस्ट्रेलिया दिवस काउन्सिलले यस दिनका सम्पूर्ण कार्यक्रम र सम्मानहरूको निरीक्षण गर्दछ ।
काउन्सिलका प्रमुख कार्यकारी अधिकारी क्रिस किर्वीले यस दिनले मानिस जीवनमा के महत्त्व राख्छ भन्ने बारे २०१६ मा भएको अध्ययनको नतिजा बारे यस्तो बताए।
"अहिलेको समयमा अस्ट्रेलिया जस्तो स्थानमा बस्न पाउनुले हामी कति भाग्यमानी छौँ भन्ने देखाउँछ। साच्चिकै अर्थमा यहाँ पाइएको अवसरहरू र स्वतन्त्रताका लागी मानिसहरूले अस्ट्रेलिया दिवस मनाउने गर्दछन्।"
अहिले अस्ट्रेलिया दिवसलाई देश भर नै भिन्न भिन्न तरिकाले मनाइन्छ।

धेरै अस्ट्रेलियालीहरूले यो दिन परिवार र साथीभाइहरू सँग बिताउँछन् वा कुनै समारोहमा उपस्थिति जनाएर मनाउने गर्दछन्।
नागरिकता वितरण गर्ने कार्यक्रमहरुपनि अस्ट्रेलिया दिवसका दिन आयोजना हुने गर्दछ जहाँ नयाँ नागरिकहरूले नागरिकताको शपथ लिन्छन्।
अस्ट्रेलिया दिवसको साँझमा प्रधान मन्त्रीद्वारा समुदाय र राष्ट्रका लागी उल्लेख्य योगदान दिने नागरिकहरूलाई सम्मानित गरिन्छ।
यो सम्मान कार्यक्रम सन् १९६० देखि नै सञ्चालित रहेको छ।
तथापि जनवरी २६ ले आदिवासीहरूका लागी बेलायतको उपनिवेस भएसँगै आक्रमण भएको दिन वा अस्तित्व रक्षाको दिनको रूपमा रहने गरेको छ।
क्विन्सल्याण्ड विश्वविद्यालय अन्तरगत रहेर एबोरिजिनल र टोरेस स्ट्रेट आइल्याण्डर विषयमा अध्यापन गराउँदै आएकी डा. चेल्सिया बोन्डले धेरै आदिवासी अस्ट्रेलियालीहरूले जनवरी २६ लाई नमनाउने बताउँछिन्।
एक साहसिक कदमका बिच आदिवासी अस्ट्रेलियालीहरू लाई पनि सहभागी गराएर अस्ट्रेलिया दिवसलाई प्रतिस्थापित गर्दै २८ जनवरीमा 'वान डे' नामक एक छुट्टै कार्यक्रमको आयोजना गर्ने भनेर सिटी अफ फिम्यन्टलले भर्खरै नयाँ विवाद सिर्जना गरेको थियो।
काउन्सिलको वेबसाइटमा उक्त निर्णय सम्पूर्ण अस्ट्रेलियालीहरूलाई समेट्ने उद्देश्यका साथ लिइएको बताइएको छ।
डा. चेल्सिया पनि अस्ट्रेलिया दिवसका दिन हुने सम्पूर्ण कार्यक्रमहरूलाई अन्य दिनमा नै सार्नु पर्ने धारणा व्यक्त गर्छिन्।




