मुख्य बुँदा
- एक आप्रवासी हुनुको पिडाका विविध आयामहरू छन्।
- आफूलाई गुमाएको महसुस भए, नयाँ जीवनलाई व्यवस्थापन गर्न झनै गार्हो हुन सक्छ।
- लामो समयसम्म पिडामा रहँदा जीवनमा महत्त्वपूर्ण निर्णय गर्न वा फलदायी भविष्य निर्माण गर्न झनै गार्हो हुन्छ।
- यसबाट बाहिर निस्कन केही समय भने अवश्य लाग्छ, तर सहयोग पनि पाउन सकिन्छ।
भौतिक रूपमा आफ्नो परिवार र समाजसँग टाढा हुनुले मात्रै आप्रवासीले महसुस गर्ने पिडालाई सम्बोधन गर्दैन।
नयाँ ठाउँमा आफ्नोपनको महसुस नगर्नु, घरको याद र भाषिक अवरोध बाहेक पनि अमुर्त रूपमा परदेशीएको पिडाले व्यक्तिको कल्याण र सम्बन्धहरूमा पनि असर गर्छ।
यसलाई समग्रमा परदेशिनुका पिडा वा शोकका रूपमा व्याख्या गरिन्छ।
बियोन्ड ब्लु नामक मानसिक स्वास्थ्य सल्लाह केन्द्रका क्लिनिकल लिड डाक्टर ग्रान्ट ब्लास्की कुनै व्यक्ति किन निराश बिभिन्न कारण हुने बताउँछन्।
“यदि कुनै मानिस निराश छ वा पिडा बोध गरिरहेको छ भने उसले केही गुमाएको हुन्छ र के गुमाएको छ भन्ने कुरा पत्ता लगाउने पनि सकिने हुन्छ। आफन्त वा आफूले हुर्काएको जनावर या आफ्नो जागिर, यसले निराश बनाउँछ र रिस उठाउँछ, तर यो शोकबाट बाहिर पनि निस्कन सकिन्छ।”
तर आप्रवासीका हकमा स्पष्ट नरहेका केही भावनात्मक कुराहरू हुन्छन्, जसको पहिचान गर्न निकै कठिन हुन्छ।
त्यसो भए यो एम्बीगियोस लस्ट अथवा अस्पष्ट रूपमा रहेको पिडा वा शोक के हो त?
“एम्बीगियोस लसको (स्पष्ट रूपमा यो गुमाए भन्न नसक्ने अवस्था) अर्थ के चिज गुमाए भन्ने कुराको स्पष्ट तस्बिर नआउनु हो, यस्तो अवस्थामा पिडाबाट बाहिर निस्कन निकै गार्हो पर्छ,” डाक्टर ब्लास्की यसलाई प्रस्ट्याउने कोसिस गर्छन्।
आप्रवासीहरूले आफ्नो पहिचान परिवर्तन भएको महसुस गर्छन्, सामाजिक प्रतिष्ठा पनि गुमेको अनुभव गर्छन्, ....संवाद गर्ने देखि दैनिक गतिविधि पनि चुनौतीपूर्ण लाग्छडाक्टर ब्लास्की

विभिन्न खाले उत्पीडनमा परेकाहरूलाई सहयोग गर्ने संस्था ट्रिटमेन्ट एन्ड रिह्बिटेसन अफ टर्चर एन्ड ट्रमा सर्भाइभर्सका प्रमुख कार्यकारी होरीयार वर्चे पनि आप्रवासीहरूमा देखिने पिडाको कारण यर्थाथको बोध तर यही नै हो भनेर पहिल्याउन भन गाह्रो हुने बताउँछन्।
“खासमा हामी हाम्रा साथीभाइ, परिवार वा आफूले मन पराएका मानिस वा ठाउँसँग टाढा भएर पिडा बोध गरिरहेका हुन्छौ, जुन कुरा अब हामी पाउन सक्दैनौ,” उनले भने।

“यस बाहेक आफ्नो परिचय, काम वा आफ्नो मुलुकमा भनेको सामाजिक प्रतिष्ठा गुमेका कारण पनि यसाे हुने गर्दछ।”
वर्चे भन्छन् कि कुनै कुनै समय आफू बसाई सराई नगरेको भए आफ्नो प्रतिष्ठा कुन स्थानमा पुग्थ्यो होला भन्ने परिकल्पनाले पनि पिडा दिन्छ।
आफ्नै मुलुकमा बसेको भए कस्तो उपलब्धि हासील गर्थे होला भनेर गरिने परिकल्पनाले पनि मानिसलाई पिडा दिन्छ
“तर सबै चिजहरू तर्कसङ्गत हुनु पर्छ भन्ने छैन, कतिपय समयमा आफूले यस्ता कुरा सोचेकोमा मानिसहरू पश्चात्ताप पनि गर्छन्, किनकि उनीहरूले यर्थाथ बुझेका हुन्छन्, नयाँ देशमा उनीहरूको अवस्था पहिले भन्दा राम्रो भएको महसुस पनि गर्छन्।”
यसबाहेक आफूले भोगेको अवस्थाका कारण आफूले प्राप्त गरेको प्रगतिहरू समेत खुलेर बाट्न सक्दैनन्।
“विशेष गरी आप्रवासी एवम् शरणार्थीहरू गुनासो गर्न डराउँछन् किनकि आफूले छाडेर आएको देशमा रहेका आफन्तहरू झनै अप्ठेरो र डरलाग्दो अवस्थाबाट गुज्रिरहेका हुन्छन्,” वर्चे भन्छन्।
तर वर्चे आफ्ना पिडाहरूलाई पोख्नु पर्ने बताउँछन् ता कि तिनीहरूलाई जितेर अगाडि बढ्न सकियोस्।

शोकसँग कसरी लड्ने
आर यु ओकेका प्रमुख कमल शर्मा भारतमा जन्मिएका हुन्।
पहीलोपटक अस्ट्रेलिया आउँदा आफू कहाँ फिट हुन्छु भन्ने कुराले पिरोलिएका थिए।
तर समय अगाडी बढ्दै जाँदा, उनले आफ्नो पहिचानमा परिवर्तन भएको पाए।
सामाजिक रूपमा सहज बन्नका लागि आफ्नै पुष्ठभुमीका मानिसहरुसँगको घुलमिल बढाउनु जरुरी रहे पनि नयाँ अनुभव र नयाँ मानिससँगको सम्बन्धका लागि आफूलाई तयार राख्नु पर्ने शर्मा बताउँछन्।
“मलाई लाग्छ कि यस्ता समस्यासँग जुध्नका लागि सकारात्मक संयन्त्र पनि छ र अरूको देखासिकी गर्ने संयन्त्र पनि छ,” उनले भने।
सकारात्मक संयन्त्र भनेको चाहिँ आफूलाई नयाँ वातावरणमा घुलमिल गराउने हो, आफूलाई काम नलाग्ने चिजहरूलाई जीवनबाट जान दिने हो, र नयाँ सोच र विचारहरूका साथमा आफूलाई प्रगतिको बाटोमा लिएर जाने होकमल शर्मा प्रमुख आर यु ओके
“नकारात्मक भनेको चाहिँ आफ्नै घेरामा मात्र सीमित हुने हो, र आफूले जे छाडेर आएको हो यसैको घेरा भित्र मात्र सीमित भइराख्ने हो, यसले तपाईँलाई केही गर्नलाई चुनौती दिदैन,” शर्मा भन्छन्।
“मलाई लाग्छ कि आफूलाई नयाँ चिजका लागि चुनौती दिन निकै जरुरी छ, यसले आफू को हु/के हु भन्ने सिकाउँछ र फरक संस्कृतिमा आफ्नो पहिचान दिन्छ।”

मानसिक स्वास्थ्य विज्ञहरू पनि द्विविधामा बाच्ने आप्रवासीहरू जीवनका महत्त्वपूर्ण निर्णयहरू गर्नका लागि ढिला गर्ने बताउँछन्।
जसका कारण उनीहरूको भविष्य सुरक्षित हुदैन्।
र सहयोग गर्ने नेटवर्क छैन भने एक्लोपन, तनाव र चिडचिडापन झनै बढ्दै जान्छ।
शर्मा स्थानीय संस्कृति र समाजसँग घुलमिल गर्नाले यस्ता खाले समस्याको समाधान गर्न सकिने बताउँछन्।
उनले चाहिँ खेलकुदमा भाग लिएर आफूलाई यहाँको वातावरणमा घुलमिल गराएको बताए।
तर कुनै क्लबसँग आबद्ध हुने, ध्यान गर्ने वा व्यायाम बाहेक पनि कुनै एक दर्शनलाई पछ्याएर पनि आफूलाई अगाडी बढाउन सकिने उनले बताए।
“पश्चिमी साहित्यले परिवर्तनलाई कसरी व्यवस्थापन गर्ने भनेर सिकाउँछ, यसले नयाँ परिवर्तनलाई आत्मसाथ गर्न सिकाउँछ।”
“परिवर्तनका लागि एक स्थिर अवस्थाबाट अर्को स्थिर अवस्थामा जान आवश्यक छ, अस्थिरता भनेको तपाईँले जीवनका उतार चढावहरूबाट कसरी फाइदा लिनुहुन्छ भन्ने हो।”

आफैलाई जाँच गर्ने
मानसिक स्वास्थ्य विज्ञहरू आफूले आफैलाई जाँच गर्न आग्रह गर्छन्।
जागरूक हुन आग्रह गर्छन्।
तर यदि भारी महसुस भएमा सहयोगका हात उठाउन नहिच्कीचाउन आग्रह गर्छन्।
आप्रवासीमा देखिने शोक वा पिडा केही समय पछि आफै जान्छ, तर यसले लामो समयसम्म दिमागमा स्थान बनाइराख्यो भने मानसिक स्वास्थ्य समस्या पनि सिर्जना गर्न सक्छ।
डाक्टर ब्लास्कीका अनुसार डिप्रेसनमा जानुका केही लक्षणहरूमा लामो समयसम्म निराशा रहिरहनु पनि हो, जसले समाजमा घुलमिल हुन्, काम र व्यक्तिगत सम्बन्धहरूमा पनि असर पुर्याउँछ।
“उनीहरू दुखी देखिन्छन्, जे कुरामा पनि निराश हुन्छन्, आशाका कुनै किराणहरु नै हुँदैनन्,” ब्लास्की भन्छन्।
यद्यपि यस्ता भावनाहरूको व्यवस्थापन गर्न कुनै एक फमुर्ला नभएको उनी बताउँछन्।

आफूले गुमाएको चिजमा शोक मनाउँदा कमजोर महसुस गर्नु हुदैन्।
यसबाट बाहिर निस्कने प्रक्रिया व्यक्ति पिच्छे फरक पर्ने र जटिल भएको विज्ञहरूको भनाई छ।
“निको हुनुको अर्थ, आफूलाई फेरी पूर्ण रूपमा पाउनु हो, यसैले नयाँ वातावरणमा पुन पूर्ण बन्न सक्नुहुन्छ।”
पुरानोलाई बिर्सेर नयाँलाई स्थान दिनुपर्छ, छनौट, पनि निको हुने प्रकियाको एक अभिन्न अङ्ग हो।
सहयोगका लागि लाइफलाइनलाई १३ ११ १४ र बियोन्ड ब्लूलाई १८०० २२ ४६ ३६ मा सम्पर्क गर्न सकिन्छ।




