यो वर्ष अस्ट्रेलियामा आयोजना हुन गइरहेको जनमत सङ्ग्रहमा 'येस' वा 'नो' भनेर मतदाताहरूले भोट हाल्नेछन्। संविधान नै परिवर्तन गर्ने गरी उनीहरूको भोटको आधारमा आदिवासी अस्ट्रेलियनहरूको आवाजले पहिचान पाउने कि नपाउने भन्ने कुरा टुङ्गो यो जनमत सङ्ग्रहले लगाउने छ। तर आदिवासी अस्ट्रेलियनहरूलाई मान्यता प्रदान गर्ने र बोलीचालीको भाषामा 'भोइस' भनिएको यो कुरा ठ्याक्कै चाहिँ के हो त? अनि यसका यसका पक्ष र विपक्ष भइरहेका तर्कहरू के-के हुन् त?
एनआइटिभी मार्फत अस्ट्रेलियाका प्रथम बासिन्दाका परिप्रेक्ष्यहरू सहित सम्पूर्ण एसबीएस नेटवर्कबाट २०२३ ‘इन्डिजिनियस भोइस टु पार्लियामेन्ट’ जनमत सङ्ग्रह बारे सुसूचित रहनुहोस्। नेपाली सहित ६० भन्दा बढी भाषाहरूमा लेख, भिडियो र पोडकास्टहरू पाउन एसबीएस भोइस रिफरेन्डम पोर्टल जानुहोस्, वा एसबीएस अन डिमान्डको भोइस रिफरेन्डम हबबाट ताजा समाचार र विश्लेषण, वृत्तचित्र र मनोरञ्जनात्मक सामाग्रीहरू नि:शुल्क स्ट्रिम गर्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।





