Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

SBS Examines: को थिए अस्ट्रेलियाका ‘स्टोलन जेनेरेसन्स’?

Lorraine Darcy Peeters at the former site of the Cootamundra Aboriginal Girls Home

Lorraine Darcy Peeters is a Stolen Generations Survivor and was trained as a servant at Cootamundra Domestic Training home for Aboriginal Girls. Credit: Sarah Collard: NITV News

सन् १८०० दशकको मध्य देखि १९७० को दशक सम्म एबोरिजनल बालबालिकाहरूलाई जबरजस्ती उनीहरूको परिवारबाट छुटाइयो। त्यसपछि ती बालबालिकालाई के गरियो र आज सम्म पनि एबोरिजनल परिवारमा यसको प्रभाव कस्तो छ त?


Published

Updated

By Rachael Knowles

Presented by Sapana Phuyal

Source: SBS




Share this with family and friends


सन् १८०० दशकको मध्य देखि १९७० को दशक सम्म एबोरिजनल बालबालिकाहरूलाई जबरजस्ती उनीहरूको परिवारबाट छुटाइयो। त्यसपछि ती बालबालिकालाई के गरियो र आज सम्म पनि एबोरिजनल परिवारमा यसको प्रभाव कस्तो छ त?


चेतावनी: यो पोडकास्टका केही सामाग्रीहरू पीडादायी हुन सक्छन्, र यसमा मृत्यु भएका एबोरिजिनल र टोरेस स्ट्रेट आइल्यान्डर मानिसका सन्दर्भहरू समावेश छन्।

सन् १८०० दशकको मध्य देखि १९७० को दशक सम्म सङ्घीय, राज्य र ट्रेरिट्री कानून लगाएर एबोरिजनल बालबालिकाहरूलाई जबरजस्ती जहाँ भेटिन्छन् त्यहीँबाट उठाइयो।

उनीहरूलाई प्रहरी घरमा भेटिएकालाई घरैबाट, स्कुल जाँदा गर्दा बाटो बाटै, परिवारकै अङ्गालोबाट समेत थुतेर लग्यो।

ती बालबालिकाहरूलाई संस्थाहरू लगेर थुनेर राखिएको थियो, त्यहाँ उनीहरूले घरेलु र शारीरिक श्रम गर्नुपर्थ्यो।

त्यसबापत कुनै पैसा पनि पाउँदैनथे।

यी संस्थाहरूमा हजारौँमाथि शारीरिक, भावनात्मक, मौखिक र यौन दुर्व्यवहारको सिकार भएका थिएँ।

यीमध्ये धेरैले त ज्यान बचाउन पनि सकेनन्।

त्यहाँ रहेका अरू बालबालिका गैर-आदिवासी परिवारले धर्म सन्तान बनाएर वा पालनपोषणको लागि लगेका थिए।

उनीहरूलाई आफ्नो संस्कृति, आफ्नो मातृभूमि, वा आफ्नो मातृभाषा सिक्ने वा बोल्नबाट वञ्चित गरिएको थियो।

स्टोलन जेनेरेसन्सको कानुनी रूपमै अन्त्य गर्न १९६९ मा ‘एबोरिजिनल प्रोटेक्सन एक्ट’ ल्याइयो।

अहिले एक तिहाइ भन्दा बढी एबोरिजनल मानिसहरू यहीँ इतिहासका सन्तति हुन्।

वालवान एण्ड ग्यामिलिरोय वुमन आन्टी लोरेन पिर्ट्रस त्यहीँ बेला बाँचेकाहरूका बिच संसद् मा बसेकी थिइन्।

उनले केभिन रड र विपक्षी नेतालाई एउटा ग्लास कुलुमन थिइन्, जुन नयाँ सम्बन्धको लागि आशाको सङ्केत हो।

आन्टी लोरेन चार वर्षको उमेर चोरिएकी थिइन्।

उनी सँगै उनको आठ जना भाइबहिनीहरू सन् १९४२ मा न्यु साउथ वेल्सको नर्थ-वेस्टमा रहेको ब्रीवारिना मिसनबाट लगिएको थियो।

उनका भाइहरूलाई किन्चेला आदिवासी ब्वाइज होममा लगियो र उनी र उनका बहिनीहरूलाई ८०० किलोमिटर टाढा र घरबाट लगभग ७०० किलोमिटर टाढा एबोरिजनल गर्ल्सको लागि बनाइएको कुटामुन्द्रा डोमेस्टिक ट्रेनिङ होममा लगियो।

Aunty Lorraine Peeters at Cootamundra Girls Home..jpg
Aunty Lorraine Peeters at the Cootamundra Girls Home. Source: Supplied / The Peeters Family

उनले त्यहाँ आफू को हो भन्ने पहिचानको लागि लडिन्।

आन्टी लोरेन एक महान् हजुरआमा हुन्।

उनकी नातिनी, मेगन जिराड ‘कुटा एबोरिजिनल कोर्पोरेसन’मा काम गर्छिन् ।

यो संस्थाले स्टोलन जेनेरेसनबाट बाँच्न सफल भएका र सत्य बोल्नेहरूको वकालत गर्छ।

उनी हजुरआमाको कथा सुनेको दिन सम्झिन्छिन्।

सन् १९९७ मा, आदिवासी बालबालिकाहरूलाई उनीहरूको परिवारबाट हटाएका घटनाको अनुसन्धान गरिएका ‘ब्रिङ्गिङ देम होम रिपोर्ट’ संघीय संसद्‌मा पेस गरियो।

यसैले एक दशक पछि ‘नेस्नल अपोलोजि’ प्रस्तुत गर्ने बाटो बनाएको थियो।

उनी स्यान्न डोडसन यारू वुमन र स्टोलन जेनेरेसन सर्वाइभर्सका लागि राष्ट्रिय संस्था हिलिंग फाउन्डेशनका सिइओ हुन्।

उनी भन्छिन् कि वर्षौँदेखि धेरैले यो इतिहासलाई बेवास्ता गर्ने वा अस्वीकार गर्ने प्रयास गरेका थिए।

स्टोलन जेनेरसनको अन्त्य भएको ६० वर्ष भइसक्यो तर अझै पनि धेरै एबोरिजनल परिवारहरूमा यसको प्रभाव रहेको छ।

सन् २०२३ मा ४२ प्रतिशत आदिवासी बालबालिकाहरू अस्ट्रेलियन घर परिवारको हेरचाह बाहिर रहेका थिए।

एबोरिजिनल र टोरेस स्ट्रेट आइल्यान्डर बालबालिकालाई पनि गैर आदिवासी बालबालिकाको तुलनामा यो सङ्ख्या १०.५ गुणा बढी हुने देखिन्छ।

यही वास्तविकताले आन्टी लोरेनको मन भारी हुन्छ।

यो शृङ्खलाले तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई आघात पुर्‍याएमा, कृपया लाइफलाइनलाई १३ ११ १४ मा वा एबोरिजिनल र टोरेस स्ट्रेट आइल्यान्डर क्राइसिस सपोर्ट लाइन 13YARN लाई १३ ९२ ७६ मा सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now