Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाका चार राज्यहरूमा मानहानि सम्बन्धी नयाँ कानून

Defamation law

Defamation law Source: Getty Images

अस्ट्रेलियाका चार वटा राज्यहरूमा मानहानि सम्बन्धी नयाँ कानून लागु गरिएका छन्।


Published

Updated

By Lucy Murray

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


अस्ट्रेलियाका चार वटा राज्यहरूमा मानहानि सम्बन्धी नयाँ कानून लागु गरिएका छन्।


न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड, भिक्टोरिया र साउथ अस्ट्रेलियामा यही जुलाई महिनाको एक तारिखदेखि मानहानि सम्बन्धी नयाँ कानून लागु भएका छन्।

देशका अन्य राज्यहरूले पनि यसै वर्ष त्यसको पालना गर्ने छन् र स्वतन्त्र बोलीको जितमा यसलाई एक प्रमुख खुड्किला मानिएको छ।

मुख्यतः पत्रकारहरूको लागि यी परिवर्तनहरू लाभदायी हुनेछ, किनभने उनीहरूले प्रकाशन गर्ने कुराहरू सार्वजनिक हितको लागि हो भनी उल्लेख गर्न पाउने छन्। 

यी नयाँ कानूनको अर्थ के हो र यसले निडर पत्रकारितालाई मद्दत गर्छ त ? 

यसको जवाफ हो - यी कानुनहरूले सरकारी भ्रष्टाचार, र अधिकारी, मन्त्री या सैनिकले गर्ने अपराधको बारेमा प्रकाशन गर्ने पत्रकारहरूको सुरक्षा गर्छ।

अर्थात्,  हामीले आगामी दिनमा अझै साहसी र न्यायपूर्ण पत्रकारिता देख्न पाउने छौँ।

Attorney General Mark Speakman speaks on legislation relating to the COVID-19 pandemic at the Parliament of New South Wales in Sydney.
NSW Attorney General Mark Speakman. Source: AAP

यी कानुन परिवर्तनको देशमा आवश्यकता रहेको न्यु साउथ वेल्सका अटर्नी जेनेरल, मार्क स्पीकम्यानले बताए। यी कानुन निर्माण गरेका मानिसहरूको मध्य उनी पनि एक हुन्। 

"मानहानि सम्बन्धी कानुन बनाउन कठिन हुन्छ - एकपट्टि बोल्ने स्वतन्त्रलाई सुनिश्चित गर्नु पर्‍यो, अर्कोपट्टि मानिसको निजी प्रतिष्ठालाई जोगाउनु पर्‍यो," उनले भने।

"न्यु साउथ वेल्स र अस्ट्रेलियामा स्वतन्त्र बोलीको विषयमा निकै अस्थिरता भइसक्यो, अरू कुनै पश्चिमी देशमा स्वतन्त्र पत्रकारितालाई अस्ट्रेलियामा जस्तो दबाइएको छैन।"

यस नयाँ कानुनको संरचना एक बेलायती मोडलमा आधारित छ, र यसले मुख्यतः ठुला सार्वजनिक व्यक्तित्व, जस्तै राजनीतिज्ञहरू सम्बन्धी सामाग्रीमा मद्दत गर्छ। 

उदाहरणको लागि, कुनै राजनीतिज्ञको कसैसँग नजिकी सम्बन्ध भएको खण्डमा, त्यस सम्बन्धले उनको राजनीतिक कर्तव्यमा असर पुराएमा त्यसको बारेमा प्रकाशन गर्न पाइने, अस्ट्रेलियन लयर्स अलायन्सका राष्ट्रिय प्रवक्ता, ग्रेग बार्न्सले बताए।

तर यसको मतलब पत्रकारहरू जे मन लाग्यो त्यही प्रकाशन गर्न पाउँछन् भन्ने चाहिँ होइन।

उनीहरूले आफ्ना दाबीहरू आधारहीन र लापरवाह छैनन् भनी प्रमाणित गर्नु पर्छ। 

प्रकाशित सामाग्री सार्वजनिक हितमा हो या होइन भनी पता लगाउन निर्णायक समितिको लागि ठोस मापदण्ड रहेको स्पीकम्यानले बताए। 

तर सेलिब्रिटी जस्ता ख्याति प्राप्त व्यक्तिहरूको विषयमा भने यो कानूनलाई लिएर चनाखो हुनु पर्ने देखिन्छ। 

कलाकार जेफ्री रश माथि लागेको कथित आरोप प्रति सङ्केत दिँदै ग्रेग बार्न्स भन्छन् प्रत्येक केसलाई छुट्टा छुट्टै आधारमा निर्णय गरिने छ।

Australian actor Geoffrey Rush (centre) arrives at the Federal Court in Sydney, Tuesday, October 23, 2018. Rush is suing Nationwide News for defamation. (AAP Image/Brendan Esposito) NO ARCHIVING
Australian actor Geoffrey Rush arrives at the Federal Court in Sydney in 2018. Source: AAP

[node_list title="यो पनि पढ्नुहोस्:" uuid="b99d7347-1e4b-44a6-8b8d-5c152fa2d9f7"]

रशमाथि लगाइएका अनुचित तथा यौन दुर्व्यवहारका आरोपहरू अदालतमा "आधारहीन या अविश्वसनीय" नरहेको पत्ता लागेको थियो। 

अब यी नयाँ कानुन अन्तर्गत दर्ता हुने मुद्दाहरुमा अदालतले जनहितको प्रतिरक्षालाई कत्तिको व्यापक रूपमा व्याख्या गर्नेछ, यो कुराको नमुना हेर्न हामीले केही समय पर्खनु पर्ने छ।

त्यस्तै, अदालत बाहिर मुद्दा सुल्झाउने प्रक्रिया पनि सुरु गरिने छ, जुन सम्भावित क्षति भन्दा कानुनी खर्च बढी हुने मामिलाहरूमा प्रयोग गरिने छ।

मुद्दाको सुरुमा व्यक्तिको प्रतिष्ठामा गम्भीर हानि गरेको प्रमाणित गर्न वादी वा आफू बदनाम भएको बताउने पार्टी माथि कानुनी भाषामा “ओनस” प्राप्त हुनेछ जसको अर्थ उसले आफ्नो प्रतिष्ठा माथि गम्भीर हानि पुगेको प्रमाणित गर्नु पर्ने हुन्छ।

अदालतका मुद्दाहरूलाई सजिलो बनाउन यो व्यवस्था तयार पारिएको स्पीकम्यानले बताए। 

"अस्ट्रेलियामा कतिपय यस्ता केसहरूमा थोरै रकम संलग्न हुन्छ। यिनीहरू अदालतमा जानु भन्दा अघि नै सुल्झिनु ठिक हुन्छ, किनभने केसको प्रमुख मुद्दा भन्दा पैसा ठूलो समस्या बन्न पुग्छ," उनले भने। 

यी नयाँ कानूनहरू जुलाई १ तारिख पछि प्रकाशित सामाग्रीमा मात्र लागू हुने छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now