Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाली संसदमा महिला संख्या किन कम?

PM Scott Morrison poses for photographs with members of his ministry.

Scott Morrison's front bench has been sworn in by the governor-general at Government House. (AAP) Source: AAP

सङ्घीय संसदमा पहिलो पटक महिलाको प्रवेश भएको ७५ बर्ष पुग्दा अस्ट्रेलियाली राजनीतिमा भने लैंगिक आधारमा नयाँ आरक्षणको व्यवस्था हुनुपर्ने आवाजहरु पनि उठ्न थालेका छन्। क्यानबेरामा पछिल्लो समयमा महिलाहरुमाथि हुने गरेको व्यवहारको चौतर्फी विरोध भइरहँदा उक्त माग आएका हुन्|


Published

Updated

By Abbie O'Brien

Presented by Sunita Pokharel

Source: SBS




Share this with family and friends


सङ्घीय संसदमा पहिलो पटक महिलाको प्रवेश भएको ७५ बर्ष पुग्दा अस्ट्रेलियाली राजनीतिमा भने लैंगिक आधारमा नयाँ आरक्षणको व्यवस्था हुनुपर्ने आवाजहरु पनि उठ्न थालेका छन्। क्यानबेरामा पछिल्लो समयमा महिलाहरुमाथि हुने गरेको व्यवहारको चौतर्फी विरोध भइरहँदा उक्त माग आएका हुन्|


सिड्नी विश्वविद्यालयमा राजनीति विषयमा अध्ययनरत ४ महिला विद्यार्थीहरु आफ्नो भविष्यबारे कुराकानी गर्दा अस्ट्रेलियाली राजनीति प्रति आफुहरु धेरै उत्साहित रहेको बताउँछन् । तर पछिल्लो समयमा क्यानबेरामा बाहिर आएको बिषयले उनीहरुलाई आफुले भविष्यमा यो क्षेत्रलाई नै अंगाल्न खोजेको हो त भन्नेमा आशंका लाग्न थालेको छ।

राजनीति शास्त्रकी विद्यार्थी इजाबेला स्केल्टन संसद भवन भित्र धम्क्याउने र हेपाहा प्रवृत्ति भएको आरोप लागेको सुन्दा आफु निकै निराश भएको बताउँछिन।

पार्टी भित्रको नेतृत्व विवादका क्रममा, लिबरल पार्टीभित्रै धम्क्याउने व्यवहार भएको भन्ने दावीहरुका बीच, राजनीतिमा महिलाहरु प्रतिको व्यवहारको विषय अगाडी आएको छ। संसद्को तल्लो सदनमा महिलाहरुको प्रतिनिधित्वको प्रतिशतका आधारमा विश्वका १९३ राष्ट्रहरु मध्ये अस्ट्रेलिया ५० औं स्थानमा रहेको छ।

म्यडलिन लूक्रि: पनि राजनीति शास्त्रकै विद्यार्थी हुन्, र उनी भन्छिन् प्राय: गरी राजनीतिक प्रणालीले महिलाहरुलाई सहयोग गर्दैन।

"मैले देखे अनुसार धेरै समस्या यसकारणले आउँछ किनभने धेरै प्रमुख राजनीतिक दलहरुको आन्तरिक संरचना महिलाहरुलाई असुविधा हुने किसिमका हुन्छन्।"

सिड्नी विश्वविद्यालयकी सहायक प्राध्यापक अनिका गउश्जःले राजनीतिक दलहरुको सदस्यता र महिलाहरुको प्रतिनिधित्वका बारेमा अनुसन्धान गरेकी छन्। उनी पनि महिलाहरुलाई असुविधा भएको भन्ने बारेमा सहमति जनाउँछिन्।

Lidia Thorpe, the first Aboriginal woman MP addresses parliament.
Greens MP Lidia Thorpe will announce her party's support for Labor's treaty policy in Victoria. (AAP) Source: AAP
"साधारणतया धेरैले सोच्ने र बुझ्ने गरेको जो कोहीले हात उठाएर राजनीतिमा प्रवेश पाउने र निर्वाचित हुनसक्ने भन्ने कुराहरु सबै कल्पना मात्र हो।जब हामीले कसरी महिला अथवा पुरुष संसदका लागि लड्छन् र नियुक्त हुन्छन् भन्ने सोच्छौँ भने यो व्यक्तिगत राजनीतिक चिनजान र संजाल मार्फत हुने गर्दछ र त्यस्ता संजालहरु जहिले पनि पुरुष मैत्री हुन्छन् ।"

आफु सशक्त र प्रेरित भएको अनुभूति गर्नुपर्ने समयमा नै राजनीतिका युवा एवं महिला विद्यार्थीहरुमा आफ्नो भविष्यलाई लिएर अन्योल देखिएको छ।

अघिल्लो महिना अस्ट्रेलियाली संसदमा महिलाहरुको लागि दुई महत्वपूर्ण कोशे-ढुंगाका रुपमा रहेको थियो - कमनवेल्थमा महिलाहरुको उपस्थिति भएको ७५ बर्ष पुगेको थियो र अस्ट्रेलियाको १०० औं महिला सिनेटरले सपथ खाएकी थिइन्।

संसदको तल्लो सदनमा महिलाहरुको प्रतिनिधित्वको प्रतिशतका आधारमा विश्वका १९३ राष्ट्रहरु मध्ये अस्ट्रेलिया ५० औं स्थानमा रहेको छ। त्यस्तै छिमेकी राष्ट्र न्युजिल्याण्ड १९ औं स्थानमा रहेको छ। रुवान्डाले पहिलो स्थान ओगट्दा बेलायत ४१ औं र संयुक्त राज्य अमेरिका धेरै तल १०२ औं स्थानमा रहेका छन्।

प्रोफेशर गउश्जः भन्छिन् माथिल्लो स्थान ओगट्ने राष्ट्रहरुमा लैंगिक आरक्षणको व्यवस्था रहेको छ।

उनी भन्छिन्,"सबै तिरको अनुसन्धानले के देखाउँछ भने, आरक्षण प्रणाली प्रभावकारी हुन्छ। र अस्ट्रेलियामा कानूनी रुपमा राज्य स्तरमा आरक्षणको व्यवस्था छैन। उदाहरणका लागि लेबर पार्टीमा आरक्षणको व्यवस्था छ, जसले गर्दा १० बर्ष भन्दा बढी समयसम्म संसदमा हुने प्रतिनिधित्वको संख्यामा वृद्धि भएको थियो। दुर्भाग्यवश लिबरल पार्टी र नेशनल पार्टी यसमा पछाडी रहेका छन्।"

लिबरल पार्टी भित्र ७५ प्रतिशत पुरुषहरु रहेका छन्, जुन कतिपयका लागि स्वीकार्य छैन।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now