केही वर्ष अगिसम्म चन्द्र र सूर्य अङ्कित नेपाली झण्डा मुनि बसेर सन् २०२२ मा साउदी अरेबियाको रियादमा आयोजना भएको ‘वर्ल्ड पारा तेक्वान्दो ग्राँ प्रि’मा नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाउन सफल २६ वर्षीय सृजना घिसिङलाई अस्ट्रेलियाले आफ्नो बनाएको छ। घिसिङसँगको कुराकानीको दोस्रो भाग सुन्नुहोस्।
🎧यस कुराकानीमा समावेश भएका प्रमुख विषयहरू:
- 🥋विश्वका दिग्गज खेलाडीहरूसँगको प्रतिस्पर्धा
- 💫नेपाली शक्ति र अस्ट्रेलियामा सुरुवाती सङ्घर्ष
- 🤝आमा, गुरु र जीवनसाथीको निरन्तर साथ
यसबारे एक मिडिया विज्ञप्ति जारी गर्दै अस्ट्रेलियाको सङ्घीय गृह मामिला मन्त्रालय तथा पारालिम्पिक्स अस्ट्रेलिया दुवैले तेक्वान्दो च्याम्पियन सृजना घिसिङलाई देशको नयाँ नागरिकको रूपमा गर्वका साथ स्वागत गरेको बताएका छन्। तर, सन् २०२३ मा पहिलो पटक अस्ट्रेलिया आइपुगेकी सृजना घिसिङले किन नेपाली नागरिकता त्याग्ने निर्णय लिइन्? नेपालमा रहेका उनका परिवारले यस विकसित घटनाक्रमलाई कसरी लिएका छन् र अब एक ‘एलिट स्पोर्ट्सपर्सन’का रूपमा छिटो-छिटो अस्ट्रेलियन नागरिकता पाइसकेपछि आउने दिनमा उनको योजना के छ? र आफूलाई अवसरवादी भन्नेहरूका लागि चाहिँ विश्व वरीयताको शीर्ष १० भित्र पर्न सफल घिसिङको के जवाफ छ त? १८ वर्षको उमेरदेखि मात्र पारा तेक्वान्दो खेल्न सुरु गरेकी सृजना घिसिङले यी र यस्तै प्रश्नहरूको जवाफ एसबीएस नेपालीसँगको कुराकानीका क्रममा दिने प्रयास गरेकी छिन्। उनीसँगको कुराकानीको दोस्रो भाग सुन्नुहोस्।
नोट: हामी तपाईँलाई अवगत गराउन चाहन्छौं कि यस कुराकानीमा व्यक्त विचारहरू वक्ता स्वयम्का हुन र यी भनाइहरूप्रति एसबीएसको सहमति तथा विमति दुवै रहेको छैन। साथै, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि कुराकानीमा व्यक्त गरिएका आप्रवासन सम्बन्धि जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो माइग्रेसन एजेन्ट वा कानूनी सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ।





