Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सोती घटनाबारे समाचार हराउन थालेपछि, दलित अधिकारबारे अभियान कमजोर हुँदै जाला?

Dr Mom Bishwakarma spoke to SBS Nepali about Dalit rights in Nepal

Dr Mom Bishwakarma spoke to SBS Nepali about Dalit rights in Nepal Source: Supplied

नेपालमा सोती र रुपन्देही घटनाबारे व्यापक विरोध प्रदर्शन पनि भएका छन्। तर ती घटनाबारे समाचारहरु पनि घट्दै जाँदा आगामी दिनहरुमा जातीय भेदभाव विरुद्धका यस्ता दबाबमूलक अभियान हराएर जाला त?


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


नेपालमा सोती र रुपन्देही घटनाबारे व्यापक विरोध प्रदर्शन पनि भएका छन्। तर ती घटनाबारे समाचारहरु पनि घट्दै जाँदा आगामी दिनहरुमा जातीय भेदभाव विरुद्धका यस्ता दबाबमूलक अभियान हराएर जाला त?


कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा किल्क गर्नुहोस्

संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायुक्तले नेपालमा अन्तरजातीय विवाहका कारणले थुप्रै युवाले ज्यान गुमाउनु परेका घटनाको निन्दा गर्दै ती घटनामाथि स्वतन्त्र अनसन्धान हुनुपर्ने बताएकी छिन्।

रुकुममा अन्तरजातीय विवाह गर्न गएका एकजना युवा र उनका साथीहरुलाई युवतीका परिवार र गाउँलेले आक्रमण गरेपछि पाँच जनाको ज्यान गएको थियो र एकजना अझै भेरी नदीमा बेपत्ता छन्।

त्यसै हप्ता अन्तरजातीय सम्बन्धको खुलासा भएपछि रुपन्देहीको देवदहमा एकजना किशोरीको मृत्यु भएको समाचार आएको थियो।

नेपालमा आजको समयमा पनि जात सम्बन्धी भेदभाव हुनु निकै दुःखद भएको भन्दै, एक विज्ञप्ति मार्फत, राष्ट्रसंघीय आयुक्तले विकासका लागि यस्तो भेदभाव पूर्ण रुपमा हटाउनु जरुरी भएको बताएकी छिन्।

पीडित र उनीहरुका परिवारले सत्य, न्याय र क्षतिपूर्ती पाउनुपर्ने उनले बताएकी छिन्। सोती र रुपन्देही घटनाबारे व्यापक प्रदर्शन विरोध प्रदर्शन पनि भएका छन्। तर आगामी दिनहरुमा जातीय भेदभाव विरुद्धका यस्ता दबाबमूलक अभियान हराएर जाला त?

दलित अधिकारको वकालतमा संलग्न संस्था डिग्निटी फोरम अस्ट्रेलियाका अध्यक्ष डाक्टर मोम विश्वकर्माले यसबारे एसबीएस नेपालीसंग गरेको कुराकानी।

सबै भन्दा पहिला त उक्त घटना बारे सुन्दा उनको प्रतिक्रिया कस्तो थियो भनेर हामीले सोधेका थियौं।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now