Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपाल: विदेशमा फसेका आफ्ना नागरिक स्वदेश फिर्ता ल्याउने कार्य सुरु

A Nepali citizen from Myanmar wearing a facial mask as a preventive measure arrives at the Tribhuvan International Airport amid Coronavirus threats.

A Nepali citizen from Myanmar wearing a facial mask as a preventive measure arrives at the Tribhuvan International Airport amid Coronavirus threats. Source: Sipa USA Prabin Ranabhat / SOPA Images AAP

नेपाल सरकारले विदेशमा रहेका आफ्ना नागरिक बिस्तारै फिर्ता ल्याउने निर्णय सार्वजनिक गरेको छ, र पहिलो चरणमा म्यानमार र संयुक्त अरब एमिरेट्समा रहेका मानिसलाई फिर्ता ल्याएको छ।


Published

Updated

Source: SBS




Share this with family and friends


नेपाल सरकारले विदेशमा रहेका आफ्ना नागरिक बिस्तारै फिर्ता ल्याउने निर्णय सार्वजनिक गरेको छ, र पहिलो चरणमा म्यानमार र संयुक्त अरब एमिरेट्समा रहेका मानिसलाई फिर्ता ल्याएको छ।


नेपालका ३० लाख भन्दा बढी नागरिक वैदेशिक रोजगारीका क्रममा खाडी लगायतका क्षेत्रमा छरिएर रहेका छन् भने थप मानिसहरू पढाइका क्रममा विश्वभर रहेका छन्।

कोरोनाका कारणले कतिपयले रोजगारी गुमाएका छन्, कतिपयको पढाइ रोकिएको छ र कति बेखर्ची भएका छन्।

बुधवार संसद्मा बोल्दै प्रधानमन्त्री केपी ओलीले त्यस्ता समस्यामा परेका नेपालीहरूलाई फिर्ता ल्याउने बताएका छन्।

“भारत लगायत विभिन्न मुलुकहरूमा नेपाल फर्कनै पर्ने अवस्थामा रहेका व्यक्तिहरूलाई नेपाल फर्काउने व्यवस्था मिलाइएको छ। क्रमशः फर्काउँदै जाने हो र कतिपय ठाउँमा शव ल्याउन नसकिएको अवस्था थियो, त्यसलाई पनि ल्याउने जस्ता प्रबन्ध मिलाइँदै छ। ठुलो सङ्ख्यालाई एकै चोटि ल्याउँदा क्वारेनटिन आदिका समस्याहरू व्यवस्थापन गरिहाल्न नसक्ने भएको हुनाले अव्यवस्थित ढङ्गले जाने भन्दा व्यवस्थित ढङ्गले जानपर्छ भन्ने कुराहरू राख्न पर्छ भन्ने मलाई लाग्छ।”
KP Sharma Oli Nepal PM
Source: Nepal Parliament TV

सबभन्दा पहिले शुक्रवार म्यानमारबाट २६ जना र संयुक्त अरब एमिरेट्सबाट १६८ जना नेपाली स्वदेश फर्काइएका छन्।

उनीहरूलाई काठमान्डुको विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ र केही दिनपछि आआफ्नो क्षेत्रमा फर्काइनेछ।

अरू थुप्रै देशमा रहेका नेपालीले सशर्त नेपाल फर्किनका लागि फर्म भरेका छन्, जसमध्ये अस्ट्रेलियामा १ हजार भन्दा बढी छन्।

यसरी विदेशबाट फर्किने नेपालीले भारतबाहेक अन्यत्रको हकमा आफैँ हवाई टिकट र क्वारेनटाइन शुल्क तिर्नुपर्ने छ।

सरकारले विभिन्न होटेलसँग क्वारेनटाइन र होल्डिङ सेन्टर बनाउने समझदारी गरेको छ।

Nepal Airlines flight took 11 Nepali citizens back to Nepal earlier this week. Canberra Airport
Nepal Airlines flight took 11 Nepali citizens back to Nepal earlier this week. Source: SBS Nepali

आइतबार अस्ट्रेलिया लगिएको नेपाल एयरलाइन्सको जहाज फर्कने बेलामा अस्ट्रेलियामा रहेका ११ जना नेपाली पनि नेपाल ल्याइएका छन्। विमानमा आउने सबैले आफ्नो आफैँ खर्च व्यहोरेका छन्।

“उनीहरूलाई सिड्नी स्थित नेपाली दूतावासको सिफारिसमा ल्याइएको हो। अरू नेपालीहरूलाई फर्काउने बारेमा हालसम्म थप कुराकानी गरिएको छैन,“ नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले भनिन्।

अस्ट्रेलियाबाट नेपाल फर्कन चाहने बाँकी नेपालीलाई भने कसरी र कहिले फिर्ता ल्याउने भन्ने बारेमा हाल सरकारले कुनै निर्णय नलिइसकेको सरकारी अधिकारीहरूले बताएका छन्।

 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now