Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

नेपाली पृष्ठभूमिका बालबालिकाका लागी विश्व बाल कविता प्रतियोगिता

Children performing at Nepali Festival in Melbourne Australia in 2008

विश्व बाल कविता प्रतियोगितामा विश्वभर रहेका नेपाली पृष्ठभूमिका बालबालिकाले आफ्नो साहित्यिक कलालाई कविताको माध्यमबाट प्रस्तुत गर्न सक्ने भएका छन्।


Published

Updated

Source: SBS



Share this with family and friends


विश्व बाल कविता प्रतियोगितामा विश्वभर रहेका नेपाली पृष्ठभूमिका बालबालिकाले आफ्नो साहित्यिक कलालाई कविताको माध्यमबाट प्रस्तुत गर्न सक्ने भएका छन्।


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गतको बाल साहित्य समितिले पहिलो पटक आयोजना गर्न लागेको कविता प्रतियोगिताले विश्व भर रहेका नेपाली बाल बालिकामा आफ्नो भाषा संस्कृति प्रति लगाव बढोस् भन्ने उद्देश्य राखेको समितिका अस्ट्रेलिया सदस्य  प्रवीण टण्डनले  बताएका छन्। 

"जो चाहिँ आफ्नो भाषा साहित्य प्रति समर्पित हुनुहुन्छ उहाँहरूको लागी चाहिँ हौसला मिलोस् भन्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।"

प्रतियोगिताका बारेमा समितिका प्रवीण टन्डन सँग गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

अनेसास विश्व बाल कविता प्रतियोगिता नाम दिइएको यस प्रतियोगितामा भाग लिन इच्छुकले कविता लेखनका केही मापदण्डहरू पनि पुरा गर्नु पर्ने प्रवीण टण्डनले बताए।

world child poem competition_nepali children_nepali literature
Source: facebook/ Prabin Tandan

प्रतियोगितामा नेपाली पृष्ठभूमिका १४ वर्ष मुनिका बालबालिकाले उअपस्थिति जनाउन सक्नेछन्।

नेपाली भाषामा नै लेखिएको हुनु पर्ने कविता जुन कुनै विषयवस्तु र शिर्षकको पनि हुनसक्छ।

तर कविता बढीमा २०० शब्दको हुनु पर्नेछ।

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३ सय, २ सय र सय डलर नगद पुरस्कार प्रदान गरिने टण्डनले बताए।

प्रतियोगितामा भाग लिन चाहने बालबालिकाले यही अगस्ट ३० भित्रमा balkabita@yaahoo.com मा आफ्नो कविता पठाउनु पर्नेछ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now