नेपाली फुटबल खेलाडी बिक्रम लामासँगको पूरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्
१.तपाईको चोटको स्थिति अहिले कस्तो छ ?
फेब्रुअरी सम्पन्न बुढा सुब्बा गोल्ड कप खेल्दा खुट्टामा लागेको चोट निर्मूलतातर्फ गइसकेको छ । हरेक दिनको थेरापीले गर्दा चोट निको हुँदै गएको छ । चोटनै छैन भन्न सकिने स्थिति भने छैन् ।
२.यो अवस्थामा क्लब फुटबल र राष्ट्रिय फुटबललाई कतिको मिस गरिरहनु भएको छु ?
व्यवसायिक खेलाडीको भएकाले मैले सबैभन्दा मिस गर्ने कुरा फुटबल हो । अझ घाइते भएर बस्दा फुटबल मैदान र खेलहरु पक्कैपनि मिस गरिरहेको छु ।
३.यो इन्जरीले गर्दा विश्वकप मजासँग हेर्ने तपाईको योजनालाई असर त पार्दैन ?
सामान्य रुपमा घरै बसेर खेलहरु हेर्न सक्ने भएकाले हेर्छु । यसपटकका खेलहरु हेर्ने विचार छु।
तर सबल भएर फुटबल मैदानमा खेलिरहँदा खेलहरु हेर्न जति मजा हुन्थ्यो । त्यो नहुने भएकाले मनमा खिन्नता भने पक्कै छ ।
४.विश्वकप फुटबल कहिले देखि हेर्न लाग्नु भएको हो, पहिलो पटक टिभीमा हेरेको कस्तो सम्झना छ ?
केटाकेटी उमेरदेखि फुटबल खेलिने हुँदा टिभीमा आउने खेलहरु हेरिन्थ्यो । सन् १९९८मा पहिलो पटक विश्वकप हेरेको याद छ । फुटबलप्रतिको मोहले गर्दा त्यतिबेला मध्य राति नसुतिर विश्वकपका खेलहरु हेरिन्थ्यो ।
५.विश्वकपमा कसलाई समर्थन गर्दै आउनु भएको छ र यस पटक कसलाई गर्नु हुन्छ ?
मैले अहिलेसम्म कुनै टोलीलाई समर्थन गरेको छैन् । विश्वकप खेल्ने विभिन्न देशका टोलीमा भने मलाई मनपर्ने खेलाडीहरु छन् । त्यसैले मनपर्ने खेलाडीहरु भएका टिमको विश्वकप खेलहरुचाँहि हेर्ने योजना बनाएको छु ।

Nepali footballer Bikram Lama speaking to SBS Nepali. Source: Smriti Dhungana
६.तपाईको समर्थन एकातिर होला, दावेदारको हिसाबमा चाँहि कुन टिम देख्नु भएको छ ?
कुनैपनि खेलमा फलानो टिमले जित्छ भनेर भविष्यवाणी गर्नु मुर्खता हुन्छ । त्यही पनि मैले ब्राजील, फ्रान्स र जर्मनीलाई विश्वकपको दावेदारको रुपमा देखेको छु ।
७.विश्वकपमा एसियाली राष्ट्रले खासै गतिलो प्रदर्शन गर्न सकेका छैनन, यस पटक कस्तो प्रदर्शनको अपेक्षा गर्नु भएको छ ?
युरोपेलीको तुलनामा एसियाली राष्ट्रमा फुटबलको विकास र गतिविधिनै कम भएका छन् । त्यसमाथि राष्ट्रमा योजनाहरुको अभाव हुने गरेको छ । यसपटक एसियाली राष्ट्रको टिमले विश्वकपमा राम्रो खेल्नेछ भन्नेमा आशावादी छु ।
८.तीन वर्ष अगाडि विश्वकप छनोटमा भारतसँग तपाईले पनि खेल्नु भएको थियो, त्यो म्याचलाई अहिले सम्झनु पर्दा कसरी सम्झनु हुन्छ ? के त्यत्ति खेर हामीसँग भारतलाई हराएर अगाडि बढ्ने मौका थियो ?
त्यसबेला हामीले दोहोरो खेल खेलेका थियौं । ‘होम अवे’खेलका दौरान सुखद र दुखद दुवै खालका अनुभव बटुल्ने मौका पाइएको थियो। ‘अवे’खेल खेल्दा भने म दुखित थियो । किनभने हामीले २–० ले खेल हारेका थियौं । नेपाली राष्ट्रिय फुटबल टिममा आवद्ध भएर मैले पहिलो पटक खेलिरहँदा केही गल्तीहरु भएका थिए ।
त्यस्तै ‘होम’खेलमा भने हामीले भारतलाई ०–० मा रोक्न सकेका थियौं ।
त्यो खेल हामीले जितेर अर्को राउन्डमा छनोट हुन्थ्यौ । त्यसपछि जहाँ पुगेपनि नेपाली फुटबलको लागि भने राम्रो हुन्थ्यो ।
९.नेपालको स्तर विश्वकपको छेउछाउमा पनि नपुग्नुको कारण के होला जस्ता लाग्छ ?
साँच्चिकै भन्ने हो भने योजना र राम्रो व्यवस्थापनको अभावले गर्दा नेपाली फुटबलको स्तर माथि पुग्न नसकेको हो । यसको लागि खेलाडीमात्र नभएर खेलको विकासको लागि काम गरिरहेको निकायले समेत मेहेनत गर्नुपर्ने हुन्छ ।
१०.उपकप्तानको रुपमा तपाईलाई नेपालको फुटबल एउटा स्तरमा अडकिरहेको छ जस्तो लाग्दैन ?
नेपाली फुटबलमा हुनुपर्ने विकासका कामहरुनै हुनसकेका छैनन् । विश्वभर खेलकुदको विकासका लागि नयाँ टेक्नोलोजीहरुको प्रयोग भइरहेको छ । हामीले भने परम्परागत शैली अपनाउन बाध्य भएका छौं ।
त्यसैले अहिलेको स्थितिबाट माथि उड्नको लागि असल व्यवस्थापनमा चाहिन्छ ।
११. तीन वर्षपछि लिग फुटबल हुन लागेको छ, यसले खेलाडीलाई कति उत्साहित बनाएको छ जस्तो लाग्छ ?
कुनैपनि खेलाडीहरुको लागि नियमित लिग हुन अत्यावश्यक हुन्छ । यस्ता घरेलु लिगले खेलाडीको क्षमता विकास गर्ने हुँदा पक्कैपनि खेलाडीहरु उत्साहित छन् । यसले राम्रा खेलाडीले आफूलाई निखार्ने अवसर पाउँनेछन् भने स्तरिय खेलाडीहरु उत्पादन हुनसक्छ ।
१२.नेपाली फुटबल फेरि व्यवस्थित हुन लागेको हो भनेर बुझ्न सकिन्छ ?
पक्कैपनि नेपाली फुटबल व्यवसायिक हुँदैछ । यसले निरन्तरता पाए नेपाली फुटबल र खेलाडीहरुको लागि राम्रो हुन्थ्यो । जसले गर्दा नेपाली फुटबलको स्तर समेत माथि पुग्थ्यो ।