SKIP TO MAIN CONTENT

गत साल विवादमा तानिएको पद्मश्री पुरस्कार र सम्मान, यो वर्ष केशव दाहाल र भक्तराज आचार्यलाई

Dahal Keshav and Bhakta Raj Acharya
Source: Twitter/dahalkeshab and Music Nepal

लेखक केशव दाहाललाई यस वर्षको पद्मश्री पुरस्कार दिइने घोषणा भएको छ भने गायक तथा गीतकार भक्तराज आचार्यलाई पद्मश्री सम्मान। काठमाण्डूबाट गिरिश सुवेदीको रिपोर्ट।


Published

Updated

By Girish Subedi

Source: SBS



Skip to podcast episode content

लेखक केशव दाहाललाई यस वर्षको पद्मश्री पुरस्कार दिइने घोषणा भएको छ भने गायक तथा गीतकार भक्तराज आचार्यलाई पद्मश्री सम्मान। काठमाण्डूबाट गिरिश सुवेदीको रिपोर्ट।


खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष यो सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ र यसपालीको सम्मान २०७७ वर्षको टाइटलका रूपमा दिइने बताइएको छ।

आफ्नो मातापिताको नाममा राखिएको यो पुरस्कार प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने हुन्।

उनी नेपाली उद्यमी तथा गैर आवासीय नेपाली सङ्गठनको अन्तर्राष्ट्रिय समन्वय परिषद्का भूतपूर्व अध्यक्ष तथा संस्थापक सदस्य पनि हुन् ।

दुवै जना सम्मानितलाई यस पुरस्कार को अन्तर्गत तीन-तीन लाख रुपैयाँ दिइनेछ।

लेखक दाहालले लेखेको पुस्तक 'मोक्षभूमि' सिञ्जा खस साम्राज्यमा दासको रूपमा मानिने समुदायका मानिसहरूको मुक्ति र गरिमा को सन्दर्भमा आधारित छ।

Keshav Dahal Mokshabhumi novel
मोक्षभूमि Source: Supplied

करिब ९०० वर्ष अगाडिको सन्दर्भमा परिकल्पना गरिएको मोक्षभूमिको कथा सिञ्जाबाट सुरु हुन्छ, जसमा एक ठुलो साम्राज्यको सम्राट्ले अनेक युद्ध भूमिको अनुभवपछि पलाएको आत्मग्लानिको कारण पापमुक्त हुनको निम्ति १० हजार जना दासहरूलाई मुक्त गर्छन्।

यसको विषयवस्तु दासहरूको यस नयाँ जीवनमा केन्द्रित छ, जसमा मानव तथा जातीय शिष्टताको बिचको बहसलाई दर्शाइएको छ।

रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यसै गरी गायक भक्तराज आचार्य गत तीसको दशकदेखि सुगम-सङ्गीत तथा भजन गायनमा महत्त्वपूर्ण योगदान दिने व्यक्तिका रूपमा चिनिन्छन्।

उनलाई भजन शिरोमणि समेत भन्ने गरिन्छ।

आचार्यले पाएका अन्य सम्मानहरू मध्ये गोरखा दक्षिण बाहु र छिन्नलता पुरस्कारहरू पनि रहेका छन्।

उनका चर्चित गीतहरूमध्ये ‘जहाँ छन् बुद्धका आँखा’, ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ’ र ‘हजार सपनाहरूको माया लागेर आउँछ’ निकै लोकप्रिय छन्।

आजभन्दा झन्डै ३५ वर्ष अघि आचार्य माथि भएको हमला पश्चात् उनी साङ्गीतिक क्षेत्रमा गायनको हिसाबले क्रियाशील रहेका छैनन्।

उनको नाममा 'आचार्य' शीर्षक रहेको चलचित्र पनि बनेको छ।

उनका दुई छोराहरू सत्यराज र स्वरूपराज आचार्यले पनि गायन क्षेत्रलाई अँगालेका छन्।

चितवनमा मुख्य कार्यालय रहेको प्रतिष्ठानले लगभग दुई दशक अघिदेखि हरेक वर्ष नेपालमा वर्षभरि छापिएका पुस्तकमध्ये आफ्नो निर्णायक मण्डलीले घोषणा गरेको उत्कृष्ट किताबको लेखकलाई साहित्य पुरस्कार अर्पण गर्दै आएको छ।

गत वर्ष यस प्रतिष्ठानले साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीलाई उनको पुस्तक 'हंस' को निम्ति दिने तय गरेको थियो।

यसै गरी साहित्यकार मोदनाथ प्रश्रितलाई उनको साहित्य र संस्कृति लेखनको निम्ति पद्म श्री साधना सम्मान दिने निर्णय गरिएको थियो।

तर आफूलाई एक यौन हिंसाको विरुद्ध लेख्ने लेखकको हैसियतले त्यससँग सम्बन्धित आरोपमा परिसकेका लेखकसँग बसेर एउटै मञ्चबाट पुरस्कार लिन अमान्य भएको भन्दै उप्रेतीले प्रश्रितको चयनप्रति आपत्ति जनाएका थिए।

यसको फलस्वरूप दुवै लेखकले यी पुरस्कार लिन अस्वीकार गरेका थिए र गत सालको लागि यो कार्यक्रम रद्द गर्नुपरेको थियो।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now