SKIP TO MAIN CONTENT

योगमाया: निलम कार्की निहारिकाले जितिन यस वर्षको मदन पुरस्कार

Author Neelam Karki Niharika spoke to SBS Nepali about Yogmaya.
Author Neelam Karki Niharika spoke to SBS Nepali about Yogmaya. Source: Pratichya Dulal

१९३०को दशकमा भोजुपरको नेपालडाँडा सिम्ले गाउँमा जन्मेकी योगमाया न्यौपानेको जीवनको सेरोफेरोमा लेखिएको उपन्यासका लागि उनले मदन पुरस्कार पाएकी हुन्। 


Published

Updated

By Pratichya Dulal

Source: SBS



Skip to podcast episode content

१९३०को दशकमा भोजुपरको नेपालडाँडा सिम्ले गाउँमा जन्मेकी योगमाया न्यौपानेको जीवनको सेरोफेरोमा लेखिएको उपन्यासका लागि उनले मदन पुरस्कार पाएकी हुन्। 


तत्कालिन समाजमा रहेका कुरितिहरुलाई हटाउनका लागि प्रयास गर्ने अभियानकर्मी थिइन् योगमाया। कार्कीका अर्की आइमाइ, चीरहरण उपन्यास प्रकाशित भएका छन्। चिरहरणले २०७३ सालको पद्मश्री पुरस्कार पाएको थियो। निलम कार्की निहारिका लामो समयदेखि अमेरिकामा बस्दै आएकी छिन्। हालै उनी नेपाल आएको बेलामा हाम्री नेपाल संवाददाता प्रतिक्षा दुलालले उनीसंग कुराकानी गरेकी थिइन्।

माथि रहेको मिडिया प्लेयरमा पुरा कुराकानी सुन्नुहोस्

तपाईले उपन्यास लेख्न योगमायालाई नै किन छान्नु भयो?

-         योगमाया पात्र रोज्नुको पछाडी केहि पृष्ठभूमि छ। २०७३ सालमा मैले पद्मश्री पुरस्कार पाएको समारोह सकिएपछि हामी केहिसाथी भाइहरु एकठाउँमा बसेर कुरा गरिरहँदा मेरो गुरु दाहाल यज्ञनिधिले अब तिमीले योज्ञमायाको बारेमा लेख्नुपर्छ भन्नुभएको थियो। त्यसै दिनदेखि मैले योगमायायाको बारेमा पढ्न थालेँ र बुझ्दै गएपछि मलाई योगमायाको बारेमा साँच्चै लेख्नु पर्ने रहेछ भन्ने लाग्यो।

-         हामीले सुनेको योगमायाको कथाभन्दा पृथक छ तपाईले लेख्नु भएको योगमायाको जीवन यो कृति लेख्नका लागि के- कस्तो अनुसन्धान गर्नु भएको थियो?

-         मैले भेटेसम्म उहाँको बारेमा प्रकाशित किताबहरु पढेँ। त्यसपछि म उहाँको विवाह भएको ठाउँ, साधना गर्नु भएको ठाउँमा गएर अनुसन्धान गरेँ र भेटेसम्म उहाँका अनुयायीहरुका सन्तानहरुसंग पनि कुरा गरेकी छु।

-         के योगमायालाई इतिहासको एक महत्वपूर्ण पात्रलाई न्याय गर्न सक्नु भएको छ जस्तो लाग्छ तपाईँलाई?

-         कुनै पनि कृति लेखन्को पछाडी हरेक लेखको आफ्नै उदेश्य हन्छ। मेरो उदेश्य चाहिँ योगमायालाई समाजमा चिनाउनु थियो। जुन मैले आफ्नो कृति मार्फत गरेँ जस्तो लाग्छ।

-         विदेशमा बसेर नेपालको बारेमा लेख्न कत्तिको गाह्रो हुन्छ?

-         लेखन यसै पनि सजिलो काम होइन।त्यसमा पनि एउटा महिलाका लागि यो झनै गाह्रो हुन्छ। महिलाले एकै पटक धेरै भूमिका निर्वाहा गरिरहेकी हुन्छिन्। जागिर, घर, श्रीमती, आमा, बुहारी, छोरी धेरै भुमिका निर्वाह गर्नु पर्छ। त्यसैले गर्दा पनि महिलाका लागि साहित्य रचन पुरुष जति सजिलो छैन।

अझ त्यसमा पनि नेपालभन्दा बाहिर बसेर नेपालको ग्रामिण क्षेत्रको बारेमा कलम चलाउन अलिकति गाह्रो कुरा हो। तर धेरै जनाको सहयोगको करणले मैले यो लेख्न सेकेकि हुँ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now