SKIP TO MAIN CONTENT

राति एक्लै हिँड्न सुरक्षित महसुस गर्दैनन् अस्ट्रेलियाली महिलाहरू

Daily Life in Gurgaon
Source: Photo by Nasir Kachroo/NurPhoto via Getty Images

मिसन अस्ट्रेलिया जेन्डर ग्याप २०१८ को युवा सर्वेक्षणमा १५ र १९ वर्ष बिचका ३० हजार किशोर किशोरीहरू सहभागी रहेका थिए। र सहभागीहरूलाई उनीहरूको मूल्य मान्यता, चिन्ता र उद्देश्यका बारेमा प्रश्न सोधिएको थियो।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

मिसन अस्ट्रेलिया जेन्डर ग्याप २०१८ को युवा सर्वेक्षणमा १५ र १९ वर्ष बिचका ३० हजार किशोर किशोरीहरू सहभागी रहेका थिए। र सहभागीहरूलाई उनीहरूको मूल्य मान्यता, चिन्ता र उद्देश्यका बारेमा प्रश्न सोधिएको थियो।


उक्त सर्वेक्षणको परिणाममा किशोरीहरूले  विद्यालय, पढाइ र शारीरिक बनावटलाई लिएर बढी नै तनाव लिने गरेको देखिएको छ।

र सर्वेक्षणले प्रमुख गरी देखाएको विषयमा किशोरीहरूले रातिको समय हिँडेर एक्लै घर जान आफ्नै उमेरका किशोरहरूको तुलनामा कम सुरक्षित महसुस गर्ने गरेको देखाएको छ।

महिला भएकै आधारमा एक्लै घर जान असुरक्षित महसुस गर्ने र आत्तिने परिस्थितिलाई राम्रो सँग बुझेकी २० वर्षीय टाएना सिक्स्मिथ भन्छिन् :

सर्वेक्षणले राती हिँड्ने डरका बारेमा महिलाहरूबाट बढी चिन्ता व्यक्त गरिए पनि यो दुवैका लागी साझा चिन्ताको विषय हो भन्ने बारेमा पनि बिर्सन नहुने जोआना फाएल्ड्स बताउँछिन्।

"म ट्रेन स्टेशनबाट ५ मिनेटको पैदल दुरीमा बस्छु, मलाई त्यति छोटो दुरी तय गर्न खासै डर नलाग्नु पर्ने हो तर त्यसको विपरीत म निरन्तर आफू असुरक्षित रहेको महसुस  गरिरहन्छु। "

४७ प्रतिशत युवतीहरूले अँध्यारो भएपछि एक्लै हिँड्न डर लाग्ने बताइरहँदा यस्तै असुरक्षित अनुभव गर्ने युवाहरू भने १८.१ प्रतिशत मात्र रहेका छन्।

मिसन अस्ट्रेलियाका राजदूत जोआन फाएल्ड उक्त आँकडालाई परिवर्तन गर्न केही सामान्य कामहरू गरिनु पर्नेमा जोड दिन्छन्।

उनका अनुसार बाटोमा बत्तीहरू जडान गर्ने, सार्वजनिक सवारीमा सुधार, बलियो समुदाय निर्माणमा जोड दिएर एक अर्काको लागी उभिन सक्ने सम्बन्ध स्थापित गर्ने लगायतका सामान्य कार्यहरूले यो समस्या न्यूनीकरण हुन सक्छ।

सर्वेक्षणमा सहभागी ७० प्रतिशत भन्दा बढी युवाहरूले सार्वजनिक स्थलहरूको प्रयोग गर्न सहज लाग्ने गरेको जनाएका छन् भने त्यो सङ्ख्या युवतीहरूको हकमा ६३.१ प्रतिशत मात्र रहेको छ।

४२.१ प्रतिशत किशोरहरूले स्थानीय मानिसहरूप्रति आफूलाई विश्वास लाग्ने बताई रहँदा किशोरीहरूमा ३५ प्रतिशतले मात्र आफ्ना वरपर बसोबास गर्नेहरूलाई पूर्णतया विश्वास गर्छन्।

The vast majority of women surveyed said they feel unsafe walking alone in Sydney at night
The vast majority of women surveyed said they feel unsafe walking alone in Sydney at night Source: istock

टाएना सिक्स्मिथ महिला र पुरुष बिच देखिएको यो भिन्नताले आफूले आश्चर्यचकित नपारेको बताउँछिन्।

उनका अनुसार हुर्किँदै जाँदा आफ्ना बाबुआमाले उनको  र उनको दाजुभाइको घर बाहिर जाने विषयलाई फरक ढङ्गबाट हेर्ने गरेको पाएकी थिइन।

"मेरा चार दाजुभाइहरू छन्।  म घर बाहिर जान्छु भन्दा जस्तो किसिमको कुराहरू आमाबुवाले व्यक्त गर्नु हुन्छ उनीहरूको लागी कहिले पनि भनेको सुनेको छैन। "सुरक्षित रहनु, घर पुगेपछि म्यासेज पठाउनु' जस्ता कुराहरूमा थप  "एक्लै नहिँड्नु, उबर वा ट्याक्सी बोलाउनु, आफ्नो वरिपरि के भरिराखेको छ भनेर ख्याल राख्नु। " लगायतका एक पछि अर्को सुझाव आउँछ जुन मेरा दाइहरूलाई कहिले पनि भनिँदैन थियो। "

सर्वेक्षणले राती हिँड्ने डरका बारेमा महिलाहरूबाट बढी चिन्ता व्यक्त गरिए पनि यो दुवैका लागी साझा चिन्ताको विषय हो भन्ने बारेमा पनि बिर्सन नहुने जोआना फाएल्ड्स बताउँछिन्।

मिसन अस्ट्रेलियाका प्रमुख कार्यकारी जेम्स टूमी यो सर्वेक्षणले दुवै महिला र पुरुषहरूका लागी विशेष सेवाहरू प्रदान गर्ने तर्फ अग्रसर गराउने मदत गर्ने विश्वास व्यक्त गर्दछन्।

उनले एबीसी सँगको कुराकानीका क्रममा युवा वर्गको चाहना र आवश्यकता बारे ध्यान दिएर सुन्न आवास्यक रहेको बताएका छन्।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now