मुख्य बुँदा
- सरकारी अनुदान मार्फत घरमै वा स्याहार केन्द्रमा स्याहार पाइरहेका वृद्ध मानिसहरूका सुरक्षाका लागि सरकारले कानून निर्माण गरेको छ।
- गुनासाहरू आधिकारिक रूपमा सम्बन्धित संस्था सामु राख्न सकिन्छ, गुनासोको सम्बोधन भए/नभएको बारेमा जानकारी राख्न र कारबाहीका बारेमा जान्ने अधिकार पनि हुन्छ।
- आफ्ना आवश्यकता र प्राथमिकताका बारेमा आफ्नो सेवा प्रदायकसँग खुलेर कुरा गर्नु पर्दछ।
वृद्ध स्याहार सम्बन्धी अधिकारहरूको चार्टरले १४ वटा आधारभूत सुरक्षाको ग्यारेन्टी गर्दछ। जस अन्तर्गत गुणस्तरीय स्याहार, सूचना, गोपनीयताको हक, छनोट गर्न पाउने अधिकार र प्रतिशोध रहित गुनासोको अधिकार पर्दछन्।
उक्त कानूनले आफ्नो सेवा प्रदायकसँग गरिने अपेक्षा र उसका जिम्मेवारीहरूका बारेमा बुझ सजिलो हुन्छ।
राष्ट्रिय रूपमा वृद्ध स्याहार सम्बन्धी विषयको नियमनका लागि द एज्ड केयर क्वालिटी एन्ड सेफ्टी कमिसन भन्ने एक परिषद्को स्थापना सरकारले गरेको छ।
यसको कमिश्नका रूपमा जेनेट एन्डरसन रहेकी छन्।
एन्डरसनका अनुसार सेवा प्रदायकहरूलाई उत्तरदायी बनाई राख्नका लागि बेला-बलामा यस्ता प्रदायककोमा पुगी नियमन गर्ने र उनीहरूको सेवाका बारेमा समीक्षा गरिन्छ।

त्यसो भए, परिषद्ले सेवा प्रदायकका कस्ता कुराहरूमा चासो राख्छ त?
- वृद्धहरू माथि मर्यादित र सम्मानजनक व्यवहार भएको छ/छैन?
- आफ्नो स्याहारका बारेमा आफैले निर्णय गर्ने अधिकार दिइएको छ/छैन?
- सुरक्षित र उच्च स्तरको सेवा प्रदान भएको छ/छैन?
- व्यक्तिगत आवश्यकताका आधारमा उनीहरूले स्याहार पाइरहेका छ/छैनन्?
- स्वास्थ्य र कल्याणका बारेमा उचित व्यवस्थापन भएको छ/छैन?
- आवश्यकता अनुसार कर्मचारी परिचालन भएका छन् वा छैनन्?
- बस्ने वातावरण सुरक्षित र उपयुक्त छ/छैन?
- उक्त संस्था उपयुक्त रूपमा संचालिन छ/छैन?
चासो भएका विषयमा कसलाई गुनासो गर्ने
द एज्ड केयर क्वालिटी एन्ड सेफ्टी कमिसन आधिकारिक रूपमा प्राप्त भएका गुनासोहरू हेर्ने संस्था हो।
गुनासो गर्ने व्यक्तिका पक्षमा परिषद्ले काम गर्दछ।
यद्यपि परिषद्की कमिश्नर एन्डरसन सबैभन्दा पहिले आफ्नो सेवा प्रदायक सामु गुनासाहरू राखिनु पर्ने बताउँछिन्।
“तर विभिन्न कारणले मानिसहरू आफ्नो सेवा प्रदायक सामु कुराहरू राख्न हिच्कीचाउछन्, त्यस्तो अवस्थामा सहयोगका लागि हामी हुन्छौ, परिषद्मा गुनासो राख्न केही अप्ठेरो मान्नु पदैन,” एन्डेरसेन भन्छिन्।

यता बृद्धहरुको बारेमा आवाज उठाउने संस्था दि वल्डर पर्सन एडभोकेसी नेटवर्कले (ओपान) अस्ट्रेलियाभर रहेका बृद्धहरुलाई सूचना र सहयोगी सेवा उपलब्ध गराउँछ।
उक्त संस्थामा रहेका करिब २०० अभियन्ताहरूले समस्यामा परेका परिवार, साथीभाइ वा वृद्ध व्यक्तिहरूसँग सहकार्य गर्दछन्।
ओपानका प्रमुख कार्यकारी क्रेग गियर आवश्यकता भएको खण्डमा स्वतन्त्र दोभासेहरू पनि उपलब्ध गराइने बताउँछन्।
“यसको अर्थ हामी सम्बन्धित व्यक्तिसँगै, उनीहरूले के चाहन्छन् र उनीहरूको समस्या कसरी समाधान होस् भन्ने चाहान्छन उनीहरूकै निर्देशनमा काम गर्छौ,” गियर भन्छन्।

आफ्नो अधिकारका बारेमा जानकार रहनुहोस्
मोनास विश्वविद्यालय अन्तर्गत स्वास्थ्य सम्बन्धी कानून र वृद्ध अवस्थाको अनुसन्धान विभागका प्राध्यापक एवम् जेरीएट्रीसयन जोसेफ एब्राहीम वृद्ध व्यक्ति र उनका परिवार गुनासो गर्नका लागि हिचकिचाउने बताउँछन्।
तपाईँको भाषा कारण वा उचित शब्द नआएका कारण मानिसहरूले तपाईँलाई गम्भीर रूपमा लिदैनन, मानिसहरूलाई कुनै एक निश्चित संस्कृतिमा कुनै कुराहरू निकै महत्त्वपूर्ण हुन्छन् भनेर बुझाउन पनि गार्हो हुन्छप्राध्यापक जेरीएट्रीसयन जोसेफ एब्राहीम
सरकारी सहयोगमा संचालित सबै बृद्धस्याहार सम्बन्धी व्यवस्थामा यो कानून लागू हुने ओपानका क्रेग गियरको भनाई छ।
“कमनवेल्थको होम सर्पोट कार्यक्रम, होम केयर प्याकेज, स्याहार केन्द्र, पुनर्स्थापना वा बृद्धस्याहारमा यो लागु हुन्छ,” उनले भने।
तपाईँले बुझे तरिकामा तपाईँले जानकारी पाउनु पर्छ, दोभासे वा अनुवाद गरेर वा तपाईँको आवश्यकता अनुसारक्रेग गियर ओपान

गुनासो कसरी गर्ने
गुनासो गर्नका लागि आफै सेवाग्राही हुनु पर्दैन, आफन्त, साथी वा स्याहारकर्ताले नै गुनासो गर्न सक्छन्।
गुनासो गर्नका लागि थुप्रै उपायहरू छन्। खुला रूपमा, गोप्य रूपमा वा पहिचान नहुने गरी पनि गुनासो राख्न सकिन्छ।
गुनासो प्राप्त भएपछि एज्ड केयर क्वालिटी र सेफ्टी कमिसनले गुनासो गर्ने र प्रदायक दुबैसँग सोध पुछ अगाडी बढाउँछ।
समस्या यथावतै रहेको खण्डमा कमिसनले आफ्नो अधिकारको प्रयोग गरी कारबाही अगाडि बढाउन सक्छ।
तर केही कारबाही भने कमिसनको अधिकार क्षेत्र बाहिर हुने एन्डरसनको भनाई छ।
”हामीले कानुनी वा स्वास्थ्य सेवा प्रदान गर्दैनौ, मृत्युका बारेमा पनि हामी अनुसन्धान गर्दैनौ, किनकि यो कोरोनरको अधिकार क्षेत्र भित्र पर्छ, यसै गरी कर्मचारी तलब, रोजगारी जस्ता विषयमा पनि हामी हेर्दैनौ,” उनले भनिन्।
यद्यपि ओपान भने अस्ट्रेलियन सरकारको स्वास्थ्य एवम् बृद्धस्याहार विभागबाट संचालित छ।
संस्थाले सरकार र प्रदायक भन्दा स्वतन्त्र भएर काम गर्ने गर्दछ।
“बृद्धस्याहारको क्षेत्रमा समस्या छन् भने हामीले सरकारलाई जानकारी गराउँछौ, अथवा वृद्ध मानिसले चाहेको जसरी समस्या समाधानका लागि उनीहरूको निर्देशनमा चल्छौ,” क्रेग भन्छन्।
यता प्राध्यापक एब्राहिम भने आफूलाई चित्त नबुझेका कुराहरू चाडै राख्न र कुरा गरेरै समाधान गर्नका लागि सुझाव दिन्छन्।
'त्यो नर्स ठिक थिइन्' वा 'म नुहाउन जाँदा पानी निकै चिसो थियो' भन्ने जस्ता गुनासा गर्नु भन्दा 'मलाई बिहानै तातो पानीले नुहाउन मन पर्छ, यो गर्न सकिँदैन भने मलाई जानकारी गराऊ है' जस्ता नरम शब्द प्रयोग गर्न सुझाव दिन्छन्।
यदि यसो गर्दा पनि समाधान भएन भने चाहिँ प्राध्यापक एब्राहीम यी कार्य गर्न सुझाव दिन्छन्
- आफूलाई सहयोग गर्नका लागि साथी वा विश्वसनीय मानिस खोज्ने
- के भइरहेको छ वा आफूले भनेका कुराहरू पालना भएका छन् कि छैनन् भनेर नोट राख्ने ता कि यसलाई प्रमाणका रूपमा पेस गर्न सकियोस्।
- अर्को पक्षका कुरा सुन्नका लागि पनि तैयार हुने।

बृद्धहरुको वकालत गर्ने मानिस चाहिएमा
अभियन्ताहरूले तपाईँलाई विकल्पहरू प्रदान गरी सही निर्णय लिन मद्दत गर्छन्। आफ्ना चासोहरू व्यक्त गर्न र तिनीहरूको समाधानका लागि सहजीकरण गर्छन्।
यसका लागि नेशनल एज्ड केयर एडभोकेसी लाइनमा १८०० ७०० ६०० मा सम्पर्क गर्न सकिन्छ।
थप जानकारीका लागि Older Persons Advocacy Network मा जानुहोस्
एज्ड केयर क्वालिटी र सेफ्टी कमिसनलाई सम्पर्क गर्न
कमिसनले सेवा प्रदायक प्रतिको गुनासो समाधान गर्न सहयोग पुर्याउँछ।
सम्पर्कका लागि १८०० ९५१ ८२२ अथवा
- info@agedcarequality.gov.au
- the Aged Care Quality and Safety Commission




