शनिवार, २६ जुलाईमा गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको चुनाव हुँदै गर्दा, The Non-Resident Nepali Association (NRNA) Australia Limited नामक एक अर्को गैर आवासीय नेपाली सङ्गठन समानान्तर रूपमा दर्ता भएको छ। महेश श्रेष्ठको नेतृत्वमा रहेको कमिटीले आफूलाई अस्ट्रेलिया संयोजकको जिम्मेवारी दिएपछि, उक्त नयाँ संस्था अस्ट्रेलियन सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट्स कमिसन (एसिक)मा, दर्ता गरिएको विवेक थापाको भनाई छ। एसबीएस नेपालीसँगको कुराकानीमा नेपालको परराष्ट्र मन्त्रालयमा दर्ता भएको गैर-आवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी)ले आफूलाई अधिवेशन गर्नका लागि जिम्मेवारी दिएको दाबी पनि उनले गरेका छन्। के हो त नयाँ दर्ता भएको गैर-आवासीय नेपाली सङ्घ र अस्ट्रेलियामा किन आवश्यक पर्यो दोस्रो संस्थाको भन्ने बारेमा विवेक थापासँग गरिएको कुराकानी सुन्नुहोस् ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





